ट्रीट लाइट नबलेकोले मानिसहरू अझ पनि समस्यामा

Share this news

रसाङ, 19 जुलाई (निसं): खरसाङ शहरको विभिन्न ठाउँमा अझ पनि विभिन्न ठाउँमा धेरै समयदेखि स्ट्रीट लाइट नबलेकोले स्थानीय मानिसहरूले विभिन्न समस्या भोगिरहेको छन्‌‍। खरसाङ नगरपालिकाको विभिन्न वार्डहरूमा गत धेरै समयदेखि नगरपालिकाद्वारा लगाइएको ल्याम्प पोस्टहरूमा बत्ती बलेको छैन्‌‍। यसरी विभिन्न स्थानहरूमा वा विभिन्न मार्गहरूमा लगाइएका स्ट्रीट लाइटको बल्ब नबलेपछि स्थानीयहरूले धेरै समस्या अनि असुविधाहरू झेलिरहेका छन्‌‍। कतिपय स्थानीयहरूले जनाए अनुसार, धेरै समयदेखि खरसाङ बजारको स्थान अनि मार्गहरूमा नगरपालिकाद्वारा लगाइएको स्ट्रीट लाइट बलेको छैन, जसले गर्दा रात परेपछि ती बाटो भएर आउ-जाउ गर्न धेरै असुविधा भइरहेको छ। बर्खाको समयमा स्ट्रीट लाइट नबलेकोले अँध्यारोमा चोरी अनि अन्य आपराधिक घटनाहरू पनि हुने सक्छ। सम्बन्धित निकायले उक्त विषयमा पहल गर्न आवश्यक रहेको छ। अर्कोतर्फ उक्त विषयमा सोधिएकोमा खरसाङ नगरपालिका प्रशासनिक बोर्डका उपाध्यक्ष सुवास प्रधानले बताए अनुसार, शहरको कतिपय ठाउँमा अवश्यै ल्याम्प पोस्टमा बत्ती बलेको छैन। गत महिना वर्तमान रोडमा एउटा खम्बामा आगो लागेको घटना घटेको थियो, उक्त आगोलागीको घटनाले पनि खरसाङ नगरपालिकाको विभिन्न ठाउँमा रहेको ल्याम्प पोस्टलाई प्रभावित बनाएको छ। त्यति मात्र होइन, बर्खाको समयमा ल्याम्प पोस्टमा कर्मचारीहरूलाई चड़ाउन पनि जोखिम पूर्ण हुन्छ । ल्याम्प पोस्टमा बत्ती लगाउँदा केवल नगरपालिकाको कर्मचारीहरूको मात्र भूमिका हुँदैन तर विद्युत विभागको सहयोग पनि लिन पर्ने हुन्छ। यस बाहेक नगरपालिकामा कुनै पनि बत्तीको काम गर्न वा अन्य कार्यहरूको निम्ति टेण्डर सहित विभिन्न सरकारी प्रक्रिया पुरा गर्न पर्ने हुन्छ । ती प्रक्रियाहरू पूरा गर्न समय लाग्छ। वर्तमानमा नयाँ बत्ती जड़ानको निम्ति सरकारी प्रक्रिया अगावै शुरू भइसकेको छ। नगरवासीको निम्ति नगरपालिकाले विभिन्न स्थानमा बिजुली बत्ती जड़ान संगै अन्य योजनाहरू पनि लिएर आएको छ। जनताले केही समयसो निम्ति प्रतीक्षा गर्न पर्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ