ट्राफिक पुलिसद्वारा विद्यार्थीहरूलाई मादक पदार्थ सेवन एवं ट्राफिक सड़क सुरक्षामाथि सचेतना कार्यक्रम

Share this news

खरसाङ, 3 जुलाई (मोहन प्रसाद): ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत बिहीवार खरसाङस्थित सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालयमा खरसाङ ट्राफिक पुलिसद्वारा मादक पदार्थ सेवनको विरुद्धमा साथै सड़क सुरक्षामाथि एउटा सचेतनामूलक कार्यक्रमको आयोजना गरियो। उक्त सचेतनामूलक कार्यक्रममा सन्त अल्फन्सस उच्चतर माध्यमिक विद्यालयका कक्षा 8 देखि 10 सम्मका लगभग पाँच सय विद्यार्थीहरूले आफ्नो सहभागिता जनाएका थिए । उक्त कार्यक्रम विषयमा जानकारी गराउँदै खरसाङ ट्राफिक पुलिस प्रभारी बिरेन्द्र छेत्रीले जनाए अनुसार, 1 जुलाई देखि 8 जुलाईसम्म विविध कार्यक्रमहरूको साथमा आयोजन भएको यातायात सुरक्षा सप्ताह अन्तर्गत बिहीवार खरसाङस्थित सन्त अल्फन्सस उच्चतर माध्यमिक विद्यालय भवनमा खरसाङ ट्राफिक पुलिसद्वारा मादक पदार्थ सेवनको विरुद्धमा साथै सड़क सुरक्षामाथि एउटा सचेतनामूलक कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सचेत गराइएको छ। प्राप्त जानकारी अनुसार कार्यक्रममा खरसाङ ट्राफिक पुलिस प्रभारी बिरेन्द्र छेत्रीले सचेतनामूलक वक्तव्य राखेका थिए भने खरसाङ ट्राफिक पुलिस एएसआई पेम्बा हिस्से, महिला सिभिक भोलेन्टियर स्वेता मण्डल, सिभिक भोलेन्टियर दीपेन गुरुङ अनि विद्यालयका प्रधान अध्यापक, शिक्षक एवं अशिक्षण कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। छेत्रीले थप जनाए अनुसार, शुक्रवार खरसाङ मोटर स्ट्याण्डमा ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत मादक पदार्थ सेवनको विरुद्धमा एउटा पथ सभाको आयोजना गरिनेछ । आगामी दिनहरूमा सन्त अल्फन्सस उच्चतर माध्यमिक विद्यालयका कक्षा 11 अनि 12 का छात्र-छात्राहरूलाई लिएर पनि नशालु पदार्थ सेवनको विरुद्धमा एवं सड़क सुरक्षालाई एउटा विशेष सचेतना कार्यक्रम आयोजन गर्ने विद्यालयपक्षसित चर्चा-परिचर्चा भएको पनि बिरेन्द्र छेत्रीले जनाएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ