गौरी शंकर चिया बगानको लिङ्क रोड मरम्मती गरेर रोहिणी रोडमा वन-वे भए पनि यान-वाहनको चलाचाल आरम्भ गर्न पर्छः रोहिणी होटल व्यवसायी सङ्गठन

Share this news

खरसाङ: गौरी शंकर चिया बगानको लिङ्क रोड मरम्मती गरेर रोहिणी रोडमा वन-वे भए पनि यान-वाहनको चलाचाल आरम्भ गरिन पर्छ भन्ने माग रोहिणी होटल व्यवसायी सङ्गठनको छ। गौरी शंकर चिया बगानको लिङ्क रोडको मरम्मती कार्य पुरा भएपछि पनि रोहिणी रोडलाई वन-वेसम्म गरेर नखोलिएको खण्डमा रोहिणी होटल व्यवसायी सङ्गठन अनि रोहिणीका विभिन्न सङ्घ-संस्थाका सदस्यहरूले संयुक्त रुपमा रोहिणीको टोल प्लाजामा बसेर कुनै पनि गाड़ी रोहिणी रोडमा छिर्न नदिने निर्णय गरेको रोहिणी होटल व्यवसायी सङ्गठनका अध्यक्ष पुरण तामाङले बताएका छन्‌‍। तिनले भने, दुधेको बालासनमा रहेको पुल 4 अक्टोबरको दिन बाढ़ीले क्षतिग्रस्त बनाएपछि लगभग एक हप्तामा विकल्प बाटो बनाइयो। हामीले रोहिणीवासीलाई हेपेको अनुभव भइरहेको छ। रोहिणी रोडमा गएको पैह्रोको मरम्मती गरिएको आज दुई महिना हुन लागेको छ। अहिलेसम्म रोडको मरम्तती कार्य समाप्त हुने कुनै सम्भावना देखिएको छैन। जब कि रोहिणीको टोल प्लाजाबाट दैनिक लगभग एक लाख रुपियाँ टोल ट्याक्स उठाइन्छ। रोहिणी रोड बन्द भएपछि यहाँका होटल व्यवसायीहरूलाई त ठूलो मर्का परेकै छ, यसको साथै रोहिणीका साधरण मानिसहरू, खरसाङ, दार्जीलिङसम्मका मानिसहरूलाई ठूलो प्रभाव परेको छ। पहिला रोहिणी रोडमा गाड़ी चल्दा रोहिणीका मानिसहरू 20-25 रुपियाँमा गाड़ी चड़ेर खरसाङ बजार जाने गर्थे भने अहिले 1 हजार-2 हजार रुपियाँमा गाड़ी रिजर्भ गरेर खरसाङ जान परिरहेका छन्‌‍। रोहिणी रोड बन्द भएकाले चालकहरूले अधिक इन्धन र समय खर्च गरेर यात्री अनि माल-सामान बोक्नु परिरहेका छन्‌‍। पैह्रोग्रस्त रोहिणी रोडको मरम्मती कार्य चलिरहेकोले हामीले अहिलेसम्म सहयोग गरिरहेका छौँ। मरम्मती कार्य भइरहेकोले गाड़ी चल्न नदिनलाई हामीले ठाउँ-ठाउँमा बसेर पहरा दिने कार्य समेत गऱ्यौँ। तर अब हामी समस्याको थुप्रोमा जाकिन लागेका छौँ। यसैले हामी क-कस कहाँ जान पर्ने जानलाई सल्लाह गरेका छौँ। गौरी शंकर चिया बगानको लिङ्क रोडको मरम्मती कार्य चलिरहेको छ। यो रोडको मरम्मती कार्य सकिएपछि रोहिणी रोडमा वन-वे भए पनि गाड़ी चलाउन पर्ने हाम्रो माग छ। गौरी शंकरको लिङ्क रोडको मरम्मती कार्य सकिएपछि वन-वेको रुपमा रोहिणी रोड नखोलिएको खण्डमा हामीले रोहिणीका विभिन्न सङ्घ-संस्थासित मिलेर यो रोडबाट कुनै पनि गाड़ी छिर्न नदिने निर्णय गरेका छौँ। यसको निम्ति हामी रोहिणी टोल प्लाजामा बस्नेछौँ। तामाङले रोहिणी रोडमा चल्ने 90 प्रतिशत होटल भाड़ामा रहेको बताउदै कम्तीमा 20 हजार रुपियाँदेखि 45 हजार रुपियाँसम्म भाड़ा होटल व्यवसायीहरूले दिन पर्ने बताए। भाड़ा माफीको निम्ति होटल मालिकहरूसित सभा बसेर भाड़ामा छुट गरिएको बारेमा प्रश्न गर्दा तिनले भने, त्यस्तो कुनै सभा भएको छैन, हामीले वाट्स एप ग्रुपमा सल्लाह गरेपछि कतिपय होटल व्यवसायीहरूले 50 प्रतिशत भाड़ामा लिएका छन्‌‍। कतिपयले अहिलेसम्मका कुनै भाड़ा दिएका छैनन्‌‍, तिनीहरूको होटल पूर्ण रुपले बन्द छन्‌‍। होटलको सटर खोलेपछि मालिससित सल्लाह गेरेर बन्द समयको भाड़ाको बारेमा समझदारीमा आउने भएका छन्‌‍। तामाङले कतिपय होटलका मालिकहरूले होटल व्यवसायीहरूसित पुरा भाड़ा मागिरहेको पनि बताए। तिनले रोहिणीका होटलहरूमा काम गरेर परिवार पाल्ने धेरै कामदारहरू वर्तमीनमा रोहिणी छोड़ेर गइसकेका पनि बताउदै आफ्नोमा रहेका सबै स्टाफहरू होटल छोड़ेर गइसकेकाछन्‌‍, तिनीहरू फेरि फर्किएर आउछन्‌‍-आउँदैनन्‌‍ थाहा छैन भनी बताए। अर्को तर्फ गौरी शंकर चिया बारी नजिक रोहिणी रोडमा गएको पैह्रोको वर्तमानमा मरम्मती कार्य चलिरहेको छ भने यो मरम्मती कार्य सकिनलाई अझै एकदेखि डेढ़ महिनाको समय लाग्न सक्ने अनुमान लगाइएको छ।


Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ