गोर्खा रंगमञ्च भवन परिसर शहिद स्मारकमा अजय टोलीले पनि श्रद्धाञ्जली अर्पण गर्ने

Share this news

दार्जीलिङ,27 जुलाई(निसं): इन्डियन गोर्खा जनशक्ति फ्रन्ट मुख्य संयोजक अजय एडवर्ड्सले एक प्रेस विज्ञप्ति जारी गर्दै शहिद दिवसको सन्देश दिदै भनेका छन्, हाम्रो आन्दोलनको घडेरी हाम्रा शहीदहरू र गोर्खाका पुस्ताहरुका सर्वोच्च र नि:स्वार्थ बलिदानमा बनेको छ जसले आफ्नो स्वर्थपुर्तीको लागि होइन तर न्याय, राजनीतिक पहिचान र हाम्रो सही राज्य – गोर्खाल्याण्डको निर्माणको लागि भारतीय संविधानको ढाँचाभित्र सबै थोक दिए।
हाम्रा सहिदहरुको रगतले कहिल्यै नमेटिने इतिहास लेखेको छ । उनीहरुको साहस, उनीहरुको त्याग र उनीहरुको अटल भावना हाम्रो आन्दोलनको आत्मा बनेको छ। उनले भने, हामी अगाडि बढ्दै जाँदा, म सबै मानिसहरूलाई विनम्र अनुरोध गर्दछु, तपाईं जहाँ भए पनि, यी वीर शहीदहरूलाई प्रार्थनामा सम्झनु, उनीहरूको हृदयमा सम्मान गर्नु र कार्य र एकताको माध्यमबाट उनीहरूको सम्झनालाई जीवित राखौ। यो शहीद दिवसमा शहीद स्मारक जहाँ छ, त्यहाँ एकताबद्ध भएर उभिने प्रयास गरौं, सम्झनाको प्रतीक मात्र होइन, हाम्रा शहिदहरूको बलिदानप्रति जीवित श्रद्धाञ्जलीका रुपमा उपस्थित बनौ। हामी उनीहरूको विरासतलाई धोका दिनेछैनौ। गोर्खाल्याण्ड वास्तविकता नबन्दासम्म हामी आराम गर्दैनौं। उनले अझ भने, हामी एक पवित्र जिम्मेवारीले बाँधिएका छौं हाम्रो छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति एकताबद्ध, निडर र दृढ भएर उभिने जिम्मेवारी। यस सन्दर्भमा नजिक हुनुहुने र उपस्थित हुन सक्ने महानुभावहरूलाई अनुरोध गरिन्छ कि दिउँसो 12:30 बजी सम्म पीकोठी, सीआर दास रोड, दार्जीलिङमा उपस्थित भइदिनु। त्यहाँबाट  गोर्खा रंगमञ्च भवन परिसरमा अवस्थित शहिद स्मारकसम्म एक साथ प्रस्थान गरी, गोर्खाल्याण्डका शहिदहरूलाई गहिरो श्रद्धाञ्जली अर्पण गर्नेछौं भनी इन्डियन गोर्खा जनशक्ति फ्रन्ट मुख्य संयोजक अजय एडवर्ड्सले  विज्ञप्तिमा भनेका छन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ