34औँ भाषा मान्यता दिवस समारोहमा भाषा शिक्षिका मीना राईलाई समर्पित शिक्षक सम्मानद्वारा सम्म्मानित गरिने

Share this news

खरसाङ, (निसं)ः गोर्खा जन पुस्तकालय, खरसाङले आगामी 20 अगस्तको दिन 34 औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा शैक्षिक प्रतिभा पुरस्कार, समर्पित शिक्षक सम्मान अलङ्करण एवम्‌‍ कवि गोष्ठी कार्यक्रम आयोजन गरेर भव्यतापूर्वक पालन गर्ने तय गरेको छ।पुस्तकालयले नेपाली भाषा संरक्षण, सम्वर्द्धन र सुदृढ़ बनाउन संस्थागत रूपमा विभिन्न पहल र कार्यक्रमहरू गर्दै आइरहेको कुरो सर्विदित छ। यसै प्रसङ्गमा पुस्तकालयले गत वर्ष विभिन्न सरकारी निकाय, नगरपालिका, आकाशवाणी, राष्ट्रिय राजमार्गका सम्बन्धित कार्यालयहरूमा नेपाली भाषाको प्रयोग, हिज्जे शुद्धिकरण र ठाउँ-ठेगानाको नाम सही हुनपर्छ भनेर भाषा मान्यता दिवसको अवसरमा ज्ञापन पत्र चढ़ाएका थिए। यसबाहेक पाठशालाहरूमा विद्यार्थीहरूमा नेपाली भाषा अर्थात्‌‍ मातृभाषाप्रति मोह वा जागरूकता ल्याउन भाषा शिक्षकहरूका भूमिका र योगदान अहम्‌‍ मानिन्छ।यसक्रममा विशेष नेपाली भाषा शिक्षकहरूका योगदानलाई मूल्याङ्कन गर्दै गोजपुले गत वर्षदेखि समर्पित शिक्षक सम्मान -द्वारा खरसाङ क्षेत्रका कुनै पनि विद्यालयका भाषा शिक्षकलाई सम्मानित गर्ने परम्परा स्थापित गऱेको छ। यस सन्दर्भभा गत वर्ष सन्त अल्फन्सस्‌‍ स्कूलका नेपाली भाषाका शिक्षक राजेन खवासलाई पुस्तकालयले सम्मान गरिसकेको छ भने यस वर्ष सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयकी भाषा शिक्षिका मीना राईको नाम चयन गरेर उनलाई समर्पित शिक्षक सम्मान -द्वारा अलङ्कृत गरिने गोजपुले निश्चित गरेको छ। कविको रूपमा परिचय स्थापित गर्न सफल मीना राईको शिक्षकजीवन समर्पण, वैशिष्टता र योगदानको आधारमा अतुलनीय छ। शिक्षण पेशामा एक समर्पित शिक्षिकाको रूपमा धेरै लामो समयदेखि पुऱ्याएको उल्लेखनीय सेवाको कारण उनलाई यस वर्ष उक्त सम्मानद्वारा सम्मानित गरिने निधो गरिएको हो। यस वास्तवमा हरेक विधाका शिक्षकहरूका समर्पण, वैशिष्टता र योगदानको मूल्याङ्कन हुनपर्ने हो अनि यस विषयमा क्षेत्रीय प्रशासन अघि आउनुपर्ने कुरो गोजपुले ठान्दछ। गोजपुले विगत धेरै वर्षदेखि आफ्ना प्रायोजक र शुभचिन्तकहरूका सहयोगमा विशेष नेपाली भाषा विषयबाट शुरू गरेको शैक्षिक प्रतिभा पुरस्कार आज गणित, जीवविज्ञान तथा प्राविधिक विज्ञान-जस्ता विषयहरूमा पनि खरसाङ क्षेत्रका मेधावी विद्यार्थीहरूलाई प्रदान गरिरहेछ। गोजपुका शैक्षिक प्रतिभा पुरस्कार उपसमितिका संयोजकहरू गोमा सुब्बा अनि प्रसनजीत छेत्रीद्वारा सङ्कलन र तयार गरिएका तथ्याङ्कअनुसार यस वर्ष उक्त पुरस्कारले अलङ्कृत हुने मेधावी विद्यार्थीहरू यस प्रकार छन्‌‍- खरसाङ महाविद्यालयबाट स्नातकोत्तर नेपाली टप्पर- प्रियङ्का देवान, उत्तर बङ्ग विश्वविद्यालयबाट स्नातक नेपाली टप्पर मन्दिरा राउत, दार्जीलिङ सरकारी महाविद्यालय, उच्च माध्यमिक टप्पर अंशु गुप्त, पुष्परानी मेमोरियल उ.मा. विद्यालय, माध्यमिक टप्पर आवर्त्तन शर्मा, मामरिङ तोऱ्योक उ. मा. विद्यालय, उच्चतर माध्यमिक नेपाली टप्परद्वय इशा सुब्बा, सन्त अल्फन्सस्‌‍ उच्च माध्यमिक विद्यालय अनि स्वीकृति बराइली, सन्त जोसेफ कन्या उच्चत्तर विद्यालय,माध्यमिक नेपाली टप्पर आस्था सुब्बा, सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालय, माध्यमिक गणित टप्पर रिवाङ लामा, सन्त अल्फन्सस्‌‍ उच्च माध्यमिक विद्यालय, माध्यमिक जीवविज्ञान टप्पर अनन्या पात्र, पङ्खाबारी उ.मा. विद्यालय अनि दार्जीलिङ पोलिटेक्निक संस्थान टप्पर स्वस्थानिका छेत्री। यी मेधावी विद्यार्थीहरूलाई 34औँ भाषा मान्यता दिवसको अवसरमा दिन नगद राशि अनि प्रमाणपत्रद्वारा सम्मानित गरिनेछ। खरसाङ महाविद्यालयका नेपाली विभागका प्रमुख डा. योगेश खाती समारोहका प्रमुख अतिथिको रूपमा उपस्थित रहनेछन्‌‍ भने कार्यक्रमको मुख्य आकर्षण कवि गोष्ठीमा खरसाङ र खरसाङबाहिरका स्थापित कविहरूबाट कविता प्रस्तुत गरिनेछ। कार्यक्रम गोर्खा जन पुस्तकालयको निजी भवन डा. पारसमणि प्रधान प्रेक्षा गृहमा पूर्वान्ह 11 बजी आरम्भ हुनेछ।यस कार्यक्रममा भाषाप्रेमी सम्पूर्ण व्यक्तिविशेष, सदस्य, शुभचिन्तक, प्रायोजक, शिक्षक, विद्यार्थी, संघसंस्था तथा सञ्चार माध्यमका प्रतिनिधिहरूलाई आयोजक पक्षबाट म हार्दिक निमन्त्रणा एवम्‌‍ स्वागत जनाउँदछु भनी गोर्खा जन पुस्तकालय खरसाङ्का मूल सचिव विनोद रसाइलीले विज्ञप्ति जारी गरी बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ