गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तीनधारे सुकना समष्टिको आयोजनामा शहीद दिवस

Share this news

तीनधारे,27 जुलाई(निसं): तीनधारेको चिल्ड्रेन पार्कस्थित शहीद वेदी प्रांगणमा समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रम समष्टि अध्यक्ष जेबी गुरूङ्को अध्यक्षमा 39 औं शहिद दिवस पालन कार्यक्रम सम्पन्न भयो। सर्वप्रथम गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो प्राणको आहुति दिएका सबै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष अनि विशिष्ट अतिथिहरुद्वारा दिप प्रज्वलन गरी खदा माला लगाएर शहीदप्रति नमन अर्पण गरियो।ङ्गसमारोहलाई सम्बोधन गर्दै अध्यक्ष जेबी गुरूङले पुनः शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै 1986 को दशकमा अतुल्य सुवास घिसिङ्को नेतृत्वमा हाम्रो राष्ट्रिय परिचय गोर्खा किपटको निम्ति गोर्खाल्याण्डको एउटा भीषण आन्दोलन भयो। यो आन्दोलनले देखाएको हाम्रो सपना शहीदको सपनालाई साकार पार्न वर्तमान अध्यक्ष मन घिसिङ बौद्धिक अनि राजनैतिक चतुरता अनि धैर्यतापूर्वक संघर्षरत छन्‌‍? भनी बताएका छन्। उनले भने, निकट दिनमा शहीदको सपना पूर्ण हुनेछ। यो हामीलाई विश्वास छ।ङ्ग आजको यो पवित्र दिनमा आफ्नो बहुमूल्य समय दिएर उपस्थित हुन भएका सबैलाई धन्यवाद ज्ञापन गर्दै आजको समारोह समाप्त भएको घोषणा गरेला थिए। यस शहीद दिवस समारोहमा समष्टिको मूल सचिव प्रमोद थापा, नारी एकाईका सभानेत्री शीला प्रधान, केन्द्रीय समितिको सदस्यमा आनिता लामा, महुकुमा समिति सदस्य अशोक सुब्बा अनि विभिन्न शाखाको प्रतिनिधिहरू उपस्थित रहेको थियो। कार्यक्रमलाई पूर्ण गुरुङले सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ