79 औँ स्वतन्त्रता दिवसको तयारीमा व्यस्त खरसाङ

Share this news

खरसाङ,  (निसं)ः 79 औँ स्वतन्त्रता दिवस पालन गर्ने तयारीमा खरसाङ शहर जुटेको छ। वर्तमानमा चारैतिर स्वतन्त्रता दिवस पालन गर्न तयारी चलिरहेको छ। खरसाङ्मा रहेका कलेज, विभिन्न सरकारी, सरकारी सहायता प्राप्त, निजी अनि मिशनेरी विद्यालयहरूमा यस समय स्वतन्त्रता दिवस समारोहमा प्रदर्शन गर्नको निम्ति मार्च पास्ट, ड्रील अनि अन्य खेलकुदको लगतार अभ्यास चलिरहेको छ। कतिपय विद्यालय अनि कलेजका विद्यार्थीहरूले स्वतन्त्रता दिवस समारोह आयोजना गरिने मैदान मन्टिभियट खेल मैदानमा गएर मर्चपास्टको अभ्यास गरिरहेका छन्‌‍। केही दिनदेखि लगतार खरसाङ्ममा मार्चपास्टको निम्ति ड्रम बजाइएको आवाज अनि मार्चपास्ट टोलीले सलामी दिँदै गरेका अभ्यासको आवजहरू सुनिन्दैछ। स्वतन्त्रता दिवस फुटबल खुल्ला नकाउट फुटबल टुर्नामेन्ट स्वतन्त्रता दिवस समारोह समिति (खरसाङ नगरपालिका) अनि खरसाङ महकुमा खेलकुद संघको आयोजनामा भक्टोरिया बोईज स्कूलमा सम्पन्न भइरहेको छ। यसै गरी स्वतन्त्रता दिवस म्यारथन दौढ़को निम्ति पनि पूर्ण तयारी भइसकेको थाहा लागेको छ, यो दौढ़ पनि खरसाङ्मा स्वतन्त्रता दिवस समारोह समिति अनि खरसाङ महकुमा खेलकुद संघको संयुक्त आयोजनामा सम्पन्न हुनेछ। मन्टिभियट खेल मैदानमा लगतार वर्षामा पनि अभ्यासको निम्ति आएका एक विद्यार्थीले आफूहरूले आगामी स्वतन्त्रता दिवस समारोहमा मार्चपास्ट उत्कृष्ट प्रदर्शन गरेर पहिलो स्थान प्राप्त गर्ने उद्देश्यले अभ्यास गरिरहेको बताए। मन्टिभियट खेल मैदानमा पनि स्वतन्त्रता दिवस समारोहको निम्ति मञ्च तयार गर्ने कार्य आयोजक समितिले आरम्भ गरिसकेको छ। यसको अतिरिक्त खरसाङवासीले पनि 79 औँ स्वतन्त्रता दिवस देश भक्तिभावले पालन गर्नको निम्ति तयारी गरिरहेका छन्‌‍। यस समय खरसाङवासीले आफ्नो घरमा तीरंगा राष्ट्रिय झण्डा फहराउनको निम्ति झण्डा खरिद गरिरहेका छन्‌‍। खरसाङ्को विभिन्न देकानहरूमा यस समय राष्ट्रिय झण्डा बिक्रीको निम्ति राखिएको छ। खरसाङ्को कतिपय सब्जी दोकान र फल दोकानमा पनि राष्ट्रिय झण्डा बिक्रीको निम्ति राखिएको देखिएको छ। खरसाङ्का कतिपय मानिसहरूले आगामी 15 अगस्त स्वतन्त्रता दिवसको दिन वर्षा नहोस भनी भगवानसित प्रार्थना गरेको पनि सुनिएको छ। आगामि 15 अगस्तको दिन वर्षा भएको खण्डमा स्वतन्त्रता दिवस समारोहको कार्यक्रममा जान नपाइने भएकोले त्यस दिन वर्षा नहोस भन्ने आफूहरूले चाहेको ती मानिसहरूले बताएका छन्‌‍। कतिपय मानिसहरूले यस संवाददातासित कुरा गर्दै यो वर्ष झण्डाको मूल्य विगत वर्षहरूको तुलनामा केही अधिक रहेको पनि बताएका छन्‌‍। खरसाङ्मा रहेका विभिन्न सरकारी कार्यालयहरूमा पनि स्वतन्त्रता दिवस पालन गर्न राष्ट्रिय झण्डा उत्तोलन गर्नको निम्ति तयारी चलिरहेको थाहा लागेको छ। कतिपय मानिसहरूले स्वतन्त्र दिवसको दिन घरमा मिठो-मसिनो खानेकुरो बनाएर परिवार अनि छेमेकीको साथमा स्वतन्त्रता दिवस पालन गर्नलाई तयारी गरिरहेको पनि बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ