खरसाङ सुपर लीग 2025 दुवै खेल बराबरीमा समाप्त

Share this news

खरसाङ, 8 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिशन अनि जीटीएको खेल अनि युवा मामिला विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको चौथो दिनको खेल सम्पन्न भएको छ। खरसाङ शहरदेखि चार किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यो टुर्नामेन्टको चौथो दिनको प्रथम खेल प्रिमियर डिभिजन अन्तर्गत खेलियो। यस खेलमा जेआर 32 अनि आईटीआई टुङमाझ भिड़न्त भएको थियो, खेलमा दुवै दलको प्रदर्शन बराबरीको देखियो। दुवै दलका खेलाड़ीहरूले एक-अर्काको गोल पोष्टमा गोल गर्ने धेरै प्रयास गरे तर दुवै दलका रक्षा पङ्तिका खेलाड़ीहरूले विपक्षको आक्रमणलाई डटेर सामना गरे। तथापि दुवै दलका खेलाड़ीहरूले विपक्षको रक्षा पङ्तिका खेलाड़ीहरूलाई छक्काउदै आ-आफ्नो दलको तर्फबाट 2-2 गोल गर्न सफल बने। यस प्रकार यो लीग खेल 2-2 गोलको बराबरीमा समाप्त भयो। चौथो दिनको दोस्रो खेल च्याम्पियन डिभिजन अन्तर्गत सम्पन्न भयो। जसमा सन्त मेरिज फुटबल क्लब अनि तिनधारे बोईज क्लबमाझ भिड़न्त भएको थियो। यस खेलमा दुवै दलको प्रदर्शन उस्ता-उस्तै देखियो भने दुवै दलको रक्षा पङ्तिका खेलाड़ीहरूलाई लन्ड्याउदै दुवै दलका अग्र पङ्तिका खेलाड़ीहरूले आ-आफ्नो दलको तर्फबाट 5-5 गोल गरे। यस प्रकार यो खेल 5-5 गोलको बराबरीमा समाप्त भयो। चौथो दिनको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएशनका रेफेरीहरू प्रमोद प्रधान, नितेश देवान, सौरभ शंकरले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्चय थापा रहेका थिए। खरसाङ फुटबल क्लबका सचिव सुदीप राईले बताए अनुसार यस टुर्नामेन्टको प्रिमियर डिभिजनमा जम्मा 5 वटा फुटबल टीमले अंश ग्रहण गरेका छन्। यी 5 वटा दलले एक-अर्को दलसित खेलिसकेपछि जुन दलले गोलको आधारमा सबैभन्दा अधिक अङ्क प्राप्त गर्छ त्यही दल विजेता घोषित गरिनेछ। च्याम्पियनशीप डिभिजनमा जम्मा 8 वटा दलले अङ्शग्रहण गरेका छन्। यी 8 वटा दललाई 4-4 दल गरेर दुईवटा पूलमा विभाजन गरेर खेलाइएको छ। 4-4 दलले आफ्नो पूलमा रहेका सबै दलसित एक-अर्कामा भिड़न्त गरिसकेपछि जुन दलले सबैभन्दा अधि अङ्क प्राप्त गर्छ, ती दललाई आगामी 20 जुलाईको दिन फाइनल खेल खेलाइने छ। फाइनलका विजेता तल च्याम्पियन हुनेछ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ