दार्जीलिङ माटोको मायाद्वारा आयोजित कविता प्रतियोगितामा 6 कवि उत्कृष्ट

Share this news

खरसाङ, 16 जुलाई (निसं): दार्जीलिङ माटोको माया फाउण्डेशनले युवा कवि सम्मेलन आयोजना गरेको जानकारी प्राप्त भएको छ। आदिकवि भानुभक्त आचार्यको 212 औँ जन्म जयन्ती तथा दार्जीलिङ माटोको माया युवा कवि सम्मेलनको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाले कविता प्रतियोगिता आयोजित गरेको थियो। जसमा 45 जना कविहरूले भाग लिएका थिए। अनलाईन आयोजना गरिएको यस प्रतियोगितामा 6 जना उत्कृष्ट रहेका कविहरू विजेता बनेका छन्‌‍। कविताको भावना, भाषा र शब्दशैली साथै पाठकवृन्दको प्रतिक्रियाको आधारमा उत्कृष्ट 6 जना कविहरूलाई चयन गरिएको हो भनी जनाइएको छ। प्रतियोगितामा निर्णायक समितिका प्रमुख संयोजक तिलक ओली रहेका थिए। ओलीको अतिरिक्त निर्णायक समितिमा तीनजना जुरी सदस्यहरू संस्थाका प्रमुख संयोजक महेन्द्र सुब्बा गोर्खे, दार्जीलिङ शाखा अध्यक्ष उपकार नेचली राई अनि खरसाङ शाखाकी संयोजिका रचिता छेत्री रहेका थिए। प्राप्त जानकारी अनुसार संस्थाले प्रत्येक वर्ष यसरी प्रतियोगिताको आयोजना गर्दै आएको छ, यसरी प्रतियोगिता आयोजना गर्नुको उद्देश्य ओझेलमा परेका कविहरूलाई पाठकसामु प्रस्तुत गर्नु र तिनीहरूलाई प्रोत्साहन प्रदान गर्नु हो। 2025 को कविता प्रतियोगिताका 6 विजेता कविहरू डुवर्सका लभकुमार भुजेल, सिलगढ़ीकी निरुता छेत्री, असमकी निलीमा आचार्य, दिलारामका रवी राई, दार्जीलिङ्का प्रमोद प्रणामी अनि कालेबुङ्का भवानी शर्मा रहेका छन्‌‍। दार्जीलिङ माटोको माया फाउण्डेसनको तर्फबाट सम्पूर्ण प्रतियोगी तथा विजेताहरूमा उज्जवल भविष्यको कामना गर्दै हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौँ भनी फाउण्डेशनका संस्थापक एवं अध्यक्ष दिवस दियालीले बताएका छन्‌‍। यी विजेताहरूलाई आगामी दिनमा आयोजना गरिने फाउण्डेशनको स्थापना दिवसको कार्यक्रममा आमन्त्रित गरेर सम्मान जनाइने छ। प्राप्त जानकारी अनुसार दार्जीलिङ माटोको माया फाउण्डेसन, विभिन्न सामाजिक कार्यहरूको निम्ति एउटा आस्था अनि विश्वासको प्रतीक बनेको छ। संस्थाले शिक्षा, स्वास्थ्यसेवा, साहित्य, कला, उद्धार, मानव सेवा, मानव अधिकार जस्ता विषयहरूमा निरन्तर कार्य गर्दैआएको छ। यसको अतिरिक्त आफ्नो भाषा-साहित्य, संस्कार-संस्कृतिलाई असाध्य माया गर्ने यो संस्थाले साहित्यको क्षेत्रमा पनि आफ्नो नाम दर्ता गराइसकेको छ। दिवस दियालीले जानकारी दिए अनुसार 2023 मा 1 सय 13 जना कविहरूलाई लिएर माटोको माया नामक कविता संग्रह यो संस्थानले प्रकाशित गरिसकेको छ भने कवयित्री सुरक्षा भुजेलको मेरो देश मेरो माटो कविता संग्रहको प्रकाशन पनि गरिसकेको छ। दार्जीलिङ माटोको माया प्रकाशनले आफ्नो तेस्रो कृति दार्जीलिङ माटोको वियोग पनि तेस्रो स्थापना दिवसको उपलक्ष्यमा सार्वजनिक गर्ने निर्णय गरेको छ। भाषा बाँचे साहित्य बाँच्छ, साहित्य बाँचे संस्कृति बाँच्छ। त्यसैले भाषा र साहित्यको संरक्षण गर्न साहित्यका विभिन्न कार्यक्रमहरू संस्थाले गरिरहेको छ। मुक्तक, गजल, कविता प्रतियोगिता आदि आयोजना गरेर कविहरूको ऊर्जा बढ़ाउने अनि प्रेरणा प्रदान गर्ने कार्य दार्जीलिङ माटोको माया युवा कवि सम्मेलनको हो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ