आईजीजेएफ पार्टीको ट्रेड यूनियनद्वारा अम्बोटे चिया बगान पुन: सञ्चालनको निम्ति कृतज्ञता प्रकट

Share this news

खरसाङ, 21 जुलाई (मोहन प्रसाद): इण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीको अम्बोटे चिया बगान ट्रेड यूनियनका प्रतिनिधिहरूले पार्टी प्रमुख अजय एडवर्डप्रति कृतज्ञता व्यक्त गरेका छन्‌‍। तिनीहरूले सोमवार 21 जुलाईदेखि पुन: सञ्चालन हुन गइरहेको अम्बोटे चिया बगानलाई लिएर पार्टीको ट्रेड यूनियनका प्रमुख एवं केन्द्रीय समिति अध्यक्ष डीके गुरुङद्वारा कुन-कुन सम्झौता अनुरुप पुन: चिया बगान खोलिन गइरहेको छ भन्ने बारेमा जानकारी गराइएको बताएका छन्‌‍। खरसाङस्थित पार्कलोकेशन नजिक रहेको पार्टी कार्यालयमा आयोजित प्रेस भेलामा पार्टीका ट्रेड यूनियनका अम्बोटे चिया बगान शाखा कार्यकारिणी समिति अध्यक्ष राम दहाल, यूनिटका महा सचिव शिव थापा, उप सभापति प्रणित कुमार छेत्री, सदस्य सरोज शर्मा, पार्टीका सह संयोजक विनिता थापा, कार्यकारिणी सदस्यहरू सुर्जु छेत्री, सुमन छेत्री, पार्टीका अम्बोटे चिया बगान क्षेत्रका संयोजक हेमन्त थापा, केन्द्रीय समितिका सीडब्लूसीका सदस्य भिम सुमन संगै पार्टीका खरसाङ संयोजक आरके शर्मा एवं अन्य सदस्यहरू औ समर्थकहरूको उपस्थिति थियो। यस अवधि पत्रकारहरूलाई सम्बोधन गर्दै, पार्टीका ट्रेड यूनियनका केन्द्रीय समिति अध्यक्ष डीके गुरुङले बताए अनुसार, अम्बोटे चिया बगान पुन: सञ्चालनको निम्ति अजय एडवर्डको दिशा निर्देशमा पार्टीको ट्रेड यूनियन लागि परिरहेको थियो। त्यति मात्र होइन, चिया बगान बन्द रहँदा पनि पार्टीका प्रमुख संयोजकद्वारा श्रमिकहरू साथै श्रमिक परिवारका विद्यार्थीहरूको निम्ति विभिन्न सहयोग पुऱ्याइएको थियो। गुरुङले 18 जुलाई सिलगढ़ीस्थित श्रमिक भवनमा पहाड़का सबै ट्रेड यूनियनका प्रतिनिधिहरूको उपस्थितिमा एउटा नयाँ कम्पनीसित बगानको विभिन्न विषयमा चर्चा भयो। श्रमिकहरूले पाउनु पर्ने बकायाहरू एवं सुविधाहरूमाथि चर्चा-परिचर्चापछि सम्झौता भएर नै 21 जुलाईदेखि चिया बगान पुनः सञ्चालन हुन गइरहेको छ। यस अवधि तिनले नयाँ कम्पनीले श्रमिकहरूको पुरानो विभिन्न बाँकी राशिको भुक्तान कसरी र कहिले गर्ने भन्ने बारे विस्तृत जानकारी गराए। नयाँ मालिक वा कम्पनीको बारमो तिनले खोज खबर लिएको अनि नयाँ कम्पनीको इतिहास ठीकै रहेको तिनले जनाए। त्यसरी नै आफ्नो पार्टीका ट्रेड यूनियनको अम्बोटे चिया बगानका प्रतिनिधिहरूले सोमवारदेखि बगान पुन: खोलिएकोमा साथै बन्द अवधिमा पार्टी प्रमुख अजय एडवर्डले सहयोग गरेकोमा एडवर्डप्रति कृतज्ञता व्यक्त गरे। पार्टीका खरसाङ संयोजक आरके शर्माले आफ्नो वक्तव्यमा प्रेस भेलामा बोल्दै बताए अनुसार, इण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीले केवल अम्बोटेका श्रमिकहरूको निम्ति मात्र कार्य गरि रहेको छैन तर सम्पूर्ण पहाड़को निम्ति र विभिन्न मुद्दामा अघि बढ़िरहेको छ। यदि नयाँ मालिकले पनि बगान चलाउन सकेनन्‌‍ भने पनि श्रमिकहरू सुर्ताउनु पर्दैन। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टी अम्बोटेका श्रमिकहरूको साथमा हर परस्थितिमा उभिएको हुनेछ।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ