अन्तर विद्यालय कविता वाचन र वाक पटुता प्रतियोगिताको साथमा खरसाङ्मा नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न

Share this news

खरसाङ, (निसं)ः गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको र भाषा मान्यता दिवस समारोह समितिको आयोजनामा खरसाङ्मा भाषा दिवस समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री, कार्यकारी सभासदद्वय कल्पना प्रधान र रतन थापा, सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।अतिथिहरुको बाहुलीबाट धुप दीप प्रज्वलन गरी अनि नेपाली भाषा मान्यताको आन्दोलनका दिवंगत भाषा सग्रामीहरुलाई श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण साथै राष्ट्रिय गान गाएर कार्यक्रम शुरु गरिएको थियो। सबिना गिरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण आयोजक समितिको सचिव एंव गोर्खा जनपुस्तकालय खरसाङ्को मूल सचिव विनोद रसाइलीले राखेका थिए। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागको सह निर्देशक भानुकान्त घिसिङले भाषा मान्यता दिवस समारोह विषयमा साथै खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्रीले नेपाली भाषाको व्यवहारिक प्रयोग विषयमा वक्तव्य राखेका थिए। यसै कार्यक्रममा खरसाङ महकुमा अन्तर्गत पर्ने 10 वटा उच्चतर माध्यमिक विद्यालयहरुलाई लिएर कविता वाचन प्रतियोगिता आयोजना गरिएको थियो। यस प्रतियोगितामा निर्णायकको रुपमा कवि बालकृष्ण थामी, प्रकाश प्रधान र कवि आरती ठकुरी रहेका थिए। यस प्रतियोगितामा प्रथम केएन मेमोरियल एकाडेमी सिटोङ्का सक्षम राई, दोस्रो सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयकी रमित पन्दी लेप्चा र तेस्रो सन्त अगस्टिनको प्रज्वल थापा भएका छन्‌‍। यस प्रतियोगितामा प्रथम र दोस्रो हुने दुईजना विद्यार्थीहरु दार्जिलिङ्को लागि चयन भएका छन्‌‍। त्यसरी नै विद्यार्थीहरुलाई लिएर वाक पटुता प्रतियोगिता आयोजना गरिएको थियो जसमा 7 वटा विद्यालयहरुका विद्यार्थीहरुले भाग लिएका थिए। यस प्रतियोगितामा निर्णायकको रुपमा पारसचन्द्र आले र उषाकिरण सत्यदर्शी रहेका थिए। यस वाक पटुता प्रतियोगितामा प्रथम पुष्परानी विद्यालयका अपित खवास प्रथम, सन्त जोसेफ कन्या विद्यालयकी आस्था सुब्बा दोस्रो र ग्रेल हिल पब्लिक स्कूलकी अन्वेषा प्रधान तेस्रो भएका छन्। यसै कार्यक्रममा कवि गोष्ठीको पनि आयोजन गरिएको थियो जसमा खरसाङ क्षेत्रका कविहरुले कविताहरु वाचन गरेका थिए। यस क्रममा कविहरु उषाकिरण सत्यदर्शी, बालकृष्ण थामी, द्वारिका छेत्री, आरती ठकुरी, रचिता छेत्री, प्रसन्नता छेत्री आदिले कविता वाचन गरेका थिए। यस कवि गोष्ठी कार्यक्रमलाई कवि विनोद रसाइलीले सञ्चालन गरेका थिए। यसै कार्यक्रममा चारजना भाषा संग्रामीहरुलाई सम्वर्ध्दना जनाइएको थियो जसमा पूर्ण गुरुङ निरुपम, आईबी शर्मा, प्रेम थापा र मिमलाल सापकोटालाई सम्बर्ध्दना जनाइएको थियो। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले जीटीएको सूचना अनि सांस्कृतिक विभागको आयोजनामा दुई सप्ताहव्यापी भाषा मान्यता दिवस समारोह आयोजना भईरहेको र यो कार्यक्रम 20 अगस्तको दिन अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ केन्द्रीय समितिको आयोजनामा सम्पन्न जीटीए स्तरीय अन्तर महाविद्यालय तर्क सभाको कार्यक्रमबाट शुरु भएको बताएका छन्‌‍। उनले यो समारोह आगामी 31 अगस्तको दिन दार्जीलिङ्मा हुने भव्य कार्यक्रमपछि समापन हुने जानकारी गराएका छन्‌‍। उनले खरसाङ्मा विभिन्न विद्यालयहरुको विद्यार्थीहरुलाई लिएर अन्तर विद्यालय कविता वाचन प्रतियोगिता आयोजना गरिएको र यहाँबाट दुईजना चयन भएर दार्जिलिङ्मा लगिने भएको पनि बताएका छन्‌‍। कार्यकारी सभासद अनोश थापाले नेपाली र गोर्खा भाषा विवाद विषयमा बोल्दै भने, हामी गोर्खा जाति हौं र भाषा चै नेपाली हो। किनभने नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा मान्यता प्राप्त भएको हो। त्यसैले हामी गोर्खा जाति हौं भने भाषा चैं संविधानले मान्यता दिएको नेपाली भाषा हो।


Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ