अखण्ड हरिकीर्तन समितिद्वारा धन्यवाद ज्ञापन एवम्‌‍ सम्मान समारोह

Share this news

खरसाङ,23 जुलाई(सुवास छेत्री)ः खरसाङ्मा गत केहीदिन अघि अखण्ड हरिसकीर्तन समितिको आयोजनामा सम्पन्न जगन्ननाथ रथ यात्रमा सहयोग र सहभागिता जनाउने विभिन्न सङ्घ-संस्था,धार्मिक एवम्‌‍ आध्यात्मिक सङ्घ-संस्था लगायत व्यक्ति विशेषप्रति आभार ज्ञापन गर्न तथा सम्मान जनाउन समितिले बुधवार खरसाङ्मा एउटा कार्यक्रमको आयोजना गऱ्यो। खरसाङ्को एउटा होटलमा समितिका अध्यक्ष राजेन्द्र प्रसाद अग्रवालको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन समितिका सचिव रमेश प्रसादले गरेका थिए। समारोहमा मुख्य एवम्‌‍ विशिष्ट अतिथिको रुपमा समितिका संरक्षक तथा खरसाङ राम मन्दिरका पुरोहित अखिलेन्द्रनाथ द्वीवेदी, आचार्य केशव मिश्र, पुरोहित पुरुषोत्तम अधिकारी, पेम्बा रिम्पोर्छे, रामकृष्ण आश्रमका सञ्चालक सुचितानन्द आनन्द, ब्रम्हकुमारी दुर्गा देवी, आचार्य महेश अत्रि, खरसाङ ट्राफिक ओसी बिरेन्द्र छेत्री, पुरोहित आनन्द पारेख, अधिवक्ता रमेश अग्रवाल, पुरोहित पुण्य प्रसाद शर्मा लगायत विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। समारोहमा यस वर्ष समितिद्वारा आयोजित रथयात्रामा सहयोग प्रदान गर्ने तथा सहभागिता जनाउने सबै आध्यात्मिक एवम्‌‍ सामाजिक सङ्घ-संस्था, विभिन्न मन्दिर सञ्चालन समिति, मिडिया कर्मीहरू तथा व्यक्ति विशेषलाई समितिको पक्षबाट खदा लगाएर, शाल ओडाएर अनि सम्मान पत्र तथा तुलसीको बोट प्रदान गरेर सम्मान जनाइयो। समारोहमा अखण्ड सकीर्तनको महत्वबारे अखिलेन्द्रनाथ द्वीवेदीले आफ्नो विचार राखे भने पण्डित केशव मिश्रले तुलसीको महत्वबारे प्रकाश पारे। त्यसरीनै सनातन धर्मको संरक्षण र सम्बर्द्धनबारे पुरोहित पुरूषोत्तम अधिकारीले आफ्नो भनाइ राखे भने पेम्बा रिम्पोर्छे अनि अधिवक्ता रमेश अग्रवालले समारोह आयोजनाबारे आफ्नो मन्तव्य राखे औ बीके दुर्गा देवीले धर्मको महत्त्वबारे प्रकाश पारिन्‌‍। वक्ताहरूले विशेषगरी सनातन धर्म औ यसको महत्त्वबारे जोड़ दिँदै यसको रक्षा अनि वर्तमान हाम्रा युवा पिड़िमा यसबारे जागरुकता ल्याउनुपर्ने कुरो बताए। तिनीहरूले हरि सकीर्तन समितिद्वारा गरिँदै आइरहेको विभिन्न धार्मिक एवम्‌‍ आध्यात्मिक कार्यक्रमहरूको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने आग्रह गरे।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ