जिल्ला स्तरीय युवा संसद 2026 कार्यक्रम 

Share this news

बिजनबारी, 5 मार्च (निसं): बिजनबारी डिग्री कलेजमा लिडिङ द पाथ टु  विकसित भारत जिल्ला स्तरीय युवा संसद 2026 भव्य रूपमा सम्पन्न भयो। उक्त कार्यक्रम माई भारत दार्जीलिङद्वारा, मिनिस्ट्री अफ युथ एफियर्स एण्ड स्पोर्ट्स-को आयोजनामा सम्पन्न गरिएको थियो भनी जानकारी प्राप्त भएकोछ।
थप जानकारी अनुसार, कार्यक्रमको मुख्य उद्देश्य युवाहरूलाई सहभागितामूलक क्रियाकलाप मार्फत नेतृत्व क्षमता र नागरिक चेतना सुदृढ गराउनु रहेको थियो। साथै माई भारत दर्ता अभियान मार्फत युवाहरूलाई डिजिटल रूपमा अनबोर्ड गर्नु, बहस तथा युवा संसद जस्ता अन्तरक्रियात्मक मञ्चहरू संरचना गरी नीतिगत तहको अनुभव दिलाउनु, सांसद तथा राज्यस्तरीय नेतृत्वसँग अन्तर्क्रिया गराई प्रेरणा प्रदान गर्नु तथा भारतीय युवाहरूको उदीयमान प्रतिभालाई विभिन्न क्षेत्रमा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको प्रमुख लक्ष्य रहेको थियो।
कार्यक्रममा उत्कृष्ट प्रदर्शनका आधारमा पाँच जना सहभागी राज्य स्तरीय युवा संसदका लागि छनोट भएका छन्। छनोट हुने विद्यार्थीहरूमा  काशिश पाल,  शुरुनकर चक्रवर्ती, रोहन गुरुङ, सञ्जना राई र रीसोप सुब्बा रहेका छन्।
यी विद्यार्थीहरू आगामी 7 मार्चमा कोलकातामा आयोजना हुने राज्य स्तरीय युवा संसद-2026 मा सहभागिता जनाउन प्रस्थान गर्नेछन्।उक्त कार्यक्रम कलेजकी प्राचार्या नोरके वङ्गमो याल्मो तथा सहायक प्राध्यापक अदित परियारको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रममा माई भारत, दार्जीलिङका विशाल तामाङ र शिव कुमार सिंहको उपस्थिति रहेको थियो। साथै बिजनबारी डिग्री कलेजका सम्पूर्ण सहायक प्राध्यापकहरूको सक्रिय सहभागिता रहेको थियो। पिपल्स युनाइटेड सोसियल अवर्नेस सोसाइटी कार्यक्रममाका अध्यक्ष सिद्धार्थ थामी तथा ब्लक संयोजक विशाल प्रधानको समेत गरिमामय उपस्थिति रहेको थियो।यस कार्यक्रमले दार्जीलिङ जिल्लाका युवाहरूमा नेतृत्व, नीति निर्माण प्रक्रिया तथा राष्ट्र निर्माणप्रतिको उत्तरदायित्वबोध अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूले जनाएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ