के हो निःसन्तान समस्या ? कसरी गर्ने आधुनिक उपचार ?

Share this news

काठमाडौँ — आधुनिक जीवनशैली र असन्तुलित खानपानका कारण निःसन्तान समस्या विश्वव्यापी रूपमा बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार विश्वभर १७.५ प्रतिशत व्यक्ति निःसन्तान समस्याबाट प्रभावित छन् । औसतमा, प्रत्येक ६ जनामध्ये एकजनाले आफ्नो जीवनकालमा निःसन्तानको अनुभव गर्ने गरेका छन् ।

 

डब्ल्यूएचओका अनुसार, यदि कुनै दम्पतीले लगातार १२ महिना वा सोभन्दा बढी समयसम्म नियमित असुरक्षित यौन सम्पर्क राख्दा पनि गर्भधारण नभएमा त्यसलाई निःसन्तानको समस्या मानिन्छ । पछिल्लो समय चिकित्सा विज्ञानले यस समस्याको समाधानका लागि विभिन्न प्रविधि विकास गरिसकेको छ ।

निःसन्तान समस्या पहिलाभन्दा गम्भीर बन्दै गए पनि आधुनिक प्रविधिको प्रयोगले समाधान सम्भव छ । आईयूआई र आईभीएफ विधि प्रयोग गरी हजारौं दम्पतीले सन्तान सुख प्राप्त गरिरहेका छन् । चिकित्सकसँग परामर्श लिएर उचित उपचार विधि अपनाएमा निःसन्तानताको समस्या समाधान गर्न सकिन्छ ।

उपचार विधि
निःसन्तानताको समस्या पहिचान गर्न सबैभन्दा पहिला दम्पतीमा समस्या के छ भन्ने कुरा पत्ता लगाउनु आवश्यक हुन्छ । कतिपय अवस्थामा शारीरिक सम्पर्क राख्ने सही समय नमिल्दा मात्र पनि गर्भ रहन नसक्ने भएकाले यसलाई सामान्य चिकित्सकीय सल्लाहले समाधान गर्न सकिन्छ ।

यदि पुरुषको शुक्रकीटमा केही कमजोरी देखिएमा तीनदेखि छ महिनासम्म औषधि दिएर उपचार गरिन्छ । कतिपय अवस्थामा औषधिले मात्र पनि सकारात्मक परिणाम दिन सक्छ ।


Share this news
आजको रोजाइ
लाख रुपियाँको दाता जीवजन्तु प्रेमी दिवश

लाख रुपियाँको दाता जीवजन्तु प्रेमी दिवश

बिजनबारी बहुआयामिक साहित्यिक कार्यक्रमको हुने

पाँच डेसिमल पर्जा पट्टाको बिरोध गर्नु एकवद्ध हुन अवस्यक

पाँच डेसिमल पर्जा पट्टाको बिरोध गर्नु एकवद्ध हुन अवस्यक

प्लास्टिक मुक्त परिवेश माथि सचेतता कार्यक्रम 

प्लास्टिक मुक्त परिवेश माथि सचेतता कार्यक्रम 

लप्चु चिया बगानमा रुखको बिरुवा रोपण कार्यक्रम

लप्चु चिया बगानमा रुखको बिरुवा रोपण कार्यक्रम

गोर्खा केन्द्रभूमि राजनीतिक चक्रमा फसेको छ: विकास लोहानी 

गोर्खा केन्द्रभूमि राजनीतिक चक्रमा फसेको छ: विकास लोहानी 

पोख्रेबोङ एकता परिवारको पाँचौं वार्षिकोत्सव

पोख्रेबोङ एकता परिवारको पाँचौं वार्षिकोत्सव

पुलिसद्वारा 258 वटा मोबाइल फोन मालिकलाई प्रदान 

पुलिसद्वारा 258 वटा मोबाइल फोन मालिकलाई प्रदान 

बिजनबारीमा कुकुरहरूको एकदिने नसबन्दी शिविर 

बिजनबारीमा कुकुरहरूको एकदिने नसबन्दी शिविर 

नेसासमा दुई सत्रमा भानु जयन्ती पालन गरिने

नेसासमा दुई सत्रमा भानु जयन्ती पालन गरिने