के हो निःसन्तान समस्या ? कसरी गर्ने आधुनिक उपचार ?

Share this news

काठमाडौँ — आधुनिक जीवनशैली र असन्तुलित खानपानका कारण निःसन्तान समस्या विश्वव्यापी रूपमा बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार विश्वभर १७.५ प्रतिशत व्यक्ति निःसन्तान समस्याबाट प्रभावित छन् । औसतमा, प्रत्येक ६ जनामध्ये एकजनाले आफ्नो जीवनकालमा निःसन्तानको अनुभव गर्ने गरेका छन् ।

डब्ल्यूएचओका अनुसार, यदि कुनै दम्पतीले लगातार १२ महिना वा सोभन्दा बढी समयसम्म नियमित असुरक्षित यौन सम्पर्क राख्दा पनि गर्भधारण नभएमा त्यसलाई निःसन्तानको समस्या मानिन्छ । पछिल्लो समय चिकित्सा विज्ञानले यस समस्याको समाधानका लागि विभिन्न प्रविधि विकास गरिसकेको छ ।

निःसन्तान समस्या पहिलाभन्दा गम्भीर बन्दै गए पनि आधुनिक प्रविधिको प्रयोगले समाधान सम्भव छ । आईयूआई र आईभीएफ विधि प्रयोग गरी हजारौं दम्पतीले सन्तान सुख प्राप्त गरिरहेका छन् । चिकित्सकसँग परामर्श लिएर उचित उपचार विधि अपनाएमा निःसन्तानताको समस्या समाधान गर्न सकिन्छ ।

उपचार विधि
निःसन्तानताको समस्या पहिचान गर्न सबैभन्दा पहिला दम्पतीमा समस्या के छ भन्ने कुरा पत्ता लगाउनु आवश्यक हुन्छ । कतिपय अवस्थामा शारीरिक सम्पर्क राख्ने सही समय नमिल्दा मात्र पनि गर्भ रहन नसक्ने भएकाले यसलाई सामान्य चिकित्सकीय सल्लाहले समाधान गर्न सकिन्छ ।

यदि पुरुषको शुक्रकीटमा केही कमजोरी देखिएमा तीनदेखि छ महिनासम्म औषधि दिएर उपचार गरिन्छ । कतिपय अवस्थामा औषधिले मात्र पनि सकारात्मक परिणाम दिन सक्छ ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ