वी लभ लिङ्सेबुङद्वारा जेष्ठ नागरिक सम्मान 

Share this news

रिम्बिक, 27 जुलाई(निसं): रिम्बिक-लोधोमा समष्टि अन्तर्गत लोवर लिङ्सेबुङको एक संस्था वी लभ लिङ्सेबुङले स्थानीय सार्वजनिक भवनमा नागरिक सम्मान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमको अध्यक्ष बल बहादुर विश्वकर्मा थिए भने प्रमुख अतिथिको रूपमा साइत बहादुर लिम्बु उपस्थित थिए। जोशी सुब्बाले सञ्चालन गरेको कार्यक्रममा स्वागत भाषण प्रकाश बिश्वकर्माले गरेका थिए।
कार्यक्रम अध्यक्ष अनि प्रमुख अतिथिको बाहुलीबाट द्वीप अनि धूप बालेर सुरु गरिएको थियो।
कार्यक्रममा क्षेत्रका वयोवृद्धजन क्रमैले धनमाया कम्बाङ, गोठलेनी तुम्मा, संगीत साबा, सञ्जय आमा अनि सुरेन आमालाई खदा अनि दोसल्ला  ओडाएर अनि प्रसस्ती-पत्र प्रदान गरेर नागरिक सम्मान जनाईयो। कार्यक्रममा साहित्य अकादमी युवा पुरस्कार-2025- ले पुरस्कृत युवा कवि सुवास ठकुरीलाई सम्मान जनाइयो भने क्षेत्रमा धेरै समय अघिदेखि विभिन्न विधाहरूमा योगदान दिदै आइरहेका नागरिकहरु गायक तथा कवि जीवन लिवाङ, गायक तथा कवि मणिकुमार लिम्बु, नाटककार सुवास पालुङगा, गायक सन्दिप सुब्बा, गायक अमित सुब्बा, गजलकार, कवि तथा सिनेमाटोग्राफर सुरेन सुब्बा अनि कवि आरती ठकुरीलाई सम्मान जनाईयो। कार्यक्रमको पहिलो चरणमा   स्थानीय गायक सन्दीप लिम्बु अनि अमीत लिम्बुले गीत गाएका थिए भने सुबास पालुङ्वाले कार्यक्रम लागि सम्बोधन गर्दै वी लभ लिङ्सेबुङ संस्थाको उद्देश्य, यसले गर्दै गरेको कार्य लगायत भविष्यका दिनहरूमा यस संस्थाले साहित्य, संगीत, स्वास्थ्य, शिक्षा लगायत अन्य विषयहरुको संरक्षण गर्ने विषयमा प्रकाश पार्दै साहित्य अकादमी युवा पुरस्कारले पुरस्कृत सुवास ठकुरी समाजको दर्पण साहित्यलाई जगेरा गर्ने युवा हामीसंग जन्मिएकोले आफ्नो क्षेत्रको गर्व रहेको बताए। कार्यक्रमलाई साहित्य अकादमी युवा पुरस्कार प्रापक ठकुरीले आफ्नो गाउँले यसरी  आफूलाई सम्मान गरेकोमा भावुक बन्दै सम्बोधन राख्ने भने कवि जीवन लिवाङले पनि सम्बोधन राखे। कार्यक्रममा धन्यवाद ज्ञापन नवीन कार्कीले राखेका थिए। कार्यक्रममा गाँउवासीको बाक्लो उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन