टर्च लाइटलाई भोट दिनु सुवासवादीहरूको साँचो श्रद्धाञ्जली : अनित थापा

Share this news

दार्जीलिङ,20 अप्रेल(निसं): स्वर्गीय सुवास घिसिङलाई साँचो श्रद्धाञ्जली दिनु छ भने स्वर्गीय सुभाष घिसिङलाई साँचो श्रद्धाञ्जली दिनु छ भने दार्जीलिङका उम्मेदवार विजय राई, खरसाङका उम्मेदवार अमर लामा र कालेबुङका उम्मेदवार रुदेन सादालाई भोट हालेर विजयी बनाउनुपर्छ, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम)-का अध्यक्ष अनित थापाले सोमबार  दार्जीलिङमा आयोजित विशाल जनसभामा सुवासवादी अनुयायीहरूलाई सिधै आह्वान गर्दै भनेका छन्।
सोमबारको कार्यक्रम अनौठो ढाँचामा आयोजना गरिएको थियो। विचार परिवर्तन यात्रा नामक जुलुस दुई फरक स्थानबाट एकसाथ सुरु गरिएको थियो। सिंहमारीबाट उम्मेदवार विजयकुमार राईको नेतृत्वमा र घुमबाट स्वयं अनित थापाको नेतृत्वमा। हजारौं समर्थक र कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागितामा दुवै जुलुस दिउँसो लगभग 1 बजी दार्जीलिङ मोटर स्ट्याण्डमा आएर संगम भयो अनि विशाल जनसभामा परिणत भयो। सभाको शुभारम्भ दीप प्रज्वलनबाट गरिएको थियो।
सभालाई सम्बोधन गर्दै थापाले भने,गत 2017  सालदेखि सुरु गरिएको विचार परिवर्तनको अभियानलाई पहाडले स्वीकार गरिसकेको छ। यसपालि पहाडमा पक्का गुराँस फुल्नेछ। उनले थपे, कमल हिलोमा फुल्छ, गत 2017 सालदेखि हामीले पहाडको हिलो सफा गर्दै आएका छौं। अब कमल फुल्न दिइने छैन। विपक्षीहरूलाई सोझो चुनौती दिँदै थापाले भने, परिवर्तनको कुरा गर्नेहरूलाई म आह्वान गर्छु , एक वर्ष मसँग हिँड्नु, म जनताको विचार परिवर्तन गरिदिनेछु। उनले आफ्नो पार्टी सधैं रचनात्मक राजनीतिको पक्षमा रहेको बताउँदै भने,नेता भनेको रोजगार खोस्ने होइन, रोजगार दिने हो। यो भनाइ हालैको शिक्षक भर्ना विवादको सन्दर्भमा आएको बुझिन्छ।
थापाले आफ्नो राजनीतिक यात्राको विशेषता उल्लेख गर्दै भने, विगत 1986 सालदेखि अहिलेसम्म जति पनि नेता कुर्सीमा पुगे, सबै आन्दोलनले जन्माएका थिए। म एकमात्र यस्तो नेता हुँ जसलाई जनताले बहुमत दिएर कुर्सीमा राखेका हुन्।
सभाको सबैभन्दा चर्चित क्षण त्यो थियो जब थापाले सुवास घिसिङका अनुयायीहरूलाई सीधै सम्बोधन गरे,सुवासवाद खोज्नुछ भने त्यो अनित थापाको कर्ममा देख्नेछ, यसपालि पहाडका तीनै आसनमा बीजीपीएमका उम्मेदवारलाई जिताउनु नै स्वर्गीय घिसिङप्रतिको साँचो श्रद्धाञ्जली हो।
अन्तमा उनले विश्वास व्यक्त गर्दै भने,जसरी पञ्चायत चुनावमा हामीले जित हासिल गरेका थियौं, त्यस्तै जित यसपालि पनि हासिल गर्नेछौं।
दार्जीलिङ पहाडका तीन विधानसभा क्षेत्रमा मतदान आगामी 23 अप्रेलको दिन हुनेछ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ