हाम्रो विचार हार्दा गाउँ हार्छ , गाउँले देखेको सपना हार्छ : अनित थापा

Share this news

दार्जीलिङ,11 जनवरी(निसं): यसपालिको भोट वैचारिक लडाइँको भोट हुनेछ। हाम्रो विचार हार्दा गाउँ हार्छ , गाउँले देखेको सपना हार्छ भनी जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) चिफ एक्ज्युकेटिभ अनित थापाले भनेका हुन्। जीटीए चिफ एक्ज्युकेटिभ अनित थापाले शनिबार सुकिया-पोखरीमा स्वास्थ्य केन्द्र उद्घाटन अनि आगो नियन्त्रण स्टेशन र बहुयोजनाहरूको शिलान्यास गरे। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आजको राजनीति वैचारिक लडाइँ को राजनीति भएको छ माथि जोड दिँदै भने, यसपालिको भोट वैचारिक लडाइँको भोट हुनेछ। हाम्रो विचार हार्दा गाउँ हार्छ , गाउँले देखेको सपना हार्छ। हामी विचार अनि सोचमा धनी हुनुपर्छ। विचारको लडाइँमा हामीले जित्नु पर्छ। हाम्रो विचारधाराको तीन जना विधायक पनि पठाउनु सक्यौं भने हामीले सरकार समक्ष धेरै मांग राखेर काम गर्नु सक्छौ। नेताले मात्र होइन, सबैको ऊर्जा चाहिन्छ, हाम्रो वैचारिक लडाइँमा जीत हासिल गर्नु।
थापाले क्षेत्रीयता सुरक्षाको मुद्दा उठाउँदै भने, क्षेत्रीय राजनीति पनि हराई पठाउछौ भन्ने चिन्ता छ।एमपी-को चुनाउ एकलै लड्ने हाम्रोमा क्षमता छैन तर एमएलए चुनाउ एक्लै लड्नु सक्ने हामी क्षमता राख्छौ। यदि हाम्रो किपटको आवाज बचाउनु हो भने क्षेत्रीय दल बाँच्नु आवश्यक छ। पूर्वाधार र सार्वजनिक सेवालाई ठूलो बढावा दिनका लागि गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जीटीए)चिफ एक्ज्युकेटिभ अनित थापाले शनिबार सुकिया-पोखरीमा ब्लक सार्वजनिक स्वास्थ्य एकाई (बीपीएचसी)-को उद्घाटन गरे र नयाँ दुई-पम्प आगो नियन्त्रण स्टेसनको शिलान्यास गरे। 15औं वित्त आयोग र विशेष विकास योजना (एसडीएस) बाट 2023-2024 को लागि वित्तपोषित यी योजनाहरूले क्षेत्रमा आपतकालीन प्रतिक्रिया र स्वास्थ्य सेवालाई मजबुत बनाउने लक्ष्य राखेका छन्। आगो नियन्त्रण स्टेसनको अनुमानित लागत 5.60  करोड रुपियाँभन्दा अधिक छ भने बीपीएचसीको मूल्य 71 लाख रुपियाँभन्दा अधिक छ। यी विकासहरूले क्षेत्रको विपद् व्यवस्थापन र सार्वजनिक स्वास्थ्यका लागि महत्वपूर्ण कदम चालेका छन्।कार्यक्रमकै अवसरमा थापाले पश्चिम बंगाल राज्य ग्रामीण विकास एजेन्सी (डब्ल्यूबीएसआरडीए) दार्जीलिङ महाशाखा अन्तर्गत जीटीएमार्फत सडक निर्माण र जलस्रोत योजनाहरूको शिलान्यास गरे।
प्रमुख सडक योजनाहरूमा समावेश छन्,जसमा,सुकिया पोखरीदेखि गैरीबास सीमाना सम्म 3.30 किलोमिटर सडक (2.67 करोड रुपियाँ), गैरी गाउँ फाटकदेखि धनमान धुरासम्म 4.00 किलोमिटर सडक (3.81 करोड रुपियाँ),जौबारी रिम्बिक राज्य राजमार्ग, टिफिन डाँडा रिजेरी देखि दुई घरेसम्म पुग्ने,मिरिक चोक डाँडा र पुलुङदुङ पीएमजीएसवाई सडकसँग जोडिने विभिन्न गन्तव्यहरूका सडकहरू रहेको छ। पोस्ट-भी प्याकेजहरू अन्तर्गत थप दुई सडकहरू, कैजलेदेखि मानेभञ्ज्याङ हुँदै सिन्दुङ डाडाँ सम्म 4.40 किलोमिटर ( 1.73 करोड रुपियाँ), सुकिया-पोखरीदेखि हिन्दु डाँडा सम्म 3.65 किलोमिटर (1.33 करोड रुपियाँ) त्यसरी नै, जीटीए जलस्रोत अनुसन्धान तथा विकास विभागले बिजनबारी-पुलबजार ब्लक-को मौजा सिम्बोग डाँडास्थित गैरी गाउँ सतह प्रवाह लघु सिँचाई योजनाको पनि आज शिलान्यास भएको छ। 36,77,491-को टेण्डर रकम, 73.550 रुपियाँ अग्रिम धरौटीसहित 270 दिनको अवधिमा सम्पन्न हुने यो योजनाले स्थानीय जलस्रोतलाई मजबुत बनाउनेछ भनी जीटीए सुत्रले बताएकोछ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ