गोक जुनियर बेसिक स्कूलका विद्यार्थीहरूलाई युनिफर्म प्रदान

Share this news

गोक,  4 जुलाई (निसं ): गोक क्षेत्रको पुरानो विद्यालय गोक जुनियर बेसिक स्कूलका विद्यार्थीहरूलाई युनिफर्म वितरण गरियो। बिहीबार विद्यार्थीहरूको पहिलो परीक्षाको परिणाम-पत्र वितरणसँगै युनिफर्म पनि वितरण गरियो। यसदिन उपस्थिति कमिटीका सभापति आई के घिसिङको अध्यक्षतामा सम्पन्न सभामा अभिभावकहरू पनि उपस्थित थिए। उक्त युनिफर्म भागोप्रमो पुल- बिजनबारी समष्टिका सभासद भूपेन्द्र छेत्रीले प्रदान गरेको प्रधान अध्यापक दीपक राईले जानकारी दिए। युनिफर्म मात्र नभएर नानीहरूलाई यस सत्रको अङ्ग्रेजी माध्यमको किताबहरू पनि उनले प्रदान गरेको राईले जानकारी दिंदै सभासद प्रति आभार प्रकट गरे। गोक जुनियर बेसिक स्कूलमा धेरै खटिखाने किसानहरूका छोरा छोरीहरू अध्ययनरत छन्  भने स्कूल अनि विद्यार्थीहरूको प्रगति र प्रोत्साहनको निम्ति सभासद छेत्रीले सहयोग पु-याएको सहा शिक्षकद्वय रमेश लिम्बु र कुमार शर्माले पनि बताए। उपस्थिति कमिटीका अध्यक्ष आई के घिसिङले पनि सभासद भूपेन्द्र छेत्री प्रति आभार प्रकट गर्दै गोक जुनियर बेसिक यस क्षेत्रको पुरानो अनि गरिमामयी विद्यालय रहेको जनाए।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन