लामाहट्टामा दुई दिवसीय धार्मिक अनुष्ठान सम्प्न्न: 

Share this news

लामाहट्टा-पेशोक: 22 नोभेम्बर(निसं): गत 19 नोभेम्बरदेखि भएको विशेष धार्मिक अनुष्ठान बिहिबार विशेष पुजा, अभिषेक अनि वाङ अभिषेक गर्दै समापन गरियो। अप्पर लामाह्ट्टा वार्ड नम्बर 15  अवस्थित थेक्छेन छ्योइलिङ म्हाँणी गुम्बामा यङलेसा, फार्पिङ नेपालबाट आएका महामहिम गेलोङ कलसाङ रिन्पोर्छेको विशेष उपस्थितिमा उक्त अनुष्ठान सम्पन्न गरिएको थियो भने बिहिबार महामहिम रिन्पोर्छेले थेक्छेन छ्योइलिङ म्हाँणी गुम्बा प्रस्थान गरे भनी पुजा आयोजक समितिले बताएकोछ। थेक्छेन छ्योइलिङ म्हाँणी गुम्बा संचालन समितिका सचिव निमा नर्बु शेर्पा साथै समितिका अन्य पदाधिकारीको अथक प्रयास साथै पहलमा यङ्लेसा फार्मिङ नेपाल राष्ट्रदेखि महामहिम गेलोङ कलसाङ रिन्पोर्छेको आगमन गराउन गरिएको पहलको क्षेत्रवासी साथै संलग्न दवाईपानी, ग्लेनबर्न, आदि क्षेत्रका बौद्ध गुम्बा संचालन समिती अनि गावँवासी भक्तजनद्वारा सराहना गरिएकोछ। महामहिमको आगमनमा विशेष पुजा, मनलम आदि सम्पन्न गरिनुका साथै बिहिबारको दिन गुम्बामा सम्पन्न पुजा, कुसुम म्हेण्ड्ल चढाईने कार्य सम्पन्न भएको थियो । उत्तरार्धको कार्यक्रममा स्थानीय लामहट्टाका एक बौद्ध लामा भिक्षुलाई स्थान ग्रहणको अभिषेक गरिनुका साथै भगनवान बुद्धको वाणीलाई सरल भाषामा पठन गरिएको थियो। उनै महामहिम गेलोङ कालसाङ रिन्पोर्छेको बहुली बाट साँझ पाँच बजे देखि वाङ अभिषेकको कार्यक्रम शुरु गरिएको संचालन समितिले जनाएको छ।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ