जनजातिको मागमा संघर्षरत जातगोष्ठीको जनजातीय भाषा, संस्कार-संस्कृति भने विलुप्तीको सङ्घारमा

Share this news

खरसाङ, (निसं)ः जनजातिको दर्जा पाउँ भनी गोर्खा समुदायको विभिन्न जातगोष्ठीले माग गरेको दशकौँ भइसकेको छ। जनजातिको मागमा संघर्षरत जातगोष्ठीको जनजातीय भाषा, संस्कार-संस्कृति भने विलुप्तीको सङ्घारमा पुगिसकेको छ। जनजातिको मागमा संघर्षको क्रममा लिम्बु अनि तामाङ जातले 2002 मा जनजातिको दर्जा प्राप्त गर्न सफल बने तर लिम्बु अनि तामाङसितै संघर्षरत अन्य जातगोष्ठीले त्यसपछि अहिलेसम्म जनजातिको दर्जा प्राप्त गर्न सकेका छैनन्‌‍। रहेका जातगोष्ठीले साङ्गठनिक रुपमा जातिको माग गर्दै आएको छ भने विगत केही समयदेखि यो माग राजनीतिक दलहरूको मुद्दा पनि बनिसकेको छ। तथापि यसरी जनजातिको मागमा संघर्षरत रहेका जातगोष्ठीको जनजातीय भाषा, संस्कार-संस्कृति बचाउन निकै गाह्रो कार्य भइरहेको छ। खरसाङ खण्ड अन्तर्गत मकैबारी चिया बगानको फूलबारी, कोदोबारी, कैलापानी, चोप्टे गाउँमा धेरै संख्यामा याम्फू थरका राईहरू बसोबास गरिरहेका छन्‌‍। 80 को दशकसम्म थरका 90 प्रतिशत मानिसहरूले आफ्नो भाषा बोल्ने गरेका थिए। तिनीहरू माझ आफ्नै भाषामा बातचीत हुने गर्थ्यो। यस क्षेत्रमा अधिकतर याम्फूहरूले आफ्नो भाषा बोल्ने भएकाले क्षेत्रमा बसोबास गर्ने अन्य जातकाहरूलेसम्म याम्फू भाषा धारा-प्रवाहा बोल्ने गरेको पाका मानिसहरू बताउछन्‌‍। अघिको समयमा यो क्षेत्र पूर्ण रुपमा जनजातीय क्षेत्र रहेको समेत पाकाहरूको दावी छ। याम्फू भाषा बोल्नेहरूको संख्या घट्दै वर्तमानमा 5-10 प्रतिशतमा झरेको क्षेत्रका मानिसहरूले बताएका छन्‌‍। कुलपितृ गर्ने परम्परालाई अहिलेसम्म यस क्षेत्रका याम्फूहरूले यथावत राखेका छन्‌‍। यसै गरी बिहे र मृत्युमा सम्पन्न गरिने संस्कारहरू पनि यहाँका मानिसहरूले अहिलेसम्म बचाएर राखेको बताएका छन्‌‍। तर आउँदो पिँढ़ीले यो संस्कार-संस्कृति र भाषालाई संरक्षण गरेर लैजानेछन्‌‍ भन्ने विषयमा कुनै निश्चितता देखिएको छैन। क्षेत्रका याम्फूहरू आफूहरूको संस्कार-संस्कृति, भाषा सबै जनजातीय रहेको तर यो जनजातीय संस्कार-संस्कृति र भाषालाई बचाएर राख्न गाह्रो भएको बताउदै जनजातिको दर्जा प्राप्त गर्न सकिएको खण्डमा यस दिशामा केही सहयोग मिल्ने थियो भन्छन्‌‍। गोर्खा समुदायको अर्को एक जातगोष्ठी गुरुङहरू आफूहरू बौद्ध धर्मावलम्बी रहेको र आफ्नो भाषा, संस्कार-संस्कृति जनजातीय रहेको दावी गर्छन्‌‍। आफूहरूले सांगठनिक रुपम दशकौँदेखि जनजातिको माग गर्दै आएको तर अहिलेसम्म जनजातिको दर्जा प्राप्त गर्न नसकेको गुनासो यस जातका मानिसहरूको छ। जनजातिको मागमा संघर्ष रहँदा रहँदै गुरुङ संस्कार-संस्कृति र भाषा मासिन्दै गएको पाइएको छ। तथापि अखिल भारतीय गुरुङ तमु बौद्ध सङ्गठनका अध्यक्ष आनन्द तमुले सङ्गठनले विभिन्न क्षेत्रमा छरिएर बसेका गुरुङहरूलाई एक सूत्रमा बाँधेर जनजातिको मागसितै गुरुङ भाषा, संस्कार-संस्कृति बचाउनको निम्ति निरन्तर कार्य गरिरहेको दावी गर्छन्‌‍। गुरुङहरू धर्म, संस्कार-संस्कृति अनि भाषागत रुपमा जनजाति रहेको बताउदै सरकारले गुरुङहरूको जनजातीय गुण हेरेर जनजातिको मर्यादा प्रदान गर्नु पर्ने हो तर आजसम्म प्रदान नगरेको गुनासो तमुको छ। तिनले अखिल भारतीय गुरुङ तमु बौद्ध सङ्गठन वर्तमानमा पनि जनजातिको मागमा संघर्षरत रहेको बताउछन्‌‍। तिनले जनजातिको मर्यादा प्राप्त भएको खण्डमा गुरुङ जनजातीय भाषा, संस्कार-संस्कृतिको संरक्षणमा ठूलो सहयोग पुग्ने पनि बताउछन्‌‍। तिनले कालेबुङ जिल्लाको चारखोल, रङ्गोमा धेरै संख्याम गुरुङहरू एक सथा बसोबास गरिरहेका बताउँदै विगतका तुलनामा यी क्षेत्रहरूमा पनि गुरुङ संस्कार-संस्कृति र भाषा लोप हुने स्थितिमा पुगेको बताए। तमुले तथापि यी स्थानहरूमा साङ्गठनिक रुपमा अनि त्यस क्षेत्रका मानिसहरूको प्रयासमा गुरुङ भाषा, संस्कार-संस्कृति बचाउनको निम्ति कार्य भइरहेको पनि बताए। यसरी नै अन्य जातगोष्ठीका सङ्घ, सङ्गठनहरूले जनजातीय मर्यादाको माग गर्दै संघर्षरत रहेर आफ्नो जनजातीय भाषा, संस्कार-संस्कृतिलाई बचाएर राख्न प्रयास गरिरहेको भए तापनि समयको परिवर्तन संगै ती जातगोष्ठीका जनजातीय भाषा, संस्कार-संस्कृति विलुप्तीको सङ्घारमा पुग्न लागेको तथ्यहरू छन्‌‍। गोर्खा जातिका यी जातगोष्ठीको जनजातीय संस्कार-संस्कृति अनि भाषालाई बचाएर राख्नु हो भने यी जातगोष्ठीलाई जनजातिको मर्यादा प्रदान गर्न आवश्य छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ