तुङसुङमा रुख, जुबलीमा भवन ढल्यो,10 परिवार बेघर

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): अत्याधिक वर्षाको कारण मंगलबार बिहान दार्जीलिङ शहर नजिक वार्ड नम्बर 17 अन्तर्गत लुईस जुबली समाजमा रहेको एक पुरानो भवन पूर्ण रूपमा भत्किएको छ। जसले त्यहाँ बसोबास गर्दै आएका 10 परिवारहरूलाई बेघर भएको छ। वार्ड नम्बर 17 का वार्ड काउन्सिलर नितेश गुरुङ घटना स्थलमा पुगेर घटना अनि त्यहाँको अवस्थाको जाँच गरे, साथै पीडित परिवारहरूसँग संवेदना व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न निर्देशन दिएका छन्। उनले सबै परिवारहरूलाई दुई महिनाको लागि किरायाको घरमा स्थानान्तरण गरिने र उक्त अवधिको सम्पूर्ण खर्च उनले बेहोर्ने प्रतिबद्धता जाहेर गरे। यसै सन्दर्भमा, मंगलबार दिउँसो ती पीडित परिवारहरूलाई जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन)  प्रमुख कार्यपाल अनित थापासित भेट गराइने र थप सहायता तथा दीर्घकालीन समाधानको पहल गरिने जानकारी पनि गराए। आपतकालीन सूचना जारी गर्दै वार्ड काउन्सिलर गुरुङले सबै वार्डहरु वा नगरवासीहरूलाई सचेत रहन अनुरोध गरेका छन्। विशेष जोखिमयुक्त र जीर्ण अवस्थामा भएको घरहरुमा बसोबास गरिरहेकाहरूले तुरुन्तै निकट निकाय वा वार्ड कार्यालयमा जानकारी गराइदिने अनुरोध गरेका छन्।
यसरी नै जानकारी अनुसार, दार्जीलिङ शहर नजिक तुङ्सुङ क्षेत्रमा पनि रुख ढलेर घरलाई क्षती बनाइदिएको छ। यस घटनामा पनि कुनै प्रकारको मानवीय क्षती नपुगेको जानकारी छ।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ