पाँच वर्षपछि जंगल सफारी टोय ट्रेन सेवा पीपीपी मोडलमा

Share this news

तीनधारे ,  (निसं): टोय ट्रेन जंगल सफारी लगभग पाँच वर्षको लामो प्रतीक्षापछि पीपीपी (पब्लिक प्राइभेट पार्टनरशिप) मोडलमा टोय ट्रेन जंगल सफारी फेरि एकपटक आईतवादेखि शुरू भएको छ। दार्जीलिङ हिमालयन रेलवे (डीएचआर)- को यस पहलबाट पर्यटकहरूमा खुशी छाएको छ। रेलवे सूत्र अनुसार यो विशेष जंगल सफारी मुख्य रूपमा सप्ताहको शनिवार र आइतवार सञ्चालन हुनेछ। यो सफारी सिलगढ़ी जंक्शनदेखि घैयाबारीसम्म पुग्नेछ। यात्रा अवधि पर्यटकहरूले ऐतिहासिक टोय ट्रेनको रोमाञ्चक सवारीसँगसँगै चिया बगानहरूको सुन्दर हरियाली, पहाड़ी प्राकृतिक दृश्य तथा स्थानीय संस्कृतिको आनन्द लिन सक्नेछन्‌‍। यस जंगल सफारीको उद्देश्य पहाड़, प्रकृति अनि लोक संस्कृतिको अनौठो अनुभव पर्यटकहरूसम्म पुऱ्याउनु हो। निजी कम्पनी संचालक सञ्जय गोस्वामीले बताए अनुसार यात्रा शुरू हुनसाथ पर्यटकहरूको लागि खाजाको व्यवस्था रहनेछ। घैयाबारी पुगेपछि विशेष पिकनिकको आयोजन गरिनेछ। यसको साथै दार्जीलिङ्को प्रसिद्ध पारम्परिक व्यञ्जन मोमोको स्वाद पनि पर्यटकहरूले चाख्न पाउनेछन्। डीएचआरका निदेशक ऋषभ चौधरीले भने, वर्तमान पर्यटन सीजनमा जंगल सफारी मात्र नभएर पर्यटकहरूलाई आकर्षित गर्नको लागि नयाँ सफारी सेवा पनि शुरू गर्ने योजना छ। यस अतिरिक्त 15 वटा नयाँ टोय ट्रेनको इञ्जिनलाई सामेल गरिनेछ। यात्रीहरूको सुरक्षा अनि सेवाको गुणस्तरलाई सर्वोच्च प्राथमिकता दिइने उनले बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ