भारतीय तथा विदेशी भाषाहरूमा अनुवाद शीर्षकको तीनदिने कार्यशाला

Share this news

शास्त्रीय तमिल केन्द्रिय संस्थान, चेन्नै तथा काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागको संयुक्त आयोजनामा कवयित्री अभैयरद्वारा १२औँ शताब्दीमा रचित तमिल भाषाको शास्त्रीय ग्रन्थ “ ‘कोन्ड्रै वेन्डन’ (शिरफूल)-लाई भारतीय तथा विदेशी भाषाहरूमा अनुवाद” शीर्षकको तीनदिने कार्यशालाको उद्घाटन माननीय कुलपति प्रो. अजित कुमार चतुर्वेदीद्वारा सम्पन्न भयो।

यस कार्यशालाको उद्देश्य तमिल कृति “कोन्ड्रै वेन्डन” लाई तीसभन्दा बढी भारतीय भाषाहरू तथा सातभन्दा बढी विदेशी भाषाहरूमा अनुवाद गर्नु हो। “कोन्ड्रै वेन्डन” तमिल भाषाको नैतिक तथा सामाजिक मूल्यसम्बन्धी प्रसिद्ध ग्रन्थ हो। यस अवसरमा कुलपति प्रो. अजित कुमार चतुर्वेदीले काशी तमिल संगमम्को उल्लेख गर्दै तमिल भाषालाई प्राप्त शास्त्रीय भाषाको मान्यता तथा यसको प्रासङ्गिकताबारे प्रकाश पारे। उनले सामाजिक सञ्जालको माध्यमबाट विद्यार्थीहरूलाई भाषा अध्ययनतिर प्रेरित गर्नुपर्ने कुरामा जोड़ दिए।

कला सङ्कायकी प्रमुख प्रो. सुषमा घिलडियालले कला सङ्कायलाई काशी हिन्दू विश्वविद्यालयको मातृ सङ्कायका रूपमा प्रस्तुत गर्दै विभिन्न भाषाहरूको पठनपाठनसम्बन्धी विस्तृत चर्चा गर्नुभयो। भारतीय भाषा विभागका अध्यक्ष प्रो. दिवाकर प्रधानले मन्तव्यमा भारतीय भाषाहरूको ऐतिहासिक महत्त्व तथा अनुवादको विस्तृत क्षेत्रबारे चर्चा गर्दै स्वागत भाषण राखे । इतिहास विभागका आचार्य प्रो. गङ्गाधरणले तमिल साहित्यमा “कोन्ड्रै वेन्ड्रन”-को स्थान, महत्त्व र उपयोगिताविषयक बीज भाषण प्रस्तुत गरे। उद्घोषक डा. जगदीशन टी.-ले “कोन्ड्रै वेन्ड्रन” कृतिबारे प्रकाश पारे। अन्त्यमा डा. अमित थापाले धन्यवाद ज्ञापन गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ