This is what I say - it's yours to listen or not: Vinay Tamang 'Jojo'
This is what I say - it's yours to listen or not: Vinay Tamang 'Jojo'

यो मेरो भनाइ- सुन्नु नसुन्नु तपाईंको: विनय तामाङ ‘जोजो’

Share this news

जीटीएका पूर्व प्रमुख कार्यपाल विनय तामाङ ‘जोजो’ले पश्चिम बङालको चुनाव हुने सन्दर्भमा आफ्नो कुरा यसरी राखेका छन्। उऩले भनेका छन्, दार्जीलिङ पहाड़ सिलिगुड़ी डुवर्सका हाम्रा गोर्खा नेता दाजु-भाई, दिदी- बहिनी अनि साथीहरू ! जातिको निम्ति केही गर्छु भनेर कम्मर कसेर निस्केका युवा भाई- बहिनीहरू ! गैर-राजनैतिक एवं जातिगत संघ-संस्था अभियन्ता दाजु-भाई दिदी-बहिनीहरू ! चुनाव आउॅदैछ र चुनावमा उम्मेद्वार हुने इच्छुक सबै दाजु-भाई दिदी- बहिनीहरू ! नयाॅ पुराना साथै हालै गठन
दार्जीलिङ सिलगड़ी डुवर्समा आफनो अस्तित्व बचाइरहेका राष्ट्रीय राजनैतिक दलहरूमा रहेका हाम्रा गोर्खाका नेतृत्वहरू ! सम्पुर्ण सचेत नागरिक समाजका अग्रणी महानुभावहरू ! अन्तमा पत्रकारी जगतका हाम्रा गोर्खा पत्रकार दाजु-भाई , दिदी-बहिनी अनि बन्धु-बान्धवहरू !
सम्बोधन नै अधिक रह्यो विशेष विषयभन्दा तर सम्बोधनमा राख्नुपनि आवश्यक थियो तर माफ गर्नुहोला भगवान सरह जनतालाई मैले सम्बोधन गरिन् कारण जनताको निम्ति नै यो मेरो विशेष विषय हो।

मूलभूत विषय: पश्चिम बङालको चुनाव हुन अब सायदै तीन महिना मात्र होला – यसैले बङालभरि नै चुनावको माहौल तातिरहेको छ- स्वाभाविक पनि हो तातिनु पर्छ। चुनावको माहौल ताते तापनि दार्जीलिङ पहाड़को तीनवटा विधानसभा क्षेत्रहरू बाहेक बङालको अन्य विधानसभा क्षेत्रहरूमा उम्मेद्वारहरूको नामहरू प्रकाशमा आइहालेको चैं छैन। आधिकारिक तौरमा नभएपनि दार्जीलिङ पहाड़को तीनवटा सीटहरूमा स्वघोषित वा मिडियालाई उपयोग गरेर तर आफै सोझोरुपमा नआई मिडिया मार्फत उम्मेद्वारिताको नामहरू भटाभट भन्न लगाइरहेका छन्। यसमा मेरो कुनै विरोधिता छैन- सबैलाई अग्रिम शुभकामना! तर….यसपालीको चुनाव अघिल्ला चुनावहरूभन्दा अति नै भिन्न हुनेछ। मतदानको प्रक्रिया एउटै नै हो तर मतदान प्रक्रियाभित्र पसेर सत्ता हासिल गर्न वा जित्न वा अस्तित्व बचाउनमा जुन यसपल्ट राजनैतिक दाउपेज र चलखेल हुनेछ सो धेरै नै अलग किसिमको हुनेछ। यिनै दाउपेज र चलखेलभित्र हुने चुनावी राजनैतिक समिकरण पनि यसपल्ट असाधारण, अनौठो र अकल्पणीय हुनेछ जो गहिराइमा पुष्ट जानकारीको आधारमा चिन्तन अनि विश्लेषण गरिन्दा।

चुनावपूर्व हुने समिकरण र चुनाव अनि मतगणना भए पश्चातको समिकरण यसपाली वङालमा जुन देख्न पाइन्छ सायदै भारत देशको चुनावी इतिहासमा पहिलो पल्ट हुनेछ जस्तो मलाई भान भइरहेछ, जो मेरो नेटवर्कको आधारहरूमा प्राप्त भएको संकेतहरूलाई बुझ्दा। जे होस् चाखलाग्दो छ- २०२६ को बङाल चुनाव। अब कुरा गरौं दार्जीलिङ पहाड़को! चुनाव र उम्मेद्वारिता लिएर यति साह्रो उथुल-पुथुल र उताउलोपन देखाइरहेका छन् साथी भाइहरूले खोइ के भन्ने । साह्रै उताउलो भएको राम्रो होइन जस्तो लाग्छ मलाई – उताउलो गाई बाघले खाई – होला नी! साह्रै आशावादी अनि Ambitious हुनु पनि राम्रो होइन- पछि चुनावको समयको परिस्थितिलाई हेरेर पार्टीले अर्कोलाई टिकट दियो भने ? गठबन्धन दलहरूमाझ नै केही भयो भने? यहाँ त केही पनि हुनसक्छ। अहिले जति नामहरू चर्चामा आइरहेका छन् त्यसभन्दा अधिक नामहरू आउने दिनहरूमा प्रकाशमा आउलान् मलाई विश्वाश छ। नामहरू देखेर सुनेर चकित हुने दिन पनि आउला।

विशेष गरेर दार्जीलिङ पहाड़ तराई अनि डुवर्सका राजनैतिक दलहरूका हाम्रा गोर्खा नेतृत्वहरूलाई, इच्छुक उम्मेद्वारहरूलाई अनि सचेत युवा भाइ-बहिनीहरूलाई के भन्न चाहन्छु कि Fixture नै Out नभई अहिले नै मैदानमा अतालिएर नआउनुहोस् है – कोलकाता र दिल्लीतिरको भित्री खबर लिँदै गर्नुहोस् है। तीन थुम्कामा मात्रै मस्त भएर नबस्नुहोस्। गीत त अर्कै बज्ला जस्तो सुनिन्दैछ- गीत अनुसार हजुरहरूको नाच नमिल्ला है पछि। बङालमा कुनै पनि दिन केही पनि हुनसक्छ। यदि बङालमा कुनै ठूलो राजनैतिक घटना घटे वा राजनैतिक तुफान आए सो तुफानी हावा पानीले पतकर जस्तै हजुरहरूलाई उड़ाइदेला नी! ख्याल गर्नुहोस् है। फेरि पछि जनताले हजुरहरूलाई खोज्दा खोज्दा होला। दिल्ली कोलकतातिर हेर्दै गर्नुहोस्; खबर लिँदै गर्नुहोस् है – चुनावलाई लिएर अहिले नै साह्रै उत्ताउलो नगर्नुहोस्; अँ… तयारी भने गर्दै गर्नुहोस्! चुनावी तुफानमा परेर निखोज हुनुभन्दा, उतानो चित हुनुभन्दा बलियो खम्बालाई समातेर बसेको बेस होला हैन् र ???


Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ