The organizational meeting of Goramumo Sonada Pacheṅg Samaj was held
The organizational meeting of Goramumo Sonada Pacheṅg Samaj was held

गोरामुमो सोनादा पचेङ्ग समष्टिको सांङ्ठनिक सभा सम्पन्न

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा पचेङ्ग समष्टिको सभा आज निम्न सोनादा रमितेमा सम्पन्न भयो। समष्टि अध्यक्ष भुपेन गुरुङको अध्यक्षतामा सम्पन्न भएको सांङ्ठनिक सभालाई सह सचिव प्रणित थापाले सञ्चालन गरेका थिए। सभामा मुल सचिव किशोर थापा, प्रवक्ता रुस्तम छेत्री, समष्टि प्रतिनिधिबर्ग, भ्रातृ संगठनका प्रतिनिधिवर्गको उपस्थिति रहेको सभामा समष्टिको सांङ्ठनिक गतिविधि साथै राजनैतिक विषयमा व्यापक छलफल गरेका छन्। समष्टिलाई बलियो बनाउन हेतु सबैले अब तीब्र गतिमा कार्य गर्नु पर्ने सभाले प्रस्ताव पारित गरेका छन्। दिल्लीमा निभाउनु पर्ने भुमिका पार्टी अध्यक्ष अनि शीर्ष नेतृत्वबर्गले निभाइसकेका छन्। निरन्तर सम्पर्कमा रहेर गोर्खा जातिको न्यायको निम्ति कार्य भइरहेका छन्। अब हामीलेले जन सम्पर्क गरि जनतालाई सचेत गराउनु पर्छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सत्यको मार्गमा हिन्ने दल हो। संस्थापक अध्यक्ष सुवास घिसिङको सिद्धान्त अनि मार्ग दर्शनमा रहेर पार्टी अध्यक्ष मन घिसिङ, शीर्ष नेतृत्ववर्ग अनि कार्यकर्ता गोर्खा जातिको न्यायको निम्ति लडिरहेका छन्। गोरामुमोको टेक भारतको संविधानको प्रावधान अनुरुप जाति, माटो र संस्कृतिको सुरक्षा हुनु पर्छ भनेर भारत सरकारलाई बुझाउनु पर्ने राख्नु पर्ने जनाउनु पर्ने सबै कार्य गरिसकेका छन्। छैटौं अनुसूची भन्दा तलको ब्यवस्थालाई हामी स्वीकार गर्दैनौं भनी मुल सचिव किशोर थापाले आफ्नो सम्बोधन को क्रममा भने। भारत सरकारले अझै सम्म बोलेको छैन। यदि भारत सरकारले गोर्खाल्याण्ड दिन्छ भने त्यो भन्दा ठूलो अरु कुरा हुन सक्दैन। संस्थापक अध्यक्ष सुवास घिसिङले गोर्खाल्याण्ड सोझै नहुने देखे पछि छैटौं अनुसूचीलाई सीडी बनाएर आफ्नो लक्ष्यमा पुग्ने रणनीति तय गरेका थिए। तर यहाँ पहाडमा नेताहरु बुद्धिजीवीवर्गले बुझेन र आज हामी जीटीए जस्तो अंसवैधानिक ब्यवस्थामा भुलिनु पर्‍यो। आज जीटीए जस्तो ब्यवस्थाले गर्दा गोर्खा जाति लथालिङ्ग भएको छ। मौका छ सबै एक भएर गोर्खा जातिलाई भारतको संविधानको प्रावधान अनुरुप न्याय दिलाउनु पर्छ भनी समष्टि प्रवक्ता रुस्तम छेत्रीले आफ्नो सम्बोधनमा बताएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ