The dirty road leading to the Sinji Syaprung area will now be paved.
The dirty road leading to the Sinji Syaprung area will now be paved.

सिञ्जी स्याप्रुङ क्षेत्रमा जाने कच्ची सडक अब पक्की बनिने

Share this news

समालबोङ ग्राम पञ्चायत अन्तर्गत सिञ्जी स्याप्रुङ क्षेत्रमा जाने कच्ची सडक अब पक्की बनिने भएको छ। धेरै वर्षदेखि उक्त सडक पक्की होस् भन्ने स्थानीय बासिन्दाहरूको सपना आजदेखि पूरा भएको छ। पेम्बा गोलाईदेखि सिञ्जी गैरी गाउँ हुँदै स्याप्रुङसम्म पुग्ने तीन किलोमिटरभन्दा अधिकको सडक निर्माण हेतु आज विधायक रूदेन सादा लेप्चाको बाहुलीबाट शिलान्यास गरियो। यसअवधि समालबोङ ग्राम पञ्चायत प्रधान मञ्जु तामाङ, उप प्रधान रेन काल्देन लेप्चा, शाखा अध्यक्ष एनबी तामाङ, सुन्दर लामा, किरण मगर, परीक्षित शर्मा, जय भूजेल, टीआर शर्मा लगायत पार्टीका साथै निर्वाचित प्रतिनिधिहरू एवम् गाउँवासीहरूको व्यापक रूपमा उपस्थितिले कार्यक्रममा पक्की बाटो निर्माण हेतु राखिएको शिलान्यास कार्यक्रमको साक्षी बनायो।। यसरी अब स्याप्रुङ, गैरी गाउँ सिञ्जीको बाटोको समस्या समाधान हुनुले स्थानीयहरूसँग विगतका दिएका वाचाहरू पूरा गर्न सकेको हर्ष अनुभव पनि गरेको समष्टि सभासद हेमन्त थुलुङले बताएका छन्। उनले अझ धेरै कामकुराहरू समष्टिवासीको पक्षमा गरिलानु छ। यसरी सिञ्जी स्याप्रुङ क्षेत्रमा पक्की सडक निर्माण हेतु साथ दिनुहुने जीटीएका मुख्य कार्यपाल अनित थापा साथै यस कार्यलाई साकार रूप दिन साथै महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विधायक एवम् समष्टि अध्यक्ष रूदेन सादा लेप्चाप्रति हार्दिक धन्यवाद एवम् आभार प्रकट गरे। समष्टिका छ वटा ग्राम पञ्चायतहरूमा विकासमूलक कार्यहरू भइरहेको छ, हुन्छ अनि अझै धेरै हुनेवाला छ भन्दै सभासद थुलुङले क्रमिक रूपमा नै यसरी कार्य गरिरहेका बताए। विशेषगरी विधायक एवम् समष्टि अध्यक्ष रूदेन सादा लेप्चाको कुशल नेतृत्वमा साथै पार्टीका, पञ्चायत अनि समितिका सदस्यहरू सबैको एकजुटतामा हामीले समष्टिका विभिन्न गाउँ बस्तीहरू विकासमूलक कार्यहरू गर्नमा पछि परेका छैनौँ। धेरै ठाउँहरूमा अझै काम गर्न बाँकी छ, जसको निम्ति हाम्रो तयारी लगातार रूपमा रहेको छ। समालबोङ ग्राम पञ्चायतमा स्याप्रुङसँगै लवर समालबोङमा पनि यसपटक पक्की सडक बनिने खुशीको खबर छ। यसरी हामी जिम्मेवारीमा रहँदा आम मानिसहरूको पक्षमा कार्य गर्न पाउँदा अत्यन्त हर्ष लागेको सभासद हेमन्त थुलुङले बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ