प्रजातान्त्रिक मोर्चाद्वारा टिस्टा शिक्षा सम्मान सम्पन्न

Share this news

टिस्टा, 1 अगस्त (निसं): वर्ष 2025 मा दशौँ र बाह्रौँ श्रेणीमा विभिन्न वोर्ड परिक्षाहरूमा मेधावी अंक लिएर  साथ पहिलो दर्जामा उतीर्ण भएका 40 जना विद्यार्थीवर्गलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टिस्टा शाखाद्वारा सम्मान जनाइएको जानकारी टिस्टाका विशाल राईले दिएका छन् । राईले दिएको जानकारी अनुसार, सम्मानित विद्यार्थीहरूलाई पार्टीको पक्षबाट सम्मान पत्रको साथमा पुस्तक पनि दिइएको थियो। टिस्टा बजार सार्वजनिक भवनमा सम्पन्न गरिएको यस कार्यक्रममा मुख्य अतिथि कालेबुङका विधायक रूदेन सादा लेप्चा थिए भने विशेष अतिथिको आसनमा  क्षेत्रीय सभासद मणिप्रसाद राई , कार्यक्रम सभापति टिस्टा ग्राम पञ्चायत उप-प्रधान सोङमित लेप्चा , कार्यकारी अभियन्ता संतोष राई ,योगिता छेत्री, शाखा सभापति अनुप प्रधान ,  अशोक थापा , सुरज छेत्री , सुभम रौनियार आदिको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा टिस्टा क्षेत्रका 20 भन्दा बढी संघ-संस्थाहरू , विभिन्न विद्यालयका प्रतिनिधिवर्ग , विद्यार्थीवर्ग साथै अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोर्ड् परिक्षामा नेपाली विषयमा सर्वश्रेष्ठ अंक हासिल गर्ने टिस्टा ब्रीज उच्चतर माध्यमिक विद्यालयका स्नेह गुरूङ र माउण्ट हर्मन स्कूलका योहन्ना लेप्चालाई सम्वर्द्धना जनाइयो । भर्खरै टिस्टाबाट एमबीबीएस उतीर्ण गरेर डाक्टर बनेका नर्बु छिरिङ डुक्पालाई पनि विशेष सम्वर्द्धना दिइयो । क्षेत्रकै टिस्टा ब्रीज उच्चतर माध्यमिक विद्यालयमा अध्ययन गरेर एमबीबीएसको परीक्षा उतीर्ण गरेका नर्बु डुक्पालाई विधायक रूदेन सादा लेप्चाको बाहुलीबाट दोसल्ला, नेपाली टोपी , पुस्तक , सम्मान पत्र दिएर सम्मान दिइयो । कार्यक्रममा कालेबुङ एम.जे. डान्स एकाडेमी , निश्चिन्त घतानी , आलोक गुरूङ आदिले नृत्य , गीत प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए। विगत दिनको टिस्टा भलबाढीले टिस्टा जन खेलमैदान डुबान गरेपछि वर्षेनी आयोजना गरिने विद्यार्थी सम्मान विगत दुई वर्षदिखि ठप्प रहेको थियो । यसैले यस कार्यक्रमलाई यसरी वृहत रूपमा गरिनुको अर्थ भावी विद्यार्थीहरूलाई हौसलासँगै उनीहरूको मेहनतलाई प्रशंसा गरिएको समिति संयोजक विशाल राईले बताएका छन् । संगठनले शिक्षा र विद्यार्थीवर्गलाई लिएर भावी दिनमा यस्तै कार्यक्रम निरन्तर गरिरहने पनि तिनले बताए । राईले टिस्टाले बाढको रूपमा मात्र होइन् तर शिक्षा, ऐतिहासिता , सांस्कृतिक थलोको रूपमा चिन्हारी दिएको थप बताए ।  विधायक रूदेन सादा लेप्चाले टिस्टा शिक्षा सम्मानले समाज , क्षेत्रमा राम्रो सन्देश दिएको भन्दै शिक्षामा अभिभावकवर्ग र सचेत तप्काले हरसम्भव लगानी र सहयोग गरे जाति , क्षेत्र र समाजको स्वत विकाश भएर जाने कुरामा जोड दिए । सुरेन लोहारले सञ्चालन गरेको कार्यक्रममा डीआइ फण्ड पार्टी संयोजक शरण छेत्रीले स्वागत सम्भाषण राखेका थिए ।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ