शिक्षक संगठनद्वारा एसआई अनि एआई-लाई विदाई

Share this news

पेशोक, 14 जुलाई (निसं): रंगली-रंगलीयट सर्कल अधिनस्थ रहेका हिल तराई प्राथमिक शिक्षक संगठनद्वारा आरआर सर्कल ईन्सपेकटर स्कूल-का लेजिना ठकुरी अनि एआई दिछेन वाईबालाई एक कार्यक्रमवीच विदाई दिइयो। पेशोक चियाबारीको गुम्बा डाँडामास्थित एक कटेज-मा आयोजित कार्यक्रममा सम्पन्न उक्त विदाई कार्यक्रम अवधि उपस्थित कार्यक्रमका मुख्य अतिथि एआई तृषा लामा रहेका थिए। शिक्षक शरद राईले संचालन गरिएको कार्यक्रममा संगठनका सभापति राजेध थापा, सचिव दीपेन्द्र राई अनि पाठ्शाला बोर्ड्का सदस्य श्याम योञ्जन लगायत सर्कल भित्रका पाठ्शालाहरुलाई प्रतिनिधित्व गरेर आएका प्रधान शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको कार्यक्रममा विशेष विदायी एस आई लेजिना ठकुरी अनि एआई दिछेन वाईबालाई संगठनको तर्फ बाट स्मरण स्वरुप खदा, अंग वस्त्र अनि सम्मान-पत्रद्वारा सम्मान जनाइयो भने पेशोक चियाबारीको स्मरण ताजा बनाउन हेतु चियापत्तीको प्याकेट पनि प्रदान गरियो।गत 2021 सालको 9 फरवरीको दिन एसआई स्कूलको पदमा आएकी लेजिना ठकुरी अनि एक अक्टोबर 2017 मा एआई बनेर आएकी दिछेन वाईबाले आरआर सर्कल क्षेत्रमा शैक्षिक क्षेत्रमा धेरै कार्य गरेका थिए भने विद्यालय अनि बिभाग संग राम्रो तालमेल राखेर कार्य गरिएको बताउदै संगठन द्वारा सम्मान स्वरुप विदाई कार्यक्रम आयोजना गरेर सम्मान स्वरुप विदाई दिइएको आयोजक समिति हिल तराई प्राथमिक शिक्षक संगठन रंगली रंगलीयट खण्डका सचिव दिपेन्द्र राईले जनाएका छन् ।आफ्नो विदाई  सम्बोधनमा आफुले गरेका कार्यहरुमा आफुले राम्रो गरेको आभाष संगै स्थान्तरणको खबरले आफू दुखी भए तापनि जहाँ गए नि राम्रो तालमेल संग कार्य गर्ने विदायी एस आई ठकुरीले बताइन् भने नयाँ नियुक्ति भएर आएका एसआई रमन दासले आफूले कार्यभार सम्भालेको दुई महिना भए तापनि यहाँको वातावरण संगै संगठन ,शिक्षक,शिक्षिकाहरु धेरै शिष्टचारी एवं अनुशासित रहेको बताए।
 विदाई कार्यक्रमलाई अन्य अतिथिहरिले पनि सम्बोधन गरे । आरआर सर्कलबाट विदाई भए तापनि उनीहरु अन्यत्र कतै सरुवा बनेको कार्यक्रम संचालक शिक्षक शरद राईले बताउदै आर आर खण्ड्का हिल तराई प्राथमिक शिक्षक संगठनले उनीहरुको सुस्वास्थ्य एवं दिर्घायुको कामना गरिरहने प्रतिबद्धतालाई दोहोर्‍याए। दोस्रो चरणको कार्यक्रममा शिक्षक शिक्षिकावर्गको लागि मनोरञ्जनात्मक कार्यक्रममा गीतहरु गाएर रमाईलो गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ