मङ्पूका फिल्म डाइरेक्टर सुजन लम्जेलको अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता

Share this news

मङ्पूका प्रतिभाशाली फिल्म निर्देशक सुजन लम्जेलले आफ्नो छोटो फिल्म “Dokoko Chahari (In the Shadow of the Bamboo Basket)” मार्फत, गान्तोकमा आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रथम पुरस्कारसहित तीन लाख रुपैयाँ नगद जित्दै उल्लेखनीय सफलता हासिल गरेका छन्। यस उपलब्धिले मङ्पूलाई मात्र होइन, सम्पूर्ण क्षेत्रलाई नै गर्वको अनुभूति गराएको छ। भारतमा आधारित एक स्वतन्त्र फिल्ममेकरका रूपमा सुजन लम्जेलले Mass Communication and Journalism मा अध्ययन गरेका छन् र सन् २०१६ देखि सक्रिय रूपमा फिल्म निर्माणमा संलग्न छन्। उनले आफ्ना फिल्ममार्फत समाजका पछाडि पारिएका समुदायका सामाजिक तथा सांस्कृतिक विषयहरूलाई उजागर गर्दै सशक्त कथावाचन प्रस्तुत गर्दै आएका छन्।

स्वतन्त्र परियोजनासँगै उनले Chief Assistant Director का रूपमा आठवटा फिचर फिल्म तथा थुप्रै छोटा फिल्महरूमा अनुभव बटुलेका छन्। साथै Dettol, Aashirvaad Salt, Red Label, Aquaguard, Federal Bank, ICICI Lombard जस्ता चर्चित ब्रान्डहरूसँग १५ भन्दा बढी विज्ञापनमा पनि सहकार्य गरेका छन्। सन् २०२३ मा , मुम्बईमा बौद्धयान मुखर्जी अनि मोनालिसा मुखर्जीको मार्गदर्शनमा आफ्नो सीप अझ परिष्कृत गरेका थिए। उक्त अनुभवले उनको कथावाचन शैलीलाई अझ गहिरो र प्रभावकारी बनाएको छ।

सन् २०२५ मा उनले आफ्नै प्रोडक्सन हाउस अन्तर्गत आफ्नो पहिलो छोटो फिल्म “In the Shadow of the Bamboo Basket” निर्माण गरेका हुन्, जसले अहिले विभिन्न फिल्म महोत्सवहरूमा सहभागिता जनाइरहेको छ। दार्जीलिङका चियाबगानको परिवेशमा आधारित यो फिल्मले पुस्तौँदेखिको गरिबीको कथा प्रस्तुत गर्दछ।

उनका प्रमुख कामहरूमा “Dokoko Chahari” (2025), “A Day in Mumbai” (2024), “The Menstrual Revolution” (2019), “The Forgotten Heritage” (2018) र “Nauratha, a Tale of Nine Days” (2017) समावेश छन्। सुजन लम्जेल मङ्पूको मात्र होइन, सम्पूर्ण गोर्खा समाजका लागि प्रेरणाका स्रोत हुन् भने एक साँचो गौरव, एक उज्यालो नक्षत्र भएको दावी गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ