आईजीजेएफको सस्पेनले विधान सभा चुनाउ प्रचारको रौनकतामा कमी

Share this news

खरसाङ,  (निसं) भारतीय गोर्खा प्राजान्त्रिक मोर्चा (भागोप्रमो) उम्मेद्वार अमर लामाले खरसाङ्मा चुनाउ प्रचार गरिरहेका छन्‌‍। यस्तै चुनाउ प्रचार भागोप्रमोको दार्जीलिङ विधानसभा समष्टि अनि कालेबुङ विधानसभा समष्टिका उम्मेद्वारहरूले गरिरहेका छन्‌‍। भागोप्रमो केन्द्रीय समिति अध्यक्ष अनित थापाले पनि आफ्नो पार्टीको उम्मेद्वारहरूको पक्षमा विभिन्न स्थानमा पुगेर विभिन्न स्तरका पार्टी नेतृत्व र कार्यकर्ताहरूलाई सक्रिय रहेर काम गर्ने अपिल गरिरहेका छन्‌‍। पार्टीले विभिन्न स्तरमा बुथ कमिटीहरू गठन गरिरहेको छ। भारतीय जानता पार्टी (भाजपा) उम्मेद्वारहरूको नामको घोषणा गरेपछि भाजपा उम्मेद्वारहरूले पनि विभिन्न स्थानको दौढ़ाह गरेर चुनाउ प्रचार गरिरहेका छन्‌‍। वर्तमानमा भागोप्रमो, भाजपा दुवै पार्टीका उम्मेद्वारहरू व्यस्त देखिएका छन्‌‍। तथापि इण्डियन गोर्खा जनशक्ति फ्रण्टले अहिलेसम्म उम्मेद्वार घोषणाको क्रमलाई सस्पेन राखेपछि विधानसभा चुनाउ रौनकताहिन भए जस्तो देखिन्दैछ।

इण्डियन गोर्खा जनशक्ति फ्रण्टेले कुनै उम्मेद्वारलाई समर्थन जनाउने हो अथवा आफ्नै उम्मेद्वार खड़ा गर्ने हो भन्ने कौतुहलता जनतामा छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले नो भाजपा, नो तृणमूल कंग्रेस, नो कंग्रेस भनिरहेको छ। यसका नेतृत्वहरूले जनताले चाहेको, जनताको काम गर्न उम्मेद्वार पार्टीले दिनेछ भनिरहेकाले यो पार्टीले आफ्नो उम्मेद्वार विधानसभा चुनाउमा उतार्ने निश्चित देखिएको छ। पार्टीले आगामी 29 मार्चको दिन उम्मेद्वारहरूको घोषणा गर्न सक्ने पनि कतिपय पार्टी नेतृत्वहरूले बताएका छन्‌‍। तथापि चुनाउमा सहयोगको निम्ति भाजपाले इण्डियन गोर्खा जनशक्ति फ्रण्टसित कुरा गरिरहेको खबरहरू पनि प्रकाशमा आइरहेको छ। अधिवक्ता बन्दना राई खरसाङबाट इण्डियन गोर्खा जनशक्ति फ्रण्टका उम्मेद्वार हुने चर्चाहरू पनि अहिले चलिरहेको छ।

इण्डियन गोर्खा जनशक्ति फ्रण्टले अहिलेसम्म आफ्नो निर्णय नगरेकोले आगामी विधानसभा चुनाउमा कसको पक्ष भारी हुने हो भनेर अड़कलबाजी गर्न समेत गाह्रो भइरहेको छ। राजनीतिमा चासो राख्ने कतिपय मानिसहरूले भाजपा गठबन्धनलाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको सहयोग प्राप्त भएको खण्डमा भाजपा उम्मेद्वरले चुनाउ जित्ने बताइरहेका छन्‌‍। कतिपय मानिसहरू वर्तमानमा भागोप्रमोको सांगठनिक शक्ति बलियो रहेको र 2017 लाई पहाड़का मानिसहरूले भुलिसकेको, पहाड़का मानिसहरू विकासको पक्षमा हरेकोले यो पल्टको विधानसभा चुनाउ भागोप्रमो उम्मेद्वरले जित्न बताइरहेका छन्‌‍। कतिपय मानिसहरू यस पल्ट भाजपाको टिकट वितरणमा भएको पार्टी भित्र अनि गठबन्धनमा रहेको असन्तुष्टीको कारण भाजपालाई चुनाउ जित्न गाह्रो पर्ने बताएका छन्‌‍। कतिपय मानिसहरू भागोप्रमो तृणमूल कंग्रेससित गठबन्धनमा रहेको र यसले तृणमूल कंग्रेस विरुद्धको लहर पहाड़मा रहेकोले जनताले भाजपालाई भोट हाल्ने पनि बताइरहेका छन्‌‍।

राजनीतिमा चासो राख्ने मानिसहरू अनि जनसाधरणको यस प्रकारको मिश्रित प्रतिक्रिया रहेको भए तापनि इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आगामी दिनमा लिने निर्णय, प्रभावशाली व्यक्तिहरू निर्दलीय उम्मेद्वारमा चुनाउमा उत्रने कार्यले आगामी विधानसभा चुनाउको निर्णयलाई फरक पर्ने निश्चित देखिएको छ। यो विधानसभा चुनाउमा विकासको मुद्दा हावी हुने सम्भावना देखिएको छ भने यसको अतिरिक्त भ्रष्टचार, भाईभतिजावाद, वेरोजगार, सरकारी सम्पति बिक्री अथवा लिज जस्ता मुद्दाहरूले पनि महत्व पाउने देखिएको छ। चुनाउ घोषणा हुन अघि केन्द्र सरकारले पहाड़, तराई, डुवर्सको समस्या समाधानको निम्ति भनेर नियुक्त गरेको इन्टरलोक्युटर पनि भाजपाको एउटा मुद्दा बन्न सक्छ। तथापि इन्टरलोक्युटरको नियुक्त प्रक्रिया, इन्टरलोक्युटरको आगमना, इन्यरलोक्युटरद्वारा विभिन्न राजनीतिक दल अनि सङ्घ-संस्थाका नेतत्वहरूसितको भेटघाटको प्रक्रियाले इन्टरलोक्युटरको मुद्दामाथि जनताको त्यस्तो चासो नरहला कि भन्ने शंकाहरू पनि उप्तपन्न भइरहेको छ।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ