सुरेश कुमार छेत्री 2025 को अगमसिंह पुरस्कारद्वारा अलङ्कृत

Share this news

गीत-सङ्गीतका साधक सुरेश कुमार छेत्रीलाई 2025 को अगमसिंह पुरस्कारद्वारा अलङ्करण गरिएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना-संस्कृति विभागद्वारा अगमसिंह गिरी जयन्तीको उपलक्ष्यमा गिरी पुरस्कारसङ्गै अन्य पुरस्कारहरूद्वारा पनि अलङ्कर गरिन्छ। यहीक्रममा सुरेश कुमार छेत्रीलाई उक्त पुरस्कारद्वारा अलङ्करण गरिएको हो। यसमा नगद एकलाख रुपियाँ, सम्बर्द्धना-पत्र, मायाको चिनोलगायत अङ्गवस्त्र अनि शिरशोभा रहेको थियो। सुरेश कुमार छेत्री गीत-सङ्गीतका साधक मात्र नभएर पुस्तक लेखक, चित्रकार अनि समाजसेवी पनि हुन्।

उनले भारतीय गोर्खा समाजलाई आफ्नो कलाको माध्यमबाट दिएको योगदानको लागि उक्त पुरस्कारद्वारा अलङ्करण गरिएको हो। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना-संस्कृति विभागका सभासद अनोश थापाद्वारा अध्यक्षता गरिएको समारोहमा जीटीएसभाका प्रमुख अञ्जुल चौहान प्रमुख अतिथि थिए। विशिष्ट अतिथिहरूमा सङ्गीतकार कर्म योञ्जन, साहित्यकार डा. गोकुल सिन्हा, डा. जस योञ्जन “प्यासी” सभासदहरू कल्पना प्रधान, रतन थापा, परेश तिर्कीलगायत गोर्खा समाजका गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना-संस्कृति विभागद्वारा गोर्खा समाज र देशलाई उँभो लाउने विभिन्न क्षेत्रका प्रतिभाहरूलाई पुरस्कारहरूद्वारा पनि अलङ्करण गर्दै आइरहेको छ। यसक्रममा इन्द्रजीत मिजारलाई 27 दिसम्बरमा नै अलङ्करण गरिसकेको थियो। गत आइतबार क्रमशः सिलगढी नजीक सालबारीको मेथीबारीमा अवस्थित चेली-माइती सामुदायिक भवनमा आयोजित समारोहमा यो वर्ष साहित्यकार समशेर अली, राजु प्रधान “हिमांशु”लगायत मन्त्र ब्यान्डलाई अलङ्करण गरेको थियो।

उक्त कार्यक्रममा गायक इन्द्रजीत मिजारलगायत गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना-संस्कृति विभाग, खरसाङका कलाकारहरूद्वारा गीतहरू प्रस्तुत गरिएको थियो। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना-संस्कृति विभाग, दार्जीलिङका संयुक्त निर्देशक बिमल राई अनि सबिना गिरीले कार्यक्रमको सञ्चालन गरेको समारोहको प्रारम्भमा दिवङ्गत प्रशान्त तामाङको चिर आत्मिक शान्तिको लागि दुइ मिनटको शोक पारलन गरिएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ