नारी हस्ताक्षर सुमित्रा अविरल मातृ शोकमा 

Share this news

दार्जीलिङ, 30 नोभेम्बर (निस): नारी  हस्ताक्षर सुमित्रा अविरल मातृ शोकमा परेकी छन्।67 वर्षीय शोभा थामी नारीहरूका उत्साह र प्रेरणाका उदाहरण हुन् ।  अत्यन्त दुःखको साथ यस समाचारलाई साझा गर्न गरिरहेछौं कि सामाजिक कार्यकर्ता साथै विविध विधाका एक कर्मठ नारी सदस्य स्थानीय तल्लो तुङसुङ बस्ती,  हर्ली गाउँ निवासी 67 वर्षीय शोभा थामीको सिलगढीको एक नरसिंह होममा उपचारको क्रममा 28 नोभेम्बरको दिन  दिउँसो आकस्मिक निधन भयो। जसले आफ्नो जातिको संस्कृति, संस्कार र जातिय गतिविधिहरूमाथि आफू सधैँ सचेत र सजग रहेर अघि बड़ेर केही न केही गरिरहन्थे। उनी यस्ता साहसिक महिला हुन् जसले एक शिक्षित निरूत्साहित रहेर लाचार बनेका निष्क्रिय व्यक्तिले भन्दा शोभा थामीले ठूलो कार्यहरू उनले गरिसकेको क्षेत्रवासी बताउँछन्।
जसले हाम्रो समाजलाई गीति एल्बमदेखि थामी भाषा सिक्न चाहने इच्छुक मानिसहरूले सहज अनि सरल भाषामा एउटा गत्तिलो कृतिलाई जन्म दिएकी थिइन्। दार्जीलिङको तल्लो तुङसुङ बस्ती, हली गाउँ निवासी मानवीर थामी अनि धनमाया थामीको कोखबाट जन्म ग्रहण गरेकी शोभा थामीले परिवारको जेठी छोरीको रूपमा जन्म लिएकी हुन्।
 गाउँ विकासको निम्ति सबै नारीहरू मिलेर विगत 7 जुलाई १९८७-८९ सालमा तल्लो तुङसुङमा ‘लोअर तुङसुङ गाउँ सुधार नारी समिति’-को स्थापना गरेपछि उनलाई नारी समूहले अध्यक्षको पदभार सम्हालेका पनि थिए।
ग्त 2002 सालमा आफ्नै निर्माणमा थामी जातिका बाह्र देवी-देवताहरूका स्तुतिलाई लट्टे थामी झाँक्रीद्वारा प्रस्तुत गरिएको स्तुतिमाथि आधारित एल्बम अनि ८ वटा थामी भाषाका गीतहरू संलग्न गरिएको गीति एल्बम ‘निको आमाको आशिष-यी दुई एल्बम-लाई एकैसाथ सार्वजनिक गरेकी थिइन्। यसै समय निको देवाको पालाके-थामी स्तुतिको एल्बम पनि सार्वजनिक गरेकी थिइन्। उनको यस्तै जाँगरिला क्रियाकलापकै कारण उनलाई ‘थ्रीफ्ट एण्ड क्रेडिट सोसाइटी’ 2000 सालमा उनले अध्यक्षको पदभार सम्हालेका पनि थिए।‘थामी वेलफेयर एसोसिएसन दार्जीलिमा 2002 सालदेखि 2004 अनि 2005 सालदेखि 2010 सालसम्म उपाध्यक्षारूपमा काम गरिसकेकी थिइन्। यसबाहेक उनले थामी जातिको निम्ति निकै वर्ष खर्चेर अथक परिश्रम गरेर गत 2013 सालमा थामी कुराकानी, ‘थाङमी वाखे खाम’ कृतिलाई प्रकाशमा ल्याउन सक्षम बनेकी थिइन्। जुन कार्यलाई थामी जातिको इतिहासमा एउटा छुट्टै स्थान दिन सकिने कार्य उनले गरेकी छन्। यस कृतिमा थामी भाषाका बोलचाली भाषालाई नेपाली अनि अंग्रेजी भाषामा अनुवादन गरेर समावेश गरिएको हुनाले यस कृतिको छुट्टै महत्त्व रहेको पाइन्छ। जसलाई थामी जातिले सहज अनि सरलरूपमा अभ्यास गर्नसक्ने छन्। उनको यस्ता महत् कार्यलाई हो मा होस्टे दिएर उनका घर परिवारका सम्पूर्ण छोरा-छोरीहरू क्रमैले सुमित्रा अविरल जो एक वरिष्ठ साहित्यकार हुन्, विकास थामी, विराज थामी अनि सरिता थामीले पनि प्रकाशन व्यवस्थामा साथ दिएर आफ्ना आमाको हौसला बड़ाउने कार्य गरेका छन्।

शोभा थामी

184१) पृष्ठको यस पुस्तकले थामी जातिलाई अवश्य नै साथ र सहयोग दिनेछन् भन्ने मान्न सकिन्छ। यस कृतिभित्र दार्जीलिङका वरिष्ठ सर्जकवर्गद्वारा प्रेरणास्वरूप मनोभावहरू लेखिएका छन्। यसबाहेक उनले थामी भाषामा आधारित कृतिहरू‘बारादेव पालाखे गुरू, वाचिन्टे ङ्योड़ि सुम्चिप सुमदाङको देवकाई पुडासा, ठोल्सा, षुतिषा पालाखे-लाई पाठकसमक्ष ल्याइसकेकी छन् यसको साथै । गीति एल्बमहरु निको देवाको पालाखे, निको आमाको आशिष श्रोता समक्ष सार्वजनिक गरिसकेकी छन्। स्व. थामीले आफूपछि आफ्ना छोरा, बुहारी, छोरी, ज्वाँई, नाता, नातिनीलगायत परिवारलाई छोडे़र गएकी छन्। उनको आकस्मिक निधनमा गहिरो शोक प्रकट गर्दै चिर आत्मा शान्तिको निम्ति ईश्वरसँग कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौं। उनकी निधनमा गहिरो शोक प्रकट गर्दै वसुधा भारतीय नेपाली नारी लेखिका मञ्च, वरदान सम्मान समूह, संकल्प प्रोडक्सनद्वारा स्व. थामीको चिर आत्मा शान्तिको कामना स्वरसँग गर्दै शोकित परिवारमा समवेदना प्रकट गरेका छन् भनी पत्रकार सबिता संकल्पले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ