कप्तान सुरज शर्मा पथ सुधपा टोलमा क्षतिग्रस्त

Share this news

खरसाङ, (निसं)ः खरसाङ्को टुरिष्ट लजबाट उत्तर तर्फ ओह्रालो लाग्ने कप्तान सुरज शर्मा पथ (बाईपास रोड) सुधपा टोलमा मन्टभियटको चौरस्ता नजिक क्षतिग्रस्त बनेको छ। बिहीवार दिनभरी अनि राति भएको लगतार वर्षाको कारण यहाँको झोड़ामा लगतार बगेको भलको कारण यो सड़क मुन रहेको कल्भर्टको देवाल भत्किएर अनि जमिन काटिएर सड़क क्षतिग्रस्त बनेको हो। रोड मुनि रहेको कलभर्टको देवाल अनि माटो भलले बगाएको हुँनाले सड़क मुनिको भाग खोक्रो बनेको छ। रोड मुनिको जमिन खोक्रो बनेकोले सड़कमा भ्वाङ परेको छ भने ठाउँ-ठाउँमा सड़क दबिएको अवस्थामा रहेको छ। यो सड़क अनि झोड़ाको दाहिने-देब्रे दुवै स्थानमा घर-बिल्डिङ रहेकोले सड़क मुनिको जमिन भलले अझ काटेर सड़क घरको सुरक्षा देवाल भत्किएको खण्डमा यहाँको दुई बल्डिङलाई पनि खतरा हुने सम्भावना देखिएको छ। स्थानीय कतिपय मानिसहरूले बताए अनुसार यहाँ रहेको झोड़ाको सुरक्ष देवाल अघिबाट नै भलले भत्काएको थियो। झोड़ाको देवाल भत्किन्दै सड़क मुनको कलभर्टको देवालसम्म भत्काएर सड़क मुनको माटो भलले काटिदिएपछि यो जोखिम उत्पन्न भएको हो। यहाँको सड़क क्षतिग्रस्त बनेकोले प्रशासनले यहाँबाट यान-वाहनको आउजाउमा रोक लगाएको छ। सड़क क्षतिग्रस्त भएको खबर पाएपछि पुलिस प्रशासनका अधिकारीहरू, 28 नम्बर चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पा, खरसाङ अभियान्त्रिकी विभागका अभियन्ताहरूले यहाँको भ्रमण गरेर क्षतिग्रस्त सड़कको रिपोर्ट लिएका छन्‌‍। सभासद्‌‍ श्याम शेर्पाले सड़कको मरमति चाँड़ै आरम्भ गर्ने बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ