सुब्रोतो कप अण्डर-17 खेल्न पङ्खाबारी स्कूलका छात्राहरू अलिपूरद्वार प्रस्थान

Share this news

पङ्खाबारी,2 जुलाई (निसं)ः डिस्ट्रिक काउन्सिल फर स्कूल्स गेम्स एण्ड स्पोर्ट्स, पश्‍चिम बंगालको आयोजनमा सम्पन्न हुन गइरहेका इन्टर स्कूल क्लस्टर लेबल प्रि सुब्रोतो कप फूटबल प्रतियोगिता 2025, आलीपुरद्वारको सन्तालपुर मिशन हाइ स्कूलको खेल मैदानमा अण्डर 17 खेल खेल्न पङ्खाबारी उच्चतर माध्यमिक विद्यालयका छात्राहरु बुधवार बिहान विद्यालयका दल प्रबन्धक शिक्षक हेमन्त थापा, टीम कोच शिक्षक विशाल तामाङ सहित विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै शिक्षिका सुमित्रा रावत प्रस्थान गरे। तिनीहरूलाई विद्यालयका शिक्षक प्रभारी देवेन गजमेर, सह शिक्षक सुबोद लामा, सह शिक्षक प्रनित राणा लगायत राइजिङ इग्लिस स्कूल,गाडीधुराका निर्देशक अनुप रामुदामु, गाडीधुरा निवासी सुवास छेत्री, विद्यालय व्यवस्थापन समिति सदस्य कुनाल छेत्री सहित भूतपूर्व विद्यार्थी मिना विश्‍वकर्मले सफलताको शुभकामना अनि आर्शिवाद दिए। हालसम्म पङ्खाबारी उच्चतर माध्यमिक विद्यालयले खेलसँगै माध्यमिक तथा उच्च माध्यमिक परीक्षाहरूमा पनि अवल स्थान ओगट्न सफल बनेका छन् भनि शिक्षक प्रभारीले जानकारी दिएका छन् भने यी विद्यार्थीहरुका सार्वगिङ्ग विकासमा कुनै बाँकी छोडन नहुने विद्यालयका सम्पूर्ण शिक्षण अनि अशिकक्षण कर्मचारीप्रति आभार व्यक्त गरेका छन् । यस अवधि शिक्षक प्रभारी देवेन गजमेरले आज हाम्रा यी विद्यार्थीहरूका अतिरिक्त खेल विधाहरुमा जीटीए प्रमुख कार्यपाल अनित थापा साथै विद्यालयकी पूर्व प्रधान अध्यापिका, विद्यालय व्यावस्थानपन समिति अध्यक्ष साथै जीटीए कार्यकारी सभासद कल्पना प्रधानद्वारा सदैव मार्गदर्शकका अहम् भूमिका निर्वाह गरिदिएकोमा सम्पूर्ण विद्यालय परिवार अनि विद्यार्थीहरूको पक्षबाट आभार व्यक्त गरे। डिस्ट्रिक काउन्सिल फर स्कूल गेम्स एण्ड स्पोर्ट्स, पश्‍चिम बंगाल सरकारको आयोजनमा सम्पन्न हुन गइरहेको यस अन्तर विद्यालय क्लस्टर लेबल प्रि सुब्रोतो कप फूटबल प्रतियोगिता 2025 को अघिल्लो खेल खेल्नको निम्ति विशेष जानकारी गराउँन विद्यालयका छात्राहरूसँग विद्यालयका परिवारहरू मंगलवार पिन्टेल भिलेजमा जीटीए प्रमुख अनित थापासँग भेट गर्न तथा उनीबाट आशिर्वाद लिन गएका थिए। त्यसै समय थापाले यस खेलको निम्ति विद्यालयका खेलाड़ीहरूलाई सहयोग गर्ने वचन दिँदै सहयोग प्रदान गरेका थिए भन्दै उनको यस सहयोगप्रति विद्यालयको पक्षबाट अझ आभार व्यक्त गरेका छन् । त्यसरीनै विद्यालय निर्माणदेखि लिएर अन्य सबै क्षेत्रमा सभासद् कल्पना प्रधान अनि जीटीए प्रमुखले धेरै सहयोग पुर्‍याएको जनाउँदै गजमेरले उनीहरूलाई धन्यवाद दिएका छन् भनि विद्यालयका सह शिक्षक सुबोद लामाले जानकारी दिइका छन् ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ