जीटीए स्तरीय प्रश्नोत्तरी प्रतियोगिताका विद्यार्थीहरूलाई सम्मान

Share this news

बिजनबारी, 21 नोभेम्बर(निसं): आज पुल बिजनबारी क्षेत्रीय कार्यालयको प्रेक्षागृहमा कार्यालयको पक्षबाट जीटीए स्तरीय प्रश्नोत्तरी प्रतियोगितामा दोस्रो हुने विद्यार्थीहरूलाई सम्मान गरियो। सर्कल एआई दीपशिखा लामा, एसआई उत्तम रोय, सभासद सन्दिप छेत्री, डीएसबी सदस्य पहलमान तामाङ अनि शिक्षक- शिक्षिका एवं अभिभावकहरू उपस्थित थिए। कार्यालयका कर्मचारी मिलन छेत्रीद्वारा संचालित कार्यक्रममा विद्यार्थीहरूलाई खादा अर्पण गरि सम्मान जनाउँदै प्रतियोगितामा जितेको नगद पुरस्कारबाट पाँच-पाँच हजार रुपियाँ प्रदान गरियो। यसदिन एआई दीपशिखा लामाले विद्यार्थीहरु विजयी हुनुमा शिक्षक-शिक्षिका लगायत विद्यार्थी अनि अभिभावकहरुको ठुलो योगदान रहेको जनाइन्। यसरी नै डीएसबी सदस्य पहलमानले यस वर्षको प्रश्नोत्तरी प्रतियोगितामा नानीहरू विजयी हुनुमा कार्यकारी सभासद सतिश पोखरेल अनि सभासद सन्दिप छेत्रीको ठुलो योगदान रहेको अवगत गराए। यसका साथै तामाङले प्रश्नोत्तरी प्रतियोगिता आयोजनाको निम्ति प्राथमिक शिक्षा विभाग सभासद राजेश चौहान अनि जीटीए प्रमुख कार्यपाल अनित थापा प्रति पनि हार्दिक आभार प्रकट गरे। सभासद सन्दिप छेत्रीले यो विजय पुल-बिजनबारी क्षेत्रको विजय हो भनी जनाए भने आगामी वर्ष अझ सफलताको पहिलो शिखरमा पुग्नु पर्छ भन्ने सुझाव पनि दिए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ