स्टेडियम निर्माण समितिले 1976 मा यस कार्यको निम्ति पहल गर्ने व्यक्तिहरूलाई जनायो सम्मान

Share this news

खरसाङ,  (निसं)ः 1976 मा खरसाङ्मा खेलमैदान निर्माणको माग गर्दै कार्य गरेका जीवित व्यक्तिहरूलाई खरसाङ स्टेडियम निर्माण समितिले सम्मान जनायो। बुधवार खरसाङको मारवाड़ी पुस्तकालय भवनमा खरसाङ स्टेडियम निर्माण समितिका अध्यक्ष छिरिङ खाइबाको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा त्यस समय सामूहिक रुपम कार्य गर्ने वर्तमानमा खरसाङ महकुमा खेलकुद सङ्घका अध्यक्ष मोहन योञ्जन, स्काउट्स एवं गाइड्सका दार्जीलिङ जिल्ला आयुक्त जोगेन्द्र प्रसाद, पूर्व नगरपालिका अध्यक्ष पीसी अग्रवाल, समाजसेवी टीटी लामा अनि अन्यान्यलाई खदा लगाएर स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइएको हो।

कार्यक्रममा बोल्दै मोहन योञ्जनले आफू 1955 देखि खरसाङ गोर्खा पार्वतीय खेलकुद संङ्घमा रहेको र खरसाङ्मा राम्रो खेल मैदान निर्माणको निम्ति गरेका कार्यहरूको बारेमा बताउदै आफू वर्तमानमा 84 वर्ष पुगेको भए तापनि स्टेडियम निर्माणको मागमा पूर्ण सहयोग गर्ने बताए। समाजसेवी टीटी लामाले समाजको उत्थानको निम्ति अनि विपन्न र आवश्यक मानिसहरूले अहिलेसम्म आफूले धेरै कार्य गरेको बताउदै स्टेडियम निर्माण समितिको मागलाई सकेसम्म सहयोग गर्ने बताए।

स्टेडियम निर्माण समितिका उपाध्यक्ष फूर्बा घिसिङले खरसाङ्मा खेल मैदान निर्माणको निम्ति यतिका वर्षसम्म कसैले सुनिदिएन भन्ने सबैको मनमा गुनासो रहेको बताउदै भने, सन्‌‍ 1976 मा हाम्रा अग्रजहरूले गरिराखेका कार्यले खरसाङ्मा स्टेडियम निर्माण गर्नको निम्ति हामीलाई बल मिलेको छ। खरसाङ्मा स्टेडियम निर्माण गर्ने जिम्मेवारी अब हामीमाथि छ। मन्टभियट खेल मैदानमा सुरभि परिवारद्वारा आयोजित कार्यक्रममा जीटीए मुख्य कार्यपाल अनित थापाले नयाँ वर्षमा खरसाङवासीलाई स्टेडियम उपहार दिन्छु भनेका छन्‌‍। हामीले तिनीसित भेट गरेर यस विषयमा चर्चा पनि गरिसकेका छौँ। हामीलाई आशा छ, हाम्रो माग चाँड़ै पुरा हुनेछ।

समितिका अर्का उपाध्यक्ष सञ्जय छेत्रीले भने, हामीले समितिको गठन भएपछि आफ्नो कार्यक्रमलाई म्याराथन रुपमा अघि बढ़ाइरहेका छौँ। खरसाङ्मा एउटा फुटबल स्टेडियम मात्र नभएर स्पोर्ट्स स्टेडियम निर्माण हुन पर्छ। 1976 मा हाम्रा अग्रजहरूले आकाशवाणी खरसाङ मुनिको जग्गामा स्टेडियम निर्माणको मागमा धेरै कार्य गरेका छन्‌‍। केही वर्ष अघि पनि यो अधुरो कार्यलाई अघि बढ़ाइएको हो। 1997 मा तत्कालिन दागोपापको खेलकुद विभागका पार्षद दावा पाखरीनद्वारा बीबी गुरुङ स्टेडियमको नाममा स्टेडियम निर्माणको प्रक्रियालाई अघि बढ़ाइएको हो। तर किन स्टेडियम निर्माण अहिलेसम्म भएन भन्ने एउटा मनन्‌‍ को विषय छ। 1879 मा स्थापना भएको खरसाङ नगरपालिकामा अहिलेसम्म एउटा राम्रो खेल मैदान निर्माण हुन सकेको छैन जबकी धेरै पछि स्थापित भएको सिलगढ़ी नगरपालिकामा राम्रो स्टेडियम र खेल मैदानहरू छन्‌‍।

स्टेडियम निर्माण समितिका अध्यक्ष छिरिङ खाइबाले भने, भारतको स्वतन्त्रता संग्राम निम्ति 1857 मा जसरी सिपाही विद्रोहबाट आरम्भ भएको थियो, त्यसरी नै खरसाङ्मा स्टेडियम निर्माणको निम्ति 1976 लाई यस कार्यको थालनी हामीले मानेका छौँ। यसैले त्यस समय स्टेडियम निर्माणको माग अघि बढ़ाउन कार्य गर्नेहरू मध्ये हामीमाझ जीवित रहेका अग्रजहरूलाई हामीले आज सम्मान जनाउने निधो गरेका हौँ। खाइबाले सन्‌‍ 1976 को 4 जनवरीको दिन आकाशवाणी खरसाङ मुनिको जग्गामा फुटबल ग्राउण्ड निर्माणको मागमा वाङ्दी छिरिङ भोटियाद्वारा आयोजना गरिएको एउटा सभा एनएन लामाको अध्यक्षतामा बसेको थियो। 1976 को 7 जनवरीको दिन यसको अधाकारिक सभा सम्पन्न भएको थियो। त्यसपछि तत्कालिन खरसाङ्का महकुमा अधिकारी डीके चक्रवर्तीले यस स्थानको भ्रमण गरेर जग्गा उपयुक्त रहेको ठहर गरेका थिए, यसको नापजोख गरेर 17 ऐकर जमिन रहेको पनि रिपोर्ट बुझाइएको थियो। यसको निम्ति तत्कालिन जिल्ला शासक समक्ष यो मागलाई पुराएपछि जिल्ला शासकले पनि जग्गाको भ्रमण गरेका थिए। त्यसपछि वाङ्दी छिरिङ भोटियाले जिल्ला शासकलाई चिठ्ठी लेखेर यस बारेमा के-कति प्रगति भयो भनी जानकारी मागेका थिए। यहाँसम्मको सम्पूर्ण तथ्यहरू हामीलाई प्राप्त भएको छ, यी तथ्यहरू उपलब्ध गराइदिएकोमा समाजसेवी टीटी लामालाई हामी धन्यवाद दिन्छौँ भनी आफ्नो वक्तव्यमा भने।

तिनले वर्तमानमा जीटीए मुख्य कार्यपाल खरसाङ्कै रहेका, तिनकै कार्यकालमा स्टेडियम निर्माण हुने र तिनको कार्यकालमा नभए कहिल्यै हुन नसक्ने पनि बताए। खाइबाले यस कार्यमा व्यवसायिक सङ्गठनहरूलाई पनि अघि आउने आह्वान गरे। सम्मान कार्यक्रमलाई स्टेडियम निर्माण समितिका सचिव सुदीप राईले सञ्चालन गरेका थिए भने मुख्य कार्यक्रमलाई प्रणिता मुखिया घिसिङले सञ्चालन गरेकी थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ