फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

Share this news

खरसाङ, (निसं)ः खरसाङ नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला उठाउने गरिन्छ। फोहोर-मैला उठाउनको निम्ति नगरपालिका कर्मचारीहरू बिहान सिटी फुक्दै आउछन्‌‍। नगरवासीले आफ्नो घरमा जमा भएको फोहोर-मैला नगरपालिका कर्मचारीहरूलाई दिन्छन्‌‍, अहिले धेरै नगरवासीले आफ्नो घर, दोकान, होटल, कार्यालयबाट निस्किएको फोहोर-मैला रातिको समयमा बाटो किनार, गल्ली, कुना-काप्चामा थुपारेर राखिदिने गरेका छन्‌‍। नगरपालिका कर्मचारीहरूले यस्ता फोहोर-मैला संकलन गरेर नगरपालिकाको फोहोर-मैला बोक्ने गाड़ी सम्म पुऱ्याउछन्‌‍। उक्त गाड़ीले संकलन भएको फोहोर-मैला स्प्रिङ साईड चिया बगानको सुन्तलेमा पुऱ्याउछ। तथापि नगरपालिकाले फोहोर-मैला संकलनको कार्य नियमित आइतवारको दिन पनि गर्नु पर्ने कतिपय नगरवासीको माग रहेको छ। कतिपय नगरवासीले फोहोर-मैला संकलन छुट्टीको समयमा अनि आइतवार नगरिने भएको गुनासो गरेका छन्‌‍। आइतवारको दिन फोहोर-मैला संकलन नहुने भएकोले खरसाङ शहरको विभिन्न बाटो, गल्ली, कुना-काप्चाहरूमा फोहोर-मैलाको थुप्रो बन्ने गरेको मानिसहरूको गुनासो छ। खरसाङ्को डोको लाइनमा पसल गर्ने एक महिलाले भनिन्‌‍, भारतीय स्टेट ब्याङ्क शहर शाखाको अघि प्रत्येक आइतवार फोहोर-मैला थुप्रिने गर्छ। कुनै आइतवार थुपारिएको फोहोर-मैला कुकुरहरूले छरिदिएर बाटोभरी हुन्छ। आइतवार नगरपालिका कर्मचारीहरूको छुट्टी भएकोले फोहोर-मैला नलगेपछि यसरी फोहोर-मैला थुप्रिएको हो। फोहोर-मैला जस्तो कुरो प्रत्येक दिन, नियमित र आइतवारको दिन पनि संकलन गरिन पर्ने हो। कतिपय मानिसहरूले छुट्टीको दिन पनि फोहोर-मैला नउठाइने भएकोले शहरको विभिन्न स्थानमा फोहोर-मैला थुप्रिने गरेको गुनासो गरेका छन्‌‍। धेरैले फोहोर-मैवा जस्तको कुरो आइतवार अनि छुट्टीको दिन पनि व्यस्था मिलाएर संकलन गर्न पर्ने माग गरेका छन्‌‍। स्मरण गराइन्छ, नगरपालिकाले सरकारको सोलिड वेस्ट मेनेजमेन्ट प्रकल्प अन्तर्गत नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला संकलन गर्न आरम्भ गरेपछि शहरमा रहेको धेरैवटा मैदादानी (भ्याट) बन्द गरिसकेको छ। शहरका ती भ्याटहरू बन्द गरिएकोले खरसाङ शहरका मानिसहरूले आफ्नो घर, दोकान, होटल, कार्यालयबहाट निस्किएको फोहोर-मैला बिहान फोहोर-मैला संकलन गर्न आउने नगरपालिका कर्मचारीहरूलाई दिन पर्ने हुन्छ। तर धेरै जसो नगरवासीले आफ्नो घर, दोकान, होटल, कार्यालयबाट निस्किएको फोहोर-मैला बाटो किनार, गल्लीको एक कुना, घरको अघि रातिको समयमा राखिदिने गरेका छन्‌‍। यसरी एक स्थानमा धेरैले फोहोर-मैला राखिदिनाले फोहोरको रास बन्ने गरेको छ। यस्तो अवस्थामा नगरपालिका कर्मचारीहरू एक दिन पनि फोहोर-मैला उठाउन नआएको खण्डमा फोहोर-मैलाको थुप्रो बढ़ेर जाने गरेको देखिएको छ। कुनै समय यसरी थुपारिएको फोहोर-मैला कुकुर अनि बाँदरले छरेर परिवेश फोहोर-मैला युक्त बनाउने गरेको पाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ