Sixth scheduled day to be celebrated
Sixth scheduled day to be celebrated

गोरामुमोद्वारा छैटौं अनुसूची सम्झौता दिवस भव्य पालन गरिने

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीले आगामी ६ डिसेम्बर २०२५ मा छैटौं अनुसूची सम्झौता दिवस भव्यरुपमा पालन गर्ने भएको छ। पार्टीको सांङ्ठनिक सभामा यो निर्णय गरिएको हो। ब्राञ्च अध्यक्ष एम. जी. सुब्बाको अध्यक्षतामा भएको उक्त सभा आज ब्राञ्च कार्यालय दार्जीलिङमा सम्पन्न भएको थियो। जसको सञ्चालन सचिव पुरण राईले गरेका थिए। सभामा ब्राञ्च कमिटी, समष्टिका समिति तथा भ्रातृ संगठनका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। नयाँ र पुराना समष्टिका प्रतिनिधिहरुको समावेशनेसहित आयोजित यस महत्वपूर्ण सभामा पार्टीको आगामी राजनीतिक तथा सांङ्ठनिक कार्यक्रमबारे ब्राञ्च अध्यक्ष एम. जी. सुब्बाले विस्तृत जानकारी गराउँदै व्यापक छलफल गरेका थिए। यसक्रममा नयाँ चयन गरिएको समष्टि नेतृत्वलाई ब्राञ्च कमिटीले औपचारिक स्वागत गरेको थियो। रिम्बिक–लोधोमा समष्टिका, रेलिङ–कैंजले समष्टिका प्रतिनिधि समूह, तथा रंगबुल–धोतरिया समष्टिका नव–अध्यक्ष रन्जिता सुब्बालाई अध्यक्ष सुब्बाले खदा अर्पण गरेर वधाइ तथा शुभकामना व्यक्त गरेका थिए। साथै, पार्टीको सिद्धान्त, अनुशासन र संगठनात्मक मजबूतीलाई प्राथमिकता दिँदै आगामी दिनहरूमा थप प्रभावकारी रूपमा काम गर्न निर्देशन पनि दिएका थिए। सभाले महत्वपूर्ण निर्णय गर्दै गोरामुमो दार्जीलिङ ब्राञ्चद्वारा आगामी ६ डिसेम्बर २०२५ मा छैटौं अनुसूची सम्झौता दिवस भव्य र योजनावद्ध ढंगले मनाइने घोषणा गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका हुन्।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ