Sitong Road Accident Update: सिटोङमा भयानक वाहन दुर्घटनाप्रति खरसाङ बन्यो दुःखित

Share this news

खरसाङ,  (मोहन प्रसाद): सिटोङ्मा आईतवार राति भएको भयावह वाहन दुघर्टनाले केवल सिटोङ क्षेत्रलाई मात्र मर्माहत बनाएन, उक्त दुर्घटनाले खरसाङ्मा पनि विभिन्न वर्गका मानिसहरूलाई दुःखी बनाएको छ। खरसाङ महकुमा अस्पतालमा सिटोङ वाहन दुघर्टनामा ज्यान गुमाएकाहरूको मृत देह पोस्टमोर्टमको निम्ति ल्याइएको समय धेरै संख्यामा विभिन्न वर्गका मानिसहरू अस्पताल परिसरमा उपस्थित थिए। ती सबै उक्त दुर्घघटनामा ज्यान गुमाउने प्रति दुःख व्यक्त गरिरहेका थिए भने दुघर्टनाको खबर सुनेपछि खरसाङ बजार क्षेत्रका मानिसहरू धेरै दुःखी बने। दुर्घटना मृत्यु भएका अनि घाइते भएकाहरू अस्पतालमा ल्याइएको बारे जानकारी पाउँन साथ खरसाङ पञ्चायत समिति सभाधीपति अनु प्रधान, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्ति खरसाङ महकुमा समिति अध्यक्ष प्रेमेन्द्र गुरुङ, गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा अध्यक्ष योगेन्द्र राई सहित विभिन्न वर्गका मानिसहरू अस्पताल परिसरमा आइपुगेका थिए साथै घटनालाई लिएर दुःख व्यक्त गरिरहेका थिए। यस अवधि हिमालय दर्पणसित बोल्दै खरसाङ पञ्चायत समितिका सभाधिपति अनु प्रधानले बताए अनुसार, उक्त दुघर्टना आईतवार राती लगभग 10 बजेर 40 मिनटमा भएको अनुमान लगाइएको छ, तर वास्तव कति बजे भएको निश्चित भन्न सकिएको छैन। सोमवार बिहान जंगलमा घाँस काट्न जानेले वाहन दुघर्टना भएको देखेपछि सबैलाई खबर गरेका हुन्‌‍। त्यसपछि स्थानीयहरूको सहयोगमा घाईते वाहन चालक अनमोल छेत्रीलाई उद्धार गरेर खरसाङ अस्पतालमा पठाएका थिए। उक्त वाहनमा सवार भएका सिटोङ 1 ग्राम पञ्चायत सदस्य बिगेन खवास अनि तिनीसित रहेका अन्य दुई स्थानीय युवाहरू रुपेन खवास अनि रमेश गुरुङ्को पनि घटना स्थलमा नै मृत्यु भएको खबर रहेको प्रधानले जनाए । प्रधानले थप जनाए अनुसार, यी तीनै जनाको मृत्युले तिनी दुःखी छन्‌‍। सिटोङ 1 ग्राम पञ्चायत सदस्य बिगेन खवास सधैं नै जनहितको कार्यमा लागिरहने व्यक्ति थियो। सिटोङ क्षेत्रका युवा-युवतीलाई मध्य नजर राख्दै प्रति वर्ष झैं यस वर्ष पनि सिटोङ क्षेत्रमा एउटा खेलकूद आयोजनाको निम्ति खरसाङ थाना अन्तर्गत रहेको दिलाराम पुलिस आउट पोस्टबाट अनुमतिको प्रक्रिया पुरा गरेर तिनीहरू आफ्नो घर 1 साब्जे रातिको समयमा फर्किरहेका थिए, यस अवधि सिटोङ्को माना नजिक वाहन दुघर्टना भएर लगभग 3 सय फिट मुनि जंगलमा गाड़ी झरेको थियो। अनु प्रधानले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्‌‍। अर्को तर्फ, अस्पताल परिसरमा घटनाको जानकारी लिन गोजमुमो खरसाङ महकुमा अध्यक्ष योगेन्द्र राई पनि उपस्थित रहेका थिए। तिनले बताए अनुसार, उक्त घटनालाई लिएर तिनी एकदमै दुःखी छन्‌‍। मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछौंँ साथै भगवानले घर-परिवारका सदस्यहरूलाई यस दुःखको घड़ीमा सहन-शक्ति प्रदान गरुन्‌‍ भनी प्रार्थन गर्दछु भनी राईले बताए उक्त मर्माहत घटना सुनेपछि सोमवार विभिन्न वर्गका मानिसहरू दुःखी बनेका देखिए। अर्कोतर्फ खरसाङ ट्राफिक ओसी वीरेन्द्र छेत्रीले पनि घटना स्थलमा पुगेर घटनाको जानकारी लिएका छन्‌‍। तिनले मीडिया मार्फत्‌‍ सम्पूर्ण चालकहरूलाई वाहन हाँक्दा एकदमै संयम्‌‍ अनि सत्कर्ताको साथमा हाँक्ने आग्रह गरेका छन्‌‍। तिनले भने, गत एक डेढ़ महिना भित्रमा सिटोङ सहित पंखाबारी, गोराबारी क्षेत्रमा भएको वाहन दुघर्टनाहरूमा धेरै जनाले ज्यान गुमाएका छन्‌‍ भने धेरै घाईते बनेको छन्‌‍। चालकहरूको हाथमा तिनको ज्यान संगै वाहनमा सवार यात्रीहरूको ज्यान साथै ती यात्रीका परिवारको सदस्यहरूको भविष्य पनि हुन्छ, वाहन हाँक्दा एकदमै संयम्‌‍ अनि सत्कर्ताको साथमा हाँक्नु पर्छ भन्ने मेरो अनुरोध छ। अर्कोतर्फ आज बिहान देखिनै घटनास्थलमा पुगेर उद्धार कार्यमा लागि परेका साथै घटनाले मर्माहत बनेको समाज सेवी विक्रम राईले पनि उक्त घटनालाई लिएर गहिरो शोक व्यक्त गरेका छन्‌‍। तिनले यो पनि जनाएका छन्‌‍ कि सिटोङ क्षेत्रमा बाटोको एकदमै खराब अनि दयनीय अवस्था रहेको छ । प्रायः नै बाटो खराब भएकोले सानो-ठूलो दुघर्टना भइरहन्छ। यस भन्दा अघि पनि माना सहित सिटोङ क्षेत्रमा धेरै पल्ट वाहन दुघर्टना भएको हो । आईतवार राति जुन ठाउँमा वाहन दुघर्टना भयो, यदि उक्त क्षेत्रमा बाटोमा सटीक प्यारापेट वा सुरक्षा देवाल भएको भए यति ठूलो दुघर्टना हुने थिएन होला। बाटोको खराब अवस्थाले भएको यस्ता दुघर्टनाप्रति तिनी एकदमै चिन्तित साथै दुःखी रहेको तिनले बताए ।


Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ