दार्जीलिङ,25 नोभेम्बर(निसं): पश्चिम बंगाल राज्यमा पनि संचालन भइरहेको एसआईआर
फारम भर्ने कार्यमा विभिन्न जिल्लाहरुमा विभिन्न समस्य र घटनाहरु घटेपनि दार्जीलिङ जिल्ला क्षेत्रमा व्यापक सफलता पुर्वक भइरहेकोछ।दार्जीलिङ जिल्ला क्षेत्रमा एसआईआर फारम भर्ने कार्य 80 प्रतिशत पूरा भइसकेको साथै यसको पुर्ण परिणाम आगामी 9 दिसम्बरको दिन सार्वजनिक हुने जिल्ला निर्वाचन विभागीय सुत्रले जानकारी गराएकोछ। सुत्र अनुसार, यस एसआईआर फारम भर्ने प्रक्रियामा गत 2002 सालमा मतदान गर्ने तथा गत 2002 सालको मतदान सूचीमा सामेल मतदाताहरुलाई लिएर यो एसआईआर फारम भर्ने कार्य भइरहेकोछ,2002 भन्दा अघि मतदान गरिसकेको तर 2002 सालको मतदान सूचीमा सामेल नभएका नागरिक तथा मतदाताहरुको साथै अन्य समस्याहरुलाई पनि सुधार गर्ने प्रक्रिया पनि गरिनेछ।











