मंगलवा खरसाङ महकुमा शासक कार्यालयमा एसआईआरको सुनवाईमा भीड़

Share this news

खरसाङ, (निसं): मंगलवार खरसाङ महकुमा शासक कार्यालयमा एसआईआरको सुनवाईको निम्ति आएका मतदाताहरूको भीड़ रहेको थियो। मंगलवार सुनवाईको निम्ति खरसाङ नगरपालिका क्षेत्र लगायत विभिन्न स्थानबाट एसआईआरको सुनवाईको निम्ति मतदाताहरू उपस्थित रहेका थिए। उपस्थित रहेका मतदाताहरू मध्ये कतिपयले आफ्नो नाम नमिलेको, आफ्नो जात नमिलेको, 2002 मा पिताको स्थानमा माताको नाम रहेको, पिताको नाम नमिलेको, पिता र आफ्नो उमेर धेरै फरक रहेकोले सुनवाईमा बोलाइएको बताए।

सुनवाईको निम्ति कार्यलयमा चार-पाँच अघिकारीले कागज पत्र जाँच गरिरहेका थिए। सुनाईको निम्ति कपिय मानिसहरूले बिहान साढ़े आठबजेदेखि बसेको बताए। सुनवाईमा आएका एक मतदाताले 2002 मा आफ्नो पिताको नाम मतदाता सूचीमा अर्कै रहेको तर 2002 पछि चिया बगानमा लेखिएको नाम मतदाता सूचीमा हालिएकोले 2002 मा अर्कै नाम अनि वर्तमान मतदाता सूचीमा अर्कै नाम रहेकोले सुनवाईमा बोलाइएको बताए। तिनले पहिला नोटरीले गरेको एफिडेविट चल्छ भनिएको तर पछि मेडिस्ट्रेडले गरेको अफिडेविट मागिएकोले पुनः एफिडेविट गर्न परेको बताए। धेबि खोला निवासी एक मतदाताले आफ्नो श्रीमतिको पिता र श्रीमतिको उमेर लगभग 50 वर्ष अन्तर रहेकोले सुनवाईमा बोलाइएको बताए।

तिनले भने, अघिको समयमा धेरै छोरा-छोरी जन्मिने गर्थे, मेरो श्रीमति सबै भन्दा कान्छो हो र श्रीमति र ससुराको उमेर लगभग 50 वर्षको फरक छ यसैले सुनवाईमा बोलाइएको हो। माथिल्लो डुमाराम बस्तीकी एक महिलाले आफ्नो तीन छेरा-छोरीको सुनवाईको निम्ति उपस्थित रहेको बताउदै एसआईआरको फारम भर्दा बाजेको नाम हालिएकोले सुनवाईमा बोलाइएको बताए। तिनले आफ्नो तीनै छोरा-छोरी नोकरीमा बाहिर रहेको पनि बताइन्‌‍।

सुनवाईको निम्ति मतदाताहरूले घण्टौ लाईनमा उभिन परे तापनि कार्यालयमा उपस्थि बीएलओ, बीएलए, विभिन्न राजनीतिक दलका कार्यकर्ता, महकुमा शासक कार्यालयका कर्मचारीहरूले सबैलाई सक्दो सहयोग गरेकाले बेलुकासम्म पर्खिएर भए पनि मतदाताहरूले सुनवाईको प्रक्रिया पुरा गरेर फर्किए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ