पुबोंग प्रणामी मन्दिरको रजत जयन्ती आगामी 3 अगस्तदेखि आरम्भ

Share this news

दार्जीलिङ,30 जुलाई(निसं): पुबोंग प्रणामी मन्दिरको रजत जयन्ती कार्यक्रम आगामी 3 अगस्तदेखि आरम्भ हुने भएको छ। दार्जीलिङको तकदाह रङ्ली-रङ्लीयट क्षेत्रमा अन्तर्गत बड़ा पुबोंग बस्तीमा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिर स्थापनाको 25औँ वर्ष गाँठको अवसरमा विविध कार्यक्रमका साथ वर्ष व्यापी रजत जयन्ती उत्सव सम्पन्न भइरहेछ। श्रीकृष्ण प्रणामी निजानन्द  सम्प्रदायको वार्षिक पर्व बीतक कथा प्रवचनको साथमा पालन गरिने 14 दिन व्यापी दोस्रो चरणको समारोह उद्घाटन आगामी 3 अगस्तको दिन नेपालको झापा स्थित सितापुरी प्राणनाथ आश्रमका सञ्चालक तथा यस सम्प्रदायका वयोवृद्ध विद्वान् प्रचारक गुरुजी राजप्रसाद ढुङ्गेल महाराजको बाहुलीबाट गरिने भएकोछ भनी समिति सल्लाहकार  सुनील राई प्रणामीले जानकारी गराएका छन्। राइले बताए अनुसार, श्रीकृष्ण प्रणामी धर्मसभा स्थानीय शाखा तथा बाइज्यूराज संघको आयोजनामा सम्पन्न हुने उक्त 14 दिन श्रीमद् बीतक प्रवचन सहित  स्वास्थ्य , शिक्षा, साहित्य, संगीत र सामाजिक सचेतना शिविरको पनि कार्यक्रम राखिएको छ। समितिका सल्लाहकार सुनील राईले जनाए अनुसार, आगामी 3 अगस्तको दिन समारोहको उद्घाटन हुनसाथै आगामी 4 अगस्तको दिन स्थानीय क्षेत्रका विद्यार्थी र युवा झुण्डका लागि रङ्ली-रङ्लीयट प्रहरी विभागको सहभागितामा ड्रग्स लगायत कानूनी सचेतना शिविर सम्पन्न हुनेछ।  यसका साथै आगामी 9 अगस्तको दिन प्राणनाथ परमार्थ सेवा फाउण्डेसन
मङपुको सौजन्यमा  स्वास्थ्य सचेतना शिविरको आयोजना गरिने छ, जहाँ सिलगढीका प्रसिद्ध क्यान्सर रोग विशेषज्ञ डाक्टर पङ्कज चौधरीले यस रोगबारे मानिसहरूलाई सचेत गराउनेछन्। आगामी 15 अगस्त 78औँ स्वतन्त्रता दिवसको अवसरमा देशभक्तिमूलक साहित्यिक र सांस्कृतिक कार्यक्रम हुनेछ , त्यसैदिन दार्जीलिङ जिल्ला अस्पतालमा सेवारत  स्थानीय क्षेत्र प्रणामी सम्प्रदायका पहिलो एमबीबीएस डिग्री धारक डाक्टर दिपङ्कर छेत्रीलाई धर्मसभाले सम्बर्द्धना पनि गरिनेछ। दोस्रो चरण समारोहको अन्तिम दिन आगामी 26 अगस्तमा बीतक पूर्णाहुती सहित श्रीकृष्ण जन्माष्टमी कार्यक्रम भव्य रुपमा सम्पन्न गरिने जनाइएको छ।
उल्लेख्य: यसवर्षको पहिलो दिन रजत जयन्ती वर्षको उदघाटन तारतमवाणी पाठ पारायण र वयोवृद्ध सदस्य सम्मानबाट गरिएको थियो भने यस महोत्सवको समापन आगामी वर्षको जनवरी महिनामा सार्वजनिक श्रीमद् भागवत् महापुराणको साथमा सम्पन्न गरिने कुरो सुनील राईले जनाएका छन्, साथै आयोजक समितिको पक्षबाट यसै विज्ञप्ति मार्फत् सबै श्रद्धालुजनलाई आमन्त्रण पनि गरिएको राईले बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ