खरसाङमा नेपाली भाषामा बोर्ड लगाउने कार्य हुँदैछ

Share this news

खरसाङ, 8 जुलाई (निसं)ः केही महिना अघि जीटीएले दोकान-पाट, व्यपारिक प्रतिष्ठान, सरकारी-गैर सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, संघ-संस्थाको कार्यालयमा नेपाली भाषामा साईन बोर्ड लगाउने निर्देश जारी गरेको थियो। जीटीएको यो निर्देशलाई लागु गराउनको निम्ति खरसाङमा युवा शक्तिका ले एउटा अभियान चलाएको थियो। यस अभियान अन्तर्गत युवा शक्तिका नेतृत्व, कार्यकर्ता र सदस्यहरूले खरसाङ बजारमा घुम्दै पर्चा वितरण गर्ने अनि व्यापारी, होटल-रेस्टुरेन्ट मालिक, संघ-संस्थाका प्रतिनिधि, सरकारी-गैरसरकारी कार्यालयका अधिकाहरूसित अपिल गर्ने कार्य गरेको थियो। त्यसै समय कतिपयले आ-आफ्नो दोकान, होटल, रेस्टुरेन्ट, व्यापारिक प्रतिष्ठानमा नेपाली भाषामा साईन बोल्ड लगाउने कार्य गरेका थिए भने त्यसपछि यो कार्य स्थगित जस्तै देखिएको थियो। तथापि वर्तमानमा एकपछि अर्को गर्दै व्यापारीहरूले आफ्नो दोकान, व्यापिक प्रतिष्ठान, होटल, रेस्टुरेन्टहरूमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने कार्य गरिरहेका देखिएको छ। कतिपयले नेपाली भाषामा लेखिएको साईन बोर्ड टीनको पातामा बनाएर लगाउने कार्य गरेको देखिएको छ भने कतिपयले प्सेक्स ब्यानर बनाएर टाँसेको पनि देखिएको छ। यसरी नेपाली भाषामा लेखिएका नयाँ साईन बोर्डहरू खरसाङ बजारको राष्ट्रिय राजमार्ग 110 अनि वर्द्धवान रोड अनि अन्य स्थानमा देखिएका छन्। नयाँ गरी नेपाली भाषामा लेखिएका साईन बोर्डहरू मध्ये कतिपय साईन बोर्ड प्लास्टिको फ्लेक्स अथवा ब्यानरमा रहेका छन्। खरसाङमा धेर जसो संघ-संस्था र दोकानहरूका साईन बोर्डहरू अघिबाटै नेपाली भाषामा लेखिएका थिए। जुन-जुन दोकान-पाट, व्यापारिक प्रतिष्ठान, होटल, रेस्टुरेन्ट, कार्यालयहरूमा नेपाली भाषामा लेखिएका साईन बोर्ड थिएन। ती दोकानहरू मध्ये धेरैले अहिले लगाएका छन्। तथापि अझ पनि धेरैले लगाउन बाँकी रहेको पाइएको छ। दोकान-पाट, व्यापारिक प्रतिष्ठान, होटल, रेस्टुरेन्टको अतिरिक्त कतिपय सरकारी-गैर सरकारी कार्यालय अनि ब्याङ्कहरूले पनि नेपाली भाषामा लेखिएको बोर्ड लगाइसकेका छैनन्। यस बारेमा ती कार्यालयका सम्बन्धितहरू
ले यसको निम्ति काम भइरहेको बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ