शिवालय मन्दिर परिसर बडारेमा शिव महापुराण शुरु

Share this news

बिजनबारी, 4  अगस्त(निसं): विश्व शान्ति तथा भाइचाराको सन्देश दिदै तथा भगवान भोले बाबाको सन्देशलाई जन जनमा पुर्‍याउने मुख्य लक्ष्यको साथमा शिवपुराण आयोजक समिति बडारेको मुख्य आयोजना तथा गाउँवासीहरुको सहयोगमा बृहत शोभा यात्राको साथमा आइतबारदेखि शिव महापुराण शुभारम्भ भएको छ। स्थानीय शिवालय मन्दिर परिसरमा आयोजित यस एघारौं  दिवसीय धार्मिक अनुष्ठानमा पुरुसोत्तम पोख्रेल एवं पर्मानन्द खनाल पश्चिम सिक्किमबाट  कथावाचकहरुको रूपमा उपस्थिति रहेका छन भने शकर  बसिष्ट लगायतको टोलीले सगितको रसस्पादन गराउने आयोजक समितिले जनाएका छन। यसै क्रममा प्रतिकुल मौसम रहदा रहदै पनि पहिलो दिन पुजा पण्डालबाट साज बाजको साथमा बृहत कलशयात्रा निकालिएको थियो जहाँ गाउँभरका बालबालिका, युवावर्ग, नरनारी तथा वृद्ध बृद्दाहरुले जातीय भेषभुषामा सहभागिता जनाएका थिए भने उक्त कलशयात्रा कैजले बजार हुँदै झेपी मन्दिर पुगी पुनःपुजा पण्डाल आई समापन भएको थियो। हाम्रो मुख्य उदेश्य पुराणको माध्यमबाट गाउँमा एकता भाइचारा तथा धार्मिक आस्थालाई जनमानसमा पुर्याउदै युवा वर्गहरु घट्दो धार्मिक आस्थालाई पुनः जगाउने हो आयोजक समितिको पक्षमा श्याम छेत्रीले बताए भने यो कार्यक्रम प्रत्येक बर्ष साउन महिनामा बार्षिक रूपमा गरिने क्यालेन्डर कार्यक्रम रहेको उनले थपे। यसको साथमा यस दश दिनव्यापी धार्मिक अनुष्ठानमा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिने समेत आयोजना उनले सबैमा अनुरोध टक्राए।

Share this news
आजको रोजाइ
न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

आजको रोजाइ