शहिफ राइफलम्यान व्यञ्जमिन राई स्मृति फुटबल फाइनल आगामी 25 जनवरीमा

Share this news

दार्जीलिङ,17 जनवरी(निसं): युवा पिढीलाई नशालु पदार्थ तथा कुलतदेखि टाढा राख्न साथै क्षेत्रीय प्रतिभाशाली व्यक्तिहरूको प्रतिभालाई राष्ट्रिय- अन्तर्राष्ट्रिय स्तरसम्मको मञ्चमा पुराउने उद्देश्य लिएर गठन भएको डिपी साइड टिस्टाभेली चियाबारीको युनाइटेड स्पोर्टिङ क्लबले गत 2022 सालदेखि शहिद राइफलम्यान बेञ्जामिन राई स्मृति फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ,यस फुटबल प्रतियोगिताको फाइनल खेल आगामी 25 जनवरीको दिन हुने जानकारी गराउँदै युनाइटेड स्पोर्टिङ क्लबका अञ्जय थापाले त्यस फुटबल फाइनल खेलमा सबै सबैलाई उपस्थित भएर आयोजक समितिलाई प्रोत्साहन साथै खेलाडीहरुलाई उत्साह दिने अनुरोध गरेका छन्।

दार्जीलिङ प्रेस गिल्ड कार्यालयबाट सम्बोधन गर्दै युनाइटेड स्पोर्टिङ क्लबका अन्जय थापाले भनेका छन्, शहिद राइफलम्यान मेञ्जामिन राई एक असल अनि अब्बल फुटबल खेलाडी थिए, उनको फुटबल खेल प्रतिभा साथै देशको निम्ति आफ्नो प्राणको बलिदान दिएकोमा उनलाई सम्मान साथै श्रद्धाञ्जली अर्पणको रुपमा स्पोर्टिङ क्लबले शहिद राइफलम्यान बेञ्जामिन राई स्मृति फुटबल प्रतियोगिता खेलाएको हो।

टिस्टाभेली डीपी साइड युनाइटेड स्पोर्टिङ क्लबले फुटबल प्रतियोगिताबाहेक अन्य विभिन्न प्रकारका खेलकुद! गीत-संगीत अनि साहित्य क्षेत्रमा पनि युवाहरूलाई जागरुक गराउँदै विभिन्न प्रकारको कार्यक्रमहरु गर्दै आइरहेकोछ। उनले भने, यस प्रतियोगिताको प्रथम सेमिफाइनल आगामी 17 जनवरीको दिन डीडी सेभेन बनाम अनि नर्थ बेंगाल आर्म दोस्रो सेमिफाइनल आगामी 18 जनवरीको दिन सिलगढी पारिजात सङ्घ बनाम दार्जीलिङ पुलिस माझ हुनेछ।

दार्जीलिङ पुलिस दल गत वर्षको शहिद राइफलम्यान बेञ्जामिन राई स्मृति फुटबल प्रतियोगिताको च्याम्पियन बनिसकेको छ। यस प्रतियोगितामा विजेता दललाई 2.5 लाख  रुपियाँ साथै सुन्दर ट्रफी अनि उपविजेता दललाई 1.5 लाख रुपियाँ साथै सुन्दर ट्रफी प्रदान गरिनेछ

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ