SC Status Demand Movement Assam
SC Status Demand Movement Assam

असममा कामी-दमाई-सार्कीलाई अनुसूचित जातिको माग 

Share this news

दार्जीलिङ,20 मई(निसं): गोर्खा कामी-दमाई-सार्की समुदायलाई अनुसूचित जातिको मान्यता दिलाउन सशक्त आवाज उठाउदै अखिल असम गोर्खा दमाई समाजको प्रथम द्विवार्षिक केन्द्रीय अधिवेशन असमको बाक्सा जिल्लामा भव्य रूपमा सम्पन्न भएकोछ। शोभायात्रासँगै शुभारम्भ गरिएको दुई दिवसीय अधिवेशनमा असममा हाल ओबीसी श्रेणीमा राखिएका गोर्खा कामी, दमाई र सार्की समुदायलाई अनुसूचित जाति (एससी)-को संवैधानिक मान्यता प्रदान गर्न सरकारसमक्ष सशक्त माग उठाइएको समाजले बताएकोछ।
अखिल असम गोर्खा दमाई समाजको भनाई अनुसार, अधिवेशनको पहिलो दिन मन्थन सभा, समुदायको वर्तमान अवस्था, अधिकार, संगठनात्मक सुदृढीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी विशेष कार्यशाला सम्पन्न गरियो। कार्यक्रममा शिक्षा, प्रतिनिधित्व, सामाजिक सशक्तीकरण तथा भावी रणनीतिबारे गम्भीर छलफल भएको आयोजक पक्षले जनाएको छ।
दोस्रो दिन सम्बर्द्धना, विचार आदान-प्रदान, भाषण तथा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरियो। कार्यक्रममा असमका विभिन्न प्रान्तबाट प्रतिनिधि, सदस्य तथा पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै मिजोरम, मेघालय, मणिपुर तथा त्रिपुरा राज्यबाट समेत दमाई समाजका प्रतिनिधिहरू सहभागी भई ऐक्यबद्धता जनाएका थिए।
अधिवेशनमा सिक्किम राज्य अनुसूचित जाति कल्याण बोर्ड, सिक्किम सरकारका चेयरम्यान शेखर सेवा, अखिल भारतीय नेपाली अनुसूचित जाति संघका महासचिव अधिवक्ता रीमेश मोथे, अनुसूचित जाति कादसा संयुक्त मञ्चका केन्द्रीय प्रचारप्रसार सचिव अविनाश मोथे, मुख्य सल्लाहकार सुरज कुमार नौबाग,सिक्किम दमाई समाजका अध्यक्ष सन्तोष बर्देवा, सिलगढी दमाई समाजका अध्यक्ष गोपाल सेवा, सह-सचिव बुद्धि बहादुर सेवा, कालेबुङ दमाई समाजका अध्यक्ष विवेक सुन्दास साहित्यकार थमन नौबाग तथा तकदह गेलेनबर्नका प्रतिक हिङ्गमाङ लगायतको विशेष उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूलाई सम्मान तथा सम्बर्धना समेत गरिएको थियो।
सांस्कृतिक कार्यक्रमअन्तर्गत सिक्किमको पाथिभरा नौमती टोली ले प्रस्तुत गरेको लोकधुनले उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो। अधिवेशनको सांस्कृतिक शोभायात्रा कार्यक्रमको शुभारम्भ गोर्खा उन्नयन परिषदका उपाध्यक्ष राम दाहालले गरेका थिए।
अधिवेशन स्थलमा आग्सु (एआईजीएसयु) -को टोली समेत पुगेको थियो। आग्सुका सांगठनिक सचिव प्रकाश कोइराला, असम गोर्खा सम्मेलनका सभापति कृष्ण भुजेल, मदन रणपहेली तथा अखिल असम गोर्खा दमाई समाजका नवनिर्वाचित सभापति एवं मूल सचिव ले समुदायको एकता र अधिकारबारे आफ्नो धारणा राखेका थिए।
आग्सु नेता राजु सुबेदीले अधिवेशनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। समुदायका अगुवाहरूले उक्त अधिवेशनलाई गोर्खा कामी-दमाई-सार्की समुदायको पहिचान, अधिकार र संवैधानिक न्यायको पक्षमा उठेको महत्वपूर्ण आवाजको रूपमा लिइएको कादसा संयुक्त मञ्चको केन्द्रीय प्रचार प्रसार सचिव अविनाश मोथेले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ