मैदानमा चम्केका पाइला, एकाडेमीमा सपना हुर्काउँदै सन्जु

Authored By: सञ्जय निरौला

Share this news

हिमाल र हरियालीले सजिएको सिक्किम केवल प्राकृतिक सौन्दर्यको भूमि मात्र होइन, यहीँबाट सपना बोकेर मैदानसम्म पुग्ने यात्राहरू अनेक संघर्ष पार गरेर अघि बढ़्छन्। यही सौन्दर्य र संघर्षको संगमबाट उदाएका हुन् सन्जु प्रधान- जसले फुटबललाई केवल खेल होइन, भविष्य बनाउने माध्यम बनाएका छन्।

सन् १९८९ मा हिमाली राज्य सिक्किमको पश्‍चिम जिल्लाको सोमबारेमा जन्मिएका सन्जु प्रधान सानैदेखि फुटबल खेलप्रति आकर्षित थिए। डी.बी. प्रधान र शारदा प्रधानका छोरा सन्जु सानै उमेरदेखि गाउँमा ठूलाहरूले फुर्सदमा फुटबल खेलिरहेको ध्यान लगाएर हेरिरहन्थे। बाल्यकालमा विद्यालय स्तरमै फुटबल खेल्न थालेपछि फुटबलको मोह अझै बढ़्दै गयो। त्यसपछि उनले पश्‍चिम सिक्किम जिल्ला मुख्यालयमा आयोजना गरिएको ‘सर्च फर मोर भाइचुङ्स’ ट्रायलमा सहभागिता जनाए। यसैमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी राज्यस्तरीय ट्रायलका लागि छनोट भए, जहाँ पनि सफल भए र ट्रायलबाट छानिएका ३० जनामध्ये एक बने।

‘‘मेरो मुख्य सोच भनेको फुटबलबाटै आफ्नो भविष्य देख्नेहरूले स्थानीय स्तरमै फुटबलबारेमा धेरै कुराहरू सिक्न सकून् भन्ने हो’’

त्यसपछि शुरु भयो सन्जुको फुटबलको यात्रा। चयन भएका खेलाड़ीहरूलाई लिएर सन् १९९९ मा नाम्ची स्पोर्ट्स होस्टेल फुटबल एकाडेमी पठाइयो, जहाँ उनीहरूले प्रत्येक वर्ष सुब्रतो कपमा सहभागिता जनाए। सन्जु जुनियर स्तरमा सिक्किम फुटबल टोलीमा पनि छनोट भए। सन् २००६ मा उनी र अन्य केटाहरू स्पोर्ट्स एकाडेमी अफ् सिक्किममा सामेल भए। त्यही वर्ष उनले युनाइटेड एस.सीमा ट्रायल दिए, तर छानिएनन्।

सन् २००६ मा ‘अल इण्डिया गभर्नर्स गोल्ड कप’ फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि तत्कालीन एयर इण्डिया एफ.सीका प्रशिक्षक विमल घोषको नजर सन्जुमाथि पर्‍यो। उनलाई आई-लिग टोलीमा सामेल हुने अवसर दिइयो। तत्कालीन खेलमन्त्री तथा हाल सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको माध्यमबाट सन्जुले एयर इण्डियासँग सम्झौता गरे। त्यस बेलासम्म प्रधानले फुटबलमै भविष्य देखिसकेका थिए।

एयर इण्डिया एफ.सीमा दुई वर्ष बिताएपछि सन्जुले सन् २००८ मा आई-लिग खेल्ने क्लब ईष्ट बंगाल एफ.सीसँग सम्झौता गरे। १० मार्च २०१० मा प्रधानले सिरियाको अल-इत्तिहादविरुद्ध ‘२०१० एएफसी कप’मा खेलेर आफ्नो एशियाली अन्तर्राष्ट्रिय डेब्यु गरे। त्यसपछि क्लबमा निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहे। सन् २०११ मा उनी ईस्ट बंगालका कप्तान नियुक्त भए, अनि आफ्नो दक्षताको प्रमाण चाँड़ै दिए।

सन्जुले सन् २०१२-१३ आई-लिग सिजन नियमित वैकल्पिक खेलाड़ीका रूपमा शुरु गरे, तर नोभेम्बरमा चोट लागेर घाइते भए। त्यसपछि सोही वर्षको दिसम्बरको अन्तिम सातामा उत्कृष्ट प्रदर्शन गर्दै सिजनको पहिलो आई-लिग खेले। उत्कृष्ट प्रदर्शनमा चलिरहेका सन्जु दिसम्बर २०१३ मा आईएमजी रिलायन्सबाट सम्झौतामा डेम्पो एफ.सीमा आबद्ध भए। यस्तै सन् २०१५ मा प्रधानले सिजनभरको सम्झौतामा साल्गाओकर एफ.सीसँग अनुबन्ध गरे। पुनः ईस्ट बंगालमा फर्कन्दै दिसम्बर २०१५ मा सन् २०१६ सिजनका लागि उनी सम्झौतामा आफ्नो पूर्व क्लब ईस्ट बंगाल एफ.सीमा फर्किने घोषणा गरियो।

सन् २०१७ मा सन्जु मुम्बई सिटी एफ.सीमा आबद्ध भए, र चार फरक फरक आईएसएल क्लबबाट खेल्ने पहिलो खेलाड़ी बने। यस्तै आईएसएलको करियरमा सन् २०१४ एट्लेटिको दे कोलकाता २०१५-२०१६ नर्थ-ईस्ट युनाइटेड तथा २०१६ मा एफसी पुणे सिटीसँग आबद्ध हुँदै धेरै खेलहरू खेले। यस्तै अन्तर्राष्ट्रिय करियरमा भारतलाई प्रतिनिधित्व गर्दै सन् २००० अन्डर १४, सन् २००३-०४ अन्डर १७ तथा २०१२-१६ सम्म भारतीय पुरुष फुटबल टिमको हिस्सा हुँदै देशको फुटबललाई अघि लैजाने निक्कै प्रयासहरू उनले गरे।

यस्तो छ सन्जुको करियर सारांश: २००६-२००८ एयर इण्डिया, २००८-२०१३ ईस्ट बंगाल, २०१३-२०१४ डेम्पो, २०१४ एट्लेटिको दे कोलकाता, २०१५ साल्गाओकर, २०१५-२०१६ नर्थ-ईस्ट युनाइटेड, २०१६ ईस्ट बंगाल (ऋणमा), २०१६ एफसी पुणे सिटी, २०१७-२०१९ मुम्बई सिटी, २०१९-२०२१मिनर्भा पञ्जाब, २०२१ बेंगलुरु युनाइटेड, २०२२ भवानीपुर। अन्तर्राष्ट्रिय करियर: २००० भारत अन्डर-१४, २००३-२००४ भारत- अन्डर-१७, २०१२-२०१६    भारत।

फुटबलसँगै नाता गाँसेका सन्जुले आफू फुटबल खेल्दा खेल्दै धेरै सन्जुहरू जन्माउने सोच बनाएका छन्। आफूले बाल्यकालमा पाएका दु:खहरू आउने खेल़ड़ीहरूले नपाओस् भन्ने चाहन्छन्। यसैले सोच बनाए स्थानीय स्तरमा फुटबल एकाडेमी बनाउने। तब शुरु भयो उनको अर्को अध्याय। मैदानको चारैकुना बुझेका सन्जुलाई खेलाड़ी उत्पादन गर्ने खेती कुनै नौलो थिएन, यद्यपि चुनौतीहरू पनि कम थिएनन्। यसैमा शुरु गरे सन् २०१३ मा ‘सन्जु फुटबल एकाडेमी’ जुन हालसम्म निरन्तर चलिरहेको छ। यहीँबाट तालिम लिएका धेरै खेलाड़ीहरू फुटबलकै माध्यमबाट आफ्नो करियर बनाउन लागिपरेका छन्।

एकाडेमी बारेमा उनी भन्छन्,  ‘‘मेरो मुख्य सोच भनेको फुटबलबाटै आफ्नो भविष्य देख्नेहरूले स्थानीय स्तरमै फुटबलबारेमा धेरै कुराहरू सिक्न सकून् भन्ने हो, जसद्वारा ठूला क्लबहरूमा हाम्राहरू आबद्ध हुन् सकून्।’’ उनी अझ भन्छन्, ‘‘हामी त केवल भारतभित्रकै क्लबहरूबाट खेल्ने अवसर पायौं। तर आउँदो पिढ़ीले केवल भारतमै सीमित नभएर अन्तर्राष्ट्रिय क्लबहरूसँग आवद्ध हुँदै आफ्नो प्रतिभालाई विश्‍व मञ्चमा देखाउन सकुन्।’’ सन्जुका एकाडेमीले जन्माएका खेलाड़ीहरू सिक्किम राज्यसँगै अन्यतिरबाट पनि विभिन्न क्षेत्रीय दलहरू मार्फत उत्कृष्ट प्रदर्शन गर्दै उनको एकाडेमीको सपना पूरा गर्ने कोशिशमा छन्। यस्तै क्षेत्रीय स्तरमा भएको प्रतियोगितामा ‘सन्जु एकाडेमी’को टिमले सहभागिता जनाउँदै आएको छ।

सोरेङ जिल्ला फुटबल बोर्डका अध्यक्ष समेत रहेका सन्जुलाई हालै सिक्किम सरकारले खेल विभागको अतिरिक्त जिम्मेवारी दिएको छ। ‘‘मेहनत गर्नुहोस् सफलता अवश्य मिल्छ। तर एकैदिनमा होइन त्यसको निम्ति त्याग र समर्पण आवश्यक छ। आजको दिनमा सम्भावनाहरू प्रशस्तै छन्, हामीले हाम्रो समयमा फुटबलका लिजेण्डहरूको नाम मात्रै सुन्ने गर्थ्यौ’’, उनी भन्छन्, ‘‘तर आज उनीहरूले खेलेका कलाहरू घरमै बसेर हेर्नसक्छौं, त्यसले खेलमा धेरै सहयोग हुन्छ। ठाउँ ठाउँमा यस्तै युवामुखी तालिमहरू हुन्छ त्यसले पनि धेरैलाई फुटबलर बनाउने सफल पुरा गर्नसक्छ।’’ यद्यपि उनले स्थानीय स्तरमा भइरहेको फुटबल प्रतियोगिताहरू पेशादार खेलाड़ी बन्ने सपना देख्ने सुझाव दिन्छन्।

उनी भन्छन्, ‘‘स्थानीय स्तरमा आयोजना हुँदै गरेको प्रतियोगिताले खेलाड़ीहरूलाई मञ्च अवश्य दिन्छ, तर उनीहरूको भविष्यलाई कदापि सुरक्षित गर्दैन यसैले सम्भावना बोकेका खेलाड़ीहरू ठूला क्लबहरूमै आबद्ध भएर मैदानमा उत्रिनुपर्छ। जसद्वारा उनीहरू भविष्यसँगै भावी दिनहरूमा पहिचान बन्न सकोस्।’’

हिमालको काखबाट मैदानसम्म आइपुग्ने सन्जु प्रधानको यात्रा केवल व्यक्तिगत सफलता होइन, यो सम्भावनाको नक्सा हो। उनले खेलेका गोलभन्दा पनि उनले रोपेका सपनाहरू ठूला छन्। आज उनी स्वयं मैदानबाट बाहिरिएर अर्को पुस्तालाई मैदानमा उतारिरहेका छन्।


Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ