सञ्जीवनी नाट्य संगीत समूहद्वारा वरिष्ठ  संगीतकर्मी टाँसीलाई सम्मान

Share this news

दार्जीलिङ,4 अगस्त (निस):दार्जीलिङको सञ्जीवनी नाट्य संगीत समूहद्वारा समूहको आजसम्म वरिष्ठ# साहित्यकार पी अर्जुन, विमला सुब्बा, विमला ठटाल, प्रेम केसी, मणिकमल छेत्रीलगायत अन्य स्रष्टाहरूमा सम्मान पुर्‍याउँदै आइरहेको छ भने यसपटक यसै गृह सम्मानको क्रममा सञ्जीवनी परिवारद्वारा संगीत क्षेत्रका वरिष्ठ सीतार वादकलाई गृह सम्मानद्वारा सम्मानित गरेको छ भनी सञ्जीवनी नाट्य संगीत समूहद्वारा समूहले बताएको छ।
सञ्जीवनी नाट्य संगीत समूहद्वारा समूहले बताए अनुसार, यसै सम्मानको क्रममा सञ्जीवनी परिवारको पक्षबाट  सम्मान कार्यक्रममा विशेषरूपमा वरिष्ठ गायिका दावा ग्याल्मो, अभिनय कलाकारहरू क्रमैले मेनुका प्रधान, मरियममित लेप्चा, कमला लेप्चा, तबला वादक नीर कुमार बम्जन, संगीतकार चन्दन लमजेल, नृत्य कलाकार शान्ता गुरूङ, गायिका डेजी वराईली अनि सबिता संकल्पको विशेष उपस्थिति रहेको थियो।यस सम्मान कार्यक्रमको प्रथम चरणमा सालबारी सिलगढी निवासी नेपाली सांगीतिक परिशिष्टमा आफ्नो सांगीतिक सृजनाले स्वर्णिम अध्याय जोड्ने सफल स्रष्टा जो दार्जीलिङ पहाड़की रानीमै जन्मी हुर्की आफ्नो कर्म क्षेत्रसँग आबद्ध रहँदै सांगीतिक क्षेत्रमा पनि विशेष योगदान पुर्‍याउने कलाकार हुन् संगीत साधक सितारवादक टाँसी वाङ्सुक। दार्जीलिङको सांगीतिक फाँटमा उनले क्रमैले शरण प्रधान, फुर्वा तामाङ, पेमा लामा, अरूणा लामा,  धनञ्जय थापा, प्रकाश गुरुङ  संगीत उपासक दिव्य खालिङ जस्ता हस्तीहरूसँग संगत गरेका छन्। विगत 1969 सालमा आफूले प्रथम संगीतबद्ध गरेको गीत थियो शान्ता राईको शब्द रचनामा-पिरती मैले तिमीलाई दिए छातीमा राखिदेउ, प्रीतिको फुल टिपेर दिए छातीमा खिलिदेउ, जस्ता लब्ध प्रतिष्ठित गीतहरू सांगीतिक धरातलमा दिएर  हिन्दुस्तान रेकर्ड,  ईपी रेकर्डमा आफ्ना गीतहरु भरेर अतुलनीय योगदान पुर्‍याउँदै आइरहेका संगीत साधक टाँसी वाकचुकलाई उनकै घरमा सञ्जीवनी परिवारद्वारा सम्मानित गरियो।
यसै गृह सम्मानको कार्यक्रममा विशेष अतिथिको रूपमा वरिष्ठ साहित्यकार, गीतकार डा. जस योञ्जन प्यासीको उपस्थितिमा गरियो। सबिता संकल्पद्वारा सञ्चालित उक्त कार्यक्रमको प्रथम चरणमा मेनुका प्रधानद्वारा सञ्जीवनी परिवारको परिचय दिएपछि क्रमैले स्रष्टा टाँसी वाकचुकलाई प्रदान गरिने अभिनन्दन-पत्रलाई मेनुका प्रधानद्वारा पठन गरिएपछि कदर तथा स्मृति पत्रलाई कमला लेप्चाद्वारा पठन गरिएपछि कार्यक्रमका अतिथि डा. जस योञ्जनको बाहुलीबाट टाँसी वाङचुकलाई अभिनन्दन पत्रद्वारा सम्मानित गरियो, यसपछि गायिका दावा ग्याल्मोको बाहुलीबाट सम्मान-पत्र प्रदान गरिएपछि उपस्थित शिव ग्राम कल्याण समिति सालबारी, नेवार गुठीका प्रतिनिधिलगायत सञ्जीवनी परिवारका प्रतिनिधिहरूद्वारा श्रद्धार्पण गरेर बधाई टक्र्याए।
यसपछि वक्तव्यको क्रममा सञ्जीवनी परिवारका प्रतिनिधिहरूद्वारा सम्मानित स्रष्टा टाँसी वाकचुकसँग क्षणहरूलाई आ-आफ्नो वक्तव्यमा प्रस्तुत गरे। यसपछि सम्मानित स्रष्टा वाङचुकले सम्पूर्णमा आभार प्रकट गर्दै यसप्रकार गृह सम्मानद्वारा सम्मानित गरेवापत् सबैप्रति धन्यवाद ज्ञापन गरे। विशेष अतिथि डा. जस योञ्जन प्यासीले आफ्नो वक्तव्यमा सञ्जीवनी परिवारको यस महत् कार्यमाथि बधाई दिँदै यस परिवारले कही कतै हल्ला नगरी गर्नुपर्ने अहम् कार्यलाई मौन रहेर यसप्रकार स्रष्टाहरूलाई दिँदै आएको सम्मान कार्य अतुलनीय रहेको छ भन्ने बताउँदै बधाई अनि शुभकामना प्रकट गरे। यस सम्मान कार्यक्रममा विशेष अतिथिको रूपमा रहेर डा. जस योञ्जन प्यासीले यसरी सञ्जीवनी परिवारलाई प्रेरणा र ऊर्जा प्रदान गरेवापत् परिवारको तर्फबाट साहित्यकार प्यासीलाई दावा ग्याल्मो वरिष्ठ गायिकाको बाहुलीबाट प्रदान गरे। यसपछि यसै सम्मान कार्यक्रममा उपस्थित सालबारी समाज अनि नेवार गुठीद्वारा उपस्थित प्रतिनिधिहरूले सञ्जीवनी परिवारले यसप्रकार स्रष्टा टाँसी वाकचुकको अमूल्य योगदानका विषयबूँदाहरूलाई राखिदिएर परिचयको  आदान प्रदान गरिदिएवापत् समाजको तर्फबाट हार्दिकरूपमा धन्यवाद ज्ञापन गरे।
उक्त सम्मान कार्यक्रममा समाज अनि गुठीको पक्षबाट क्रमैले किशोर प्रधान, तिलक राम छेत्री, अशोक प्रधान, मधुकर मोथेलगायत घर परिवारको विशेष उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ