राजबाडीबाट अजयलाई छोडे संजय र दिपङ्करले

Share this news

दार्जीलिङ, 3 जुलाई(निसं): दार्जीलिङ नगरपालिका क्षेत्रको नम्बर वार्ड 7, राजबाडीका स्थानीयवासीहरूसँग जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) चिफ एक्ज्युकेटिभ अनित थापा भेटघाट गर्ने क्रममा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आईजीजीफ) पार्टीका संजय छेत्री अनि दिपङ्कर दर्नालले आईजीजीफ संस्थापक तथा पार्टी संयोजक अजय एडवर्ड्सलाई छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) पार्टीमा सामेल भए।
यस कार्यक्रममा सदर एक समष्टिका अध्यक्ष पारस छेत्री र नगरपालिकाका पार्षद विष्णु मल्ल अनि पनि साथमा उपस्थित थिए।
राजबाडीको जनताले उदय सेवा संघ भवनको माथिल्लो तल्लामा बहुउद्देश्यीय हल निर्माण गर्ने माग राखेको कुरा पार्टी सुत्रले बताएको छ। यस योजनाको विभागीय निरीक्षण भइसकेको छ र अब चाँडै नै हलको निर्माण कार्य सुरु हुने जानकारी जीटीए चिफ एक्ज्युकेटिभ थापाले  उपस्थितहरूलाई दिए।
यसै भेट्घाटको क्रममा आईजीजेएफ समर्थक संजय छेत्री र दिपङ्कर दर्नालले बीजीपीएम-को सोच र कार्यशैली मन पराएर पार्टीमा प्रवेश गरिएकोमा  उनीरूलाई पार्टीमा हार्दिक स्वागत गरिएको चिफ एक्ज्युकेटिभ थापाले बताएका छन्।
संगठन बलियो भएमा मात्र पार्टी दिगो रहन्छ। पार्टीका कार्यकर्ताहरू सचेत र जोशिला रहँदा पार्टी सधैं जीवित रहन्छ। आजको दिन पार्टीको सङ्गठन समाजको अभिन्न हिस्सा बनेको छ। त्यसैले बीजीपीएम केवल मुखले मात्र नभई कार्यमा पनि जनता केन्द्रित पार्टी बन्न सफल भएको छ। यसको सारा श्रेय पार्टी नेतृत्व र कार्यकर्ताहरूलाई जान्छ भनी चिफ एक्ज्युकेटिभ थापाले भने।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ