Sanchita Dhungel MBBS Assam
Sanchita Dhungel MBBS Assam

दुलियाजानकी सन्चिता ढुंगेल बनिन् एमबीबीएस, बढाइन् डिब्रुगढको गौरव

Share this news

असमको तेल नगरी भनेर परिचित अन्तर्गत डिब्रुगढ जिल्ल अन्तर्गत पर्ने Duliajan निवासी पिता श्री के. के. ढुंगेल तथा माता श्रीमती रूपा शर्मा ढुंगेलकी सुपुत्री सन्चिता ढुंगेल Gauhati Medical College and Hospital (GMCH) बाट एम.बी.बी.एस. बनेकी छन्। उनको यस उल्लेखनीय उपलब्धिले परिवार, विद्यालय तथा सम्पूर्ण दुलियाजान क्षेत्रसँगै डिब्रुगढ जिल्लाभरि खुशी र गर्वको वातावरण सिर्जना गरेको छ।

सानैदेखि अध्ययनप्रति मेहनती, अनुशासित तथा लगनशील सन्चिताले निरन्तर परिश्रम र आत्मविश्वासका साथ चिकित्सक बन्ने आफ्नो सपना साकार पारेकी हुन्। अब उनले आफ्नो इन्टर्नशिप पनि Gauhati Medical College and Hospital बाटै गर्ने भएकी छन्।

सन्चिता ढुंगेलले आफ्नो विद्यालय शिक्षा Delhi Public School Duliajan (डी.पी.एस. दुलियाजान) बाट पूरा गरेकी हुन्। शिक्षामुखी तथा अनुशासित वातावरणमा हुर्किएकी सन्चिताको सफलतामा उनका अभिभावकहरूको ठूलो योगदान रहेको बताइन्छ। उनकी माताश्री श्रीमती रूपा शर्मा ढुंगेल एक अनुभवी प्राथमिक विद्यालय शिक्षिका हुनुहुन्छ। उहाँले बी.एस्सी. तथा असमिया विषयमा एम.ए. अध्ययन पूरा गर्नुभएको छ। लामो समयदेखि शिक्षण क्षेत्रमा समर्पित रहँदै उहाँले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आउनुभएको छ।

त्यसैगरी, उनका पिता श्री के. के. ढुंगेल Duliajan Public School मा अर्थशास्त्र Economics विषयका शिक्षकको रूपमा कार्यरत हुनुहुन्छ। शिक्षक दम्पतीको प्रेरणा, मार्गदर्शन तथा शिक्षाप्रतिको समर्पणकै कारण सन्चिताले आज यो गौरवमय सफलता हासिल गर्न सफल भएको स्थानीयवासीहरू बताउँछन्। उनको उपलब्धिले केवल परिवारलाई मात्र नभई सम्पूर्ण गोर्खा समाजलाई समेत गौरवान्वित बनाएको छ। आजको प्रतिस्पर्धात्मक युगमा मेहनत, अनुशासन र परिवारको साथले ठूलो सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण सन्चिताले प्रस्तुत गरेकी छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ